तीन दलको बैठकमा प्रचण्डलाई केरकार

कार्तिक, काठमाडौ । एमाओवादी अध्यक्ष प्रचण्डले खुल्लामञ्चबाट विद्रोह गर्ने चेतावनी दिएको विाष्यमा शनिबार विहान सिंहदरबार कांग्रेस र एमालेका नेताहरुले प्रचण्डलाई केरकार गरेका छन् ।
‘तपाईले खुल्ला मञ्चबाट विद्रोहको चेतावनी दिनुभयो, यो के भन्न खोज्नुभएको हो ? सिंदहरबारस्थित राज्य व्यवस्था समितिको हलमा आयोजित तीन दलको बैठकमा एमाले उपाध्यक्ष भीम रावलले प्रचण्डलाई सोधे, ‘उच्च स्तरीय राजनीतिक समितिको संयोजक पनि छाड्ने हो ?’
जवाफमा एमाओवादी अध्यक्ष प्रचण्डले आफूले खुल्ला मञ्चमा त्यस्तो लगत केही पनि नबोलेको बताए । ‘विगतका सहमति कार्यान्वयन भएनन् भने शान्तिपूर्ण विद्रोहको विकल्प छैन भनेको हुँ,’ रावललाई स्पष्टीकरण दिँदै बैठकमा प्रचण्डले भने- ‘मैले विद्रोह शान्तिपूर्ण भनेको छु र ‘कन्डिसनल’ भनेको छु ।
कांग्रेस र एमालेले सहमति कार्यान्वयन नगरे शान्तिपूर्ण विद्रोहको विकल्प नरहेको प्रचण्डले स्पष्ट पारे ।
उच्च स्तरीय राजनीतिक संयन्त्रको प्रमुख पद छाड्ने भनेको कारण प्रष्ट्याउँदै प्रचण्डले तीन दलको बैठकमा भने-‘मजदुर किसानको हित र संयन्त्रमध्ये केलाई रोज्छस् भन्ने सवालमा मैले यस्तो भनेको हुँ ।’
बैठकमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि खुल्लामञ्चको भाषणबारे प्रचण्डमाथि प्रश्न उठाएका थिए ।
बैठकमा कांग्रेसका शेरबहादुर देउवा, कृष्ण सिटौला, नरहरी आचार्य र महेस आचार्य सहभागी थिए । एमालेबाट माधव नेपाल, भीम रावल लगायतका नेता थिए । केपी ओली बैठकमा आएका थिएनन् । एमाओवादीबाट प्रचण्ड, बाबुराम भट्टराई र नारयणकाजी श्रेष्ठ सहभागी थिए ।
सहमतिको मितिबारे सभामुखसँग छलफल हुने
तीन दलको बैठकमा संविधानका विवादित विषयमा रहमति खोज्ने मितिका विषयमा छलफल भएको एक नेताले अनलाइनखबरलाई बताए ।
‘कात्तिक ४ गते संविधानसभाले निर्णय लिनुपर्ने भएकाले यसबारे सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले सभामुख सुवासचन्द्र नेम्वाङसँग छलफल गर्ने निर्णय भएको छ,’ तीन दलीय बैठकको निर्णयबारे जानकारी दिँदै एक नेताले भने,’ सहमतिबाटै अघि बढ्ने निर्णय भएको छ, तर सहमतिको समय कति थप्ने भन्ने सभामुखसँग सभापतिले छलफल गनरेर टुंगो लगाउने निर्णय भएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.