तपाइँको ल्यापटप जुनसुकै बेला जल्न सक्छ ! होसियार हुनुहोला

ल्यापटप अव हरेक ब्यक्तिका लागि अभिन्न अंग जस्तै भैसक्यो । मानिसहरु नियमितरुपमा ल्यापटपमा बस्छन् । तपाइँ पनि त्यस मध्ये एक हो भने तपाइँका लागि अलिक डरलाग्दो खवर छ । अझ तपाइँ तपाइँ एचपी वा कम्प्याक ल्यापटप चलाउनु हुन्छ भने त सुन्दै झसंग हुनु होला । खासमा तपाइँको ल्यापटपको केवलमा जुनसुकै बेला पनि आगो लाग्न सक्छ ।
laptop burnt 1
एचपी र कम्प्याक ल्यापटपमा केवल जल्ने समस्या बढ्दै गएपछि यी २ कम्पनीले ६० लाख भन्दा बढी विक्री भैसेका ल्यापटप बजारबाट फिर्ता मगाएका छन् ।

अमेरिकामा मात्र ५६ लाख ल्यापटप फिर्चा मगाइएको छ भने क्यानडामा ४ लाख ।
सन् २०१० देखि २०१२को बीचमा उत्पादन भएका यी २ कम्पनीका ल्यापटपमा केवल जल्ने समस्या देखिएपछि कम्पनिले ल्यापटप साट्ने सुविधा समेत दिएका छन् ।
laptop burnt
यस्तो साट्ने सुविधा वेवसाइटबाट पनि लिन सकिन्छ ।
अहिले सम्म २९ वटा ल्यापटपमा केवल जल्ने समस्या देखिएको छ । बजारमा केवल जल्ने समस्या देखिएपछि एचपीले आफ्नो कम्पनीको केवल प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.