कक्षामा छात्राहरु काम्दै हेडमास्टरलाई झम्टिन थालेपछि पठनपाठन नै रोकियो

कात्तिक : 'म सरस्वती हुँ, मलाई पुजा गर्नुपर्छ’भन्‍दै कक्षामै छात्राहरु काम्न थालेपछि नुवाकोटको तारुका पिमलटारमा रहेको पिमलटार उच्च माध्‍यमिक विद्यालयमा पठनपाठन नै रोकिएको छ।
 
यहाँ अध्ययनरत छात्राहरुमा बेहोस हुने, शरिर चिसो हुने, काम्ने, दाह्रा किट्नेलगायतका लक्ष्यणहरु देखा परेका छन् । बिद्यालयको ६, ७ र ८ कक्षामा अध्ययन गर्ने छात्राहरुमा देखिएको यस्ता लक्षणहरुका कारण शुक्रवारदेखि विद्यालयमा पठनपाठन नै रोकिएको बिद्यालयका शिक्षक केशव न्यौपानेले जानकारी दिए।

एउटा विद्यार्थी काम्न थालेपछि मनौवैज्ञानिक कारण अरु तीन/चार जना विद्यार्थी पनि एकैपटक काम्न थाल्ने उनले बताए। ‘विद्यालयमा छात्राहरुले सरस्वतीको पुजा किन नगरेको ? म सरस्वती हुँ, मलाई पुजा गर्नुपर्छ’ भन्दै विद्यालयका प्रधानाध्यापकलाई झम्टिन गएपछि शुक्रवार पुजा गरी पठनपाठन नै बन्द गरी विद्यार्थीहरुलाई छुट्टी दिएको शिक्षक न्यौपानेले बताए।

केही समय अगाडि एकजना छात्रामा देखिएको लक्षण अहिले अन्य छात्राहरुमा पनि देखिन थालेपछि जिल्ला शिक्षा कार्यालय, अविभाकहरुसंग सल्लाह गरेर मात्र बिद्यालयको पठनपाठनवारे परामर्श लिइने शिक्षक न्यौपानेको भनाइ छ। गत वर्ष पनि सो समस्ष सदरमुकाम विदुरमै रहेको चन्द्रज्योती माविका विद्यार्थीहरुमा देखा परेको थियो ।
- See more at: http://annapurnapost.com/News.aspx/story/1049#sthash.epND0h7Z.xsaEdK5A.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.