मदिरा पिएर तोडफोड गर्ने महिला क्रिकेटर ६ महिना प्रतिबन्धित

बन्द प्रशिक्षणका क्रममा मदिरा सेवन गरी अभद्र व्यवहार गर्ने २ जना महिला राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर कारबाहीमा परेका छन् ।

केही समयअघि मदिरा खाएर आफै बसेको सुन्धारास्थित होटल तोडफोड गरेको भन्दै क्यानले नेपाली महिला क्रिकेटर नेरी थापा र सोनु खड्कालाई ६ महिनाको प्रतिवन्ध लगाएको हो ।

नेपालका तर्फबाट पहिलो पटक शतक प्रहार गर्ने नेरी सफल महिला क्रिकेटर हुन् । शनिबार बसेको क्यानको बोर्ड बैठकले दुवैजनालाई प्रतिबन्ध लगाएको हो ।
उनीहरुले दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुद (एसियाड) मा जानुअघि यस्तो गतिविधि गरेका थिए ।
उनीहरुलाई टिम प्रशिक्षक र म्यानेजरको रिपोर्ट र स्पष्टिकरणका आधारमा कारबाही गरिएको क्यान स्रोतले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.