हङ्कङ्मा प्रहरीले यातना दिएको भिडियो सार्वजनिक

हङ्कङ्मा, असोज २९ – गएको करिब दुई हप्तादेखि प्रजातन्त्रको मागगर्दै जारी रहेको आन्दोलनमा आन्दोलनकारीमाथि प्रहरीले यातना दिएको पाइएको छ । प्रहरीले प्रदर्शनकारीमाथि यातना दिएको र सो क्रममा उसले अपाङ्ग प्रदर्शनकारीमाथि हमला गरी निर्घात रुपमा कुटपिट गरेको भिडियो पनि सार्वजनिक भएको छ । सो भिडियोमा प्रदर्शनका क्रममा सडकमा रहेका अपाङ्ग व्यक्तिलाई प्रहरीले घेराहाली उनीहरुलाई घोप्टो पारेर निर्घात रुपमा कुटपिट गरेका थिए । अपाङ्ग व्यक्तिहरु भाग्न नसक्नेभएकोले प्रहरीले उनीहरुमाथि निर्घात रुपमा कुटपिट गरेको सो भिडियोमा देखाइएको छ । सो भिडियोमा प्रहरी झडपमा निकै आक्रमक भएको देखाइएको छ । साथै ती भिडियो सार्वजनिक भएपछि बुधबाको आन्दोलन पनि हिंसात्मक भएको बताइएको छ । ती भिडियो सार्वजनिक भएपछि आन्दोलनकारी प्रहरीमाथि जाइलाग्नसक्ने भन्दै थप प्रहरी तैनाथ गरिएको छ । अकुपाई सेन्ट्रल नाम दिइएको सो आन्दोलनमा सडकमा रहेका आन्दोलनकारीहरुबीच सो झडप भएको हो । आन्दोलन दुई हप्ताअघिदेखि निरन्तर रुपमा जारी रहेको छ । उक्त झडपका क्रममा कयौं नागरिक घाइते भएका समाचारमा जनाइएको छ । मङ्गलबारमात्र पनि आन्दोलनकारीहरुमाथि मुखुण्डो लगाएका नागरिकले आक्रमण गरेपछि आन्दोलनकारीले पनि उनीहरुमाथि जाइलागेका थिए । सो आन्दोलनमा यस्तो मुखुण्डो लगाएका दर्जनौँ मुखुण्डोधारीले हमला गरेको आरोप आन्दोलनकारीहरुको छ । आन्दोलन प्रतिदिन हिंसात्मक बन्दै गएको भएपनि सरकारका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । चिनियाँ सरकारले उक्त आन्दोलनलाई प्रजातन्त्र विरोधी भन्दै यसले प्रजातन्त्रको प्रप्तिका लागि नभएर हङ्कङलाई झनै पछि धकेल्ने काम गरिरहेको भनिरहेका बेला यो आन्दोलनमै यसरी घुसपैठ भइरहेको बताइएको छ । उता चिनियाँ सरकारले नै सो आन्दोलनले त्यहाँ सरकारी सम्पत्तिमा क्षति पुर्याएको बताइरहेको छ । आन्दोलनकारीले सरकारी सम्पत्तिमा आक्रमण गरी ध्वस्त बनाएको सरकारले बताएको छ । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न ठूलो मात्रामा अश्रुग्यास प्रयोग गरेको तथा यसको नियन्त्रणको काम निकै जटिल बनिरहेका बेला सो आन्दोलनमा घुसपैठ भएको बताइएको छ । हङ्कङ सरकारले ती आन्दोलनकारीलाई वार्ताका लागि आह्वान गरेको थियो । वार्ताका लागि हङ्कङ सरकारले गरेको आह्वानलाई आन्दोलनकारीले अस्विकृत गरिदिएका थिए । मङ्गलबार पनि रातभर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बताइएको थियो । यो भिडियोका कारण पनि बुधबार थप हिंसा मच्चिन सक्ने अनुमान गरिएको समाचारमा जनाइएको छ ।हङ्कङ्मा, असोज २९ – गएको करिब दुई हप्तादेखि प्रजातन्त्रको मागगर्दै जारी रहेको आन्दोलनमा आन्दोलनकारीमाथि प्रहरीले यातना दिएको पाइएको छ । प्रहरीले प्रदर्शनकारीमाथि यातना दिएको र सो क्रममा उसले अपाङ्ग प्रदर्शनकारीमाथि हमला गरी निर्घात रुपमा कुटपिट गरेको भिडियो पनि सार्वजनिक भएको छ । सो भिडियोमा प्रदर्शनका क्रममा सडकमा रहेका अपाङ्ग व्यक्तिलाई प्रहरीले घेराहाली उनीहरुलाई घोप्टो पारेर निर्घात रुपमा कुटपिट गरेका थिए । अपाङ्ग व्यक्तिहरु भाग्न नसक्नेभएकोले प्रहरीले उनीहरुमाथि निर्घात रुपमा कुटपिट गरेको सो भिडियोमा देखाइएको छ । सो भिडियोमा प्रहरी झडपमा निकै आक्रमक भएको देखाइएको छ । साथै ती भिडियो सार्वजनिक भएपछि बुधबाको आन्दोलन पनि हिंसात्मक भएको बताइएको छ । ती भिडियो सार्वजनिक भएपछि आन्दोलनकारी प्रहरीमाथि जाइलाग्नसक्ने भन्दै थप प्रहरी तैनाथ गरिएको छ । अकुपाई सेन्ट्रल नाम दिइएको सो आन्दोलनमा सडकमा रहेका आन्दोलनकारीहरुबीच सो झडप भएको हो । आन्दोलन दुई हप्ताअघिदेखि निरन्तर रुपमा जारी रहेको छ । उक्त झडपका क्रममा कयौं नागरिक घाइते भएका समाचारमा जनाइएको छ । मङ्गलबारमात्र पनि आन्दोलनकारीहरुमाथि मुखुण्डो लगाएका नागरिकले आक्रमण गरेपछि आन्दोलनकारीले पनि उनीहरुमाथि जाइलागेका थिए । सो आन्दोलनमा यस्तो मुखुण्डो लगाएका दर्जनौँ मुखुण्डोधारीले हमला गरेको आरोप आन्दोलनकारीहरुको छ । आन्दोलन प्रतिदिन हिंसात्मक बन्दै गएको भएपनि सरकारका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । चिनियाँ सरकारले उक्त आन्दोलनलाई प्रजातन्त्र विरोधी भन्दै यसले प्रजातन्त्रको प्रप्तिका लागि नभएर हङ्कङलाई झनै पछि धकेल्ने काम गरिरहेको भनिरहेका बेला यो आन्दोलनमै यसरी घुसपैठ भइरहेको बताइएको छ । उता चिनियाँ सरकारले नै सो आन्दोलनले त्यहाँ सरकारी सम्पत्तिमा क्षति पुर्याएको बताइरहेको छ । आन्दोलनकारीले सरकारी सम्पत्तिमा आक्रमण गरी ध्वस्त बनाएको सरकारले बताएको छ । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न ठूलो मात्रामा अश्रुग्यास प्रयोग गरेको तथा यसको नियन्त्रणको काम निकै जटिल बनिरहेका बेला सो आन्दोलनमा घुसपैठ भएको बताइएको छ । हङ्कङ सरकारले ती आन्दोलनकारीलाई वार्ताका लागि आह्वान गरेको थियो । वार्ताका लागि हङ्कङ सरकारले गरेको आह्वानलाई आन्दोलनकारीले अस्विकृत गरिदिएका थिए । मङ्गलबार पनि रातभर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बताइएको थियो । यो भिडियोका कारण पनि बुधबार थप हिंसा मच्चिन सक्ने अनुमान गरिएको समाचारमा जनाइएको छ ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.