करिनाका बाबुले खोले उनले बच्चा नपाउनुको कारण

बलिउडकी सुन्दरी करिना कपुर गर्भवती भएका र नभएका हल्ला चलिरहन्छन् । उनले बच्चा पाउन नसकेका चर्चा समेत बेलाबेलामा चल्ने गरेका छन् । यसै क्रममा करिनाका बाबु रणधीर कपुरले पनि छोरीले बच्चा पाउने विषयमा मुख खोलेका छन् । आफ्नी छोरीको आमा बन्ने कुनै योजना तत्कालका लागि नभएको भन्दै रणधीर कपुरले अहिलेको मुख्य ध्यान करिअरमा रहेको बताएका छन् । छोरी करिनाले बेला आएपछि मात्र आमा बन्ने कुरालाई महत्व दिने उनको भनाइ छ ।

सुपर नानी नामक पछिल्लो चलचित्रको प्रचारका क्रममा रहेका रणधीरले पत्रकारहरुसँग कुरा गर्दा छोरीको आमा हुने विषयमा समेत मुख खोलेका हुन् । करिनाले आमा बन्ने विषयमा आफै फैसला लिन सक्ने भन्दै उनले यस विषयमा धेरै चासो नराख्न समेत सुझाव दिएका छन् ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.