ज्यानमात्रै देखाएर टिक्न नसकेका नेपाली हिरोइन

असोज, काठमाडौं । दीपक श्रेष्ठ निर्देशित ‘हो यही हो माया’ मा काम गर्दा अभिनेत्री जिया केसीको राम्रै तारिफ भएको थियो । प्रेमकथामा आधारित उक्त फिल्ममा राज तिमल्सेनाकी प्रेमिकाको भूमिका निर्वाह गरेकी जियाले केही दृश्यमा ‘वन पिस’ लगाएकी थिइन् । तर, घुँडा छोप्ने गरी ।
पहिलो फिल्म रिलिज हुन बाँकी नै थियो, जियाको चर्चा एकाएक आकाशियो । राम्रो अभिनयका कारण उनको चर्चा भएको थिएन, छोटो लुगा र कतिपय सिनेमामा दिएको उत्तेजक दृश्यका कारण उनी चर्चामा आएकी थिइन् । शायद जियालाई लागेको थियो होला, नग्न ज्यान पर्दामा प्रस्तुत गरेपछि छिटै चर्चा कमाइन्छ ।
अहिलेको पुस्ता यौनमा उदार भइसकेको छ भन्दै फिल्म पनि तन्नेरी पुस्तासँग नजिक हुनुपर्छ भन्ने जियाले युज, एटीएम, बर्बाद लगायतका फिल्ममा काम गरिन् । ती फिल्मका प्रोमो धेरै दर्शकले हेरे पनि उनको अभिनयलाई लिएर धेरैले नकारात्मक प्रतिक्रिया दिए ।
त्यसपछि अन्य निर्माताले जियालाई लिने हिम्मत गरेनन् । यतिसम्म कि उनकै मुख्य भूमिका रहेको फिल्म ‘एटिएम’ अश्लील भएको भन्दै प्रशासनले सार्वजनिक प्रदर्शनमा रोक नै लगायो ।
एटिएममा जियासँगै काम गरेकी सोनिया शर्मा पनि जियाकै पथमा थिइन् । अंग प्रदर्शन गरेपछि चर्चामा आइन्छ भन्ने मान्यतासँग सहमत सोनियाले पनि एटिएममा आफुलाइ छरपष्ट पारेकी छिन् ।
उनको त हालत जियाको भन्दा पनि खराब भयो । त्यसपछि केही गीतमा मात्रै सीमित भइन् उनी ।
चर्चामा आउनकै लागि आफ्नो पोटिलो ज्यान क्यामेराको सामु प्रस्तुत गरेकी सबिना कार्कीसँग पनि अहिले अभिनय प्यास मेटनका लागि लोकगीतमा नाच्नुको विकल्प छैन ।
शिलसिलामा काम गर्दा सोनिया केसीको जति तारिफ भएको थियो, नायक राज तिमल्सेनासँग गरेको चुम्बनको दृश्यले उत्तिकै विवादमा आइन् । पहिलो फिल्ममै चुम्बन विवाद झेलेपछि राम्रा ब्यानरका निर्देशकले उनलाई  कसैले लिने हिम्मत गरेनन् ।
केही समय म्युजिक भिडियोहरुमा अभिनय गरेकी सोनिया अहिले सक्रिय छैनन् । ज्यान देखाउनुलाई चर्चामा आउने अस्त्र हो भन्ठान्ने सोनियालाई आफ्नो क्षमताको सदुपयोग गर्न नजान्ने हिरोइन पनि भन्छन् ।
‘चपली हाइट’मा काम गरेकी विनिता बरालको पनि दम्भ कम्ति थिएन एकताका । फिल्मले राम्रो ब्यापार गरेसँगै चर्चाको शिखरमा पुगेकी विनिताले अर्को फिल्म फुलस्टपमा पनि ज्यान देखाउने कामलाई निरन्तरता दिइन् । तर, उनको पातलो ज्यानले दर्शकलाई खासै आकषिर्त गरेन ।
पछिल्लो समय अग्र्यानिक तरकारी खेतीमा सक्रिय बिनिता अहिले अभिनयविहीन जस्तै छिन् । तरकारी खेतीमा उनी सफल मानिएलिन् तर फिल्मको खेती ओरालो लागेको छ ।
आफूलाई निकै राम्री दाबी गर्ने जेनिशा केसीले पनि ज्यानकै भरमा टिक्ने कोशिस नगरेकी होइनन् । मस्ती, निगरानी, आधिबाटो लगायतका फिल्ममा काम गरेकी जेनिशाको नाम बिराज भट्टदेखि रमेश त्वयनासँग समेत जोडिएको थियो ।
चरश, मिसन फोर ट्वान्टी लगायतका फिल्ममा काम गरेकी महिमा सिलवाल अहिले पनि सानातिना ब्यानरका फिल्ममा काम गर्दैछिन् । महिमाले अरुले जति चर्चा अहिलेसम्म पाएकी छैनन् ।
दशकअघि तुलसा सिलवाल, सुमी खड्का, किरण डीसी, नीलु रायमाझी लगायतले चर्चामा आउनकै लागि अंगप्रदर्शनलाई प्राथमिकता दिएका थिए । ती नायिकाहरु अहिले गुमनाम छन् ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.