आफ्नै नावालिका भतिजीलाई बलात्कार गर्ने पक्राउ

२६ असोज, मोरङ।
आफ्नै भतिजीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको केराबारी ६ बाट एक युवकलाई पक्राउ गरेको छ ।
घरमा कोही नभएको मौका छोपी ६ बर्षिया भतिजीलाई बलात्कार गरेको आरोपमा २१ बर्षिय शम्भु बिश्वकर्मा पक्राउ परेका हुन् ।
घटनाबारे जानकारी पाई खटिएको प्रहरी टोलीले आज विहान ९ बजे आरोपी विश्वकर्मालाई पक्राउ गरेको हो ।
पिडित बालिकालाई स्वास्थ्य परिक्षणका लागी स्थानिय अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । पक्राउ परेका बिश्वकर्मालाई नियन्त्रणमा राखी अनुसन्धान एवं कारवाही प्रकृया अगाडी बढाइएको प्रहरीको भनाई छ ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.