भारत–पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान, ४ को मृत्यु, ३० जना घाइते
काठमाडौं, आश्विन २० । भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुई पक्षबीच गोली हानाहान हुँदा ४ जना मारिएका छन् । अरु ३० जना घाइते भएका छन् । घाइते हुनेमा महिला र बालबालिका पनि छन् ।
जम्मू–कश्मीरको आरएस पूरा सेक्टरको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा दुबै तर्फबाट गोली हानाहान भएको बीबीसीले जनाएको छ । भारतीय पक्षले पाकिस्तानका तर्फबाट पहिलेगोली हानिएको आरोप लगाएको छ ।
नागरिक क्षेत्रमा मोर्टार आक्रमणसमेत गरिएको आरोप भारतीय सीमा सुरक्षा बलका प्रवक्ताले लगाएका छन् । घटनापछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ ।
0 comments
Write Down Your Responses