११ करोड २० लाखमा पनि बेच्न नमानेको राँगो (तस्विर सहित)

एजेन्सी ।
एक राँगोको मूल्य कति पर्ला ? २० हजार, ३० हजार वा ५० हजार बढीमा । हामी यस्तै ठान्छौं ।

तर भारतको सबैभन्दा उत्कृष्ठ घरपालुवा जनावरको ताज पहिरिएको १४०० किलो तौल भएको राँगाको मूल्य ७ करोड भारु अर्थात ११ करोड २० लाख रुपैयाँ भन्दा पनि बढी हो ।
most expensive rango
मेरठमा आयोजित अखिल भारतीय घरपालुवा जनावर शोमा त्यहाँका निर्णायक मण्डलले यो रांगोलाई भारतको उत्कृष्ठ रांगोकोरुपमा चुनेका थिए । युवराज नामको यो राँगो पालेका मालिकले ७ करोड भारु दिने प्रस्ताव गर्दा पनि राँगो बेच्न मानेनन् । यो रांगोले मालिकलाई वर्षेनी ८० लाख रुपैयाँ आम्दानी गराउँदै आएको छ ।

most expensive rango 1
युवराज नामक यो राँगो यसको विर्यको गुणस्तरको आधारमा उत्कृष्ठ राँगो छानिएको हो ।
राँगोका मालिक करमवीरले राँगोलाई छोरो जस्तै गराएर पालेको भन्दै पैसामा नबेच्ने बताए ।

१४०० किलोको यो राँगोले दैनिक २० लिटर दुध पिउँछ भने १५ किलो उत्कृष्ठ दाना खान्छ । यसलाई दैनिक ४ किलोमिटर हिँडाउने गरेको समेत उनले बताए ।
- See more at: http://nepaliheadlines.com/2014-10-18-07-12-01.html#sthash.dx4X7Pdh.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.