काठमाडौं, असोज २४ – पूर्व युवराज पारस साह थाइल्याण्डमा पक्राउ परेको थाईल्याण्डस्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ । थाइल्याण्डका लागि कार्यबहाक नेपाली राजदूत डोरनाथ अर्यालले रातोपाटीसँग कुरा गर्दै भने, ‘पारस पक्राउ भएको हो, उनलाई पक्राउ गरिएको कुरा स्थानीय प्रहरीले दुतावासमा खबर गरेका छन् ।’ उनले थपे, ‘पारस पक्राउको विस्तृत रिपोर्ट दुतावासलाई पठाउने त्यहाँका प्रहरीले
जानकारी दिएका छन् । यहाँका पत्रिकाले पनि त्यो समाचार प्रकाशन गरिसकेका छन् ।’ अबैध लागु औषध कारोबारमा समलग्न रहेको आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका शाह बुधबार दिउसो एक बजे पक्राउ परेको थाइल्याण्डका पत्रपत्रिकाले समाचार प्रकाशन गरेको थियो । पारसको साथबाट थाइ प्रहरीले विएम डब्ल्यु कार र त्यसमा राखिएको लागु पदार्थ बरामत गरेको छ । त्यस्तै गरि पार्सलका लागि प्याकिङ्ग गर्ने साइजमा ५.८ ग्राम परिणामका गाँजाका पोका बरामत गरेको छ । थाइ प्रहरीले साहलाई अबैध लागू औषध कारोबारको मुद्दा अघि बढाएको छ । तसिवरः अनलाइनखबर/थाई समाचार
पारस शाह थाईल्याण्डमा फेरी पक्राउ : रोकिएन उनको अबैध धन्दा
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses