विदेशबाट फर्किएको भोलिपल्टै मृत फेला

काठमाडौं,असोज २६ – बहराइनबाट फर्किएको भोलिपल्टै धनकुटाका एक युवक होटेलमा मृत अबस्थामा फेला परेका छन् । बिहीबार नेपाल फर्किएका रेवत पौडेलको घाँटी रेटिएको अवस्थामा शुक्रबार सुन्धाराको भारत गेस्ट हाउसमा शव भेटिएको हो । शव ब्लेडले घाँटी रेटिएको अवस्थामा फेला परेको छ । धनकुटाको चानुवा–५ घर भएका उनी बहराइनको विमानस्थलमा काम गर्थे । एयर अरेबियाबाट बिहीबार बेलुका  पौने १० बजे उनी नेपाल आइपुगेका थिए । भारत गेस्ट हाउसको ३०५ नम्बर कोठामा उनको शव शुक्रबार दिउँसो भेटिएको थियो । कोठा सफा गर्ने क्रममा होटेलका कर्मचारीले भुइँमा उनको शव देखिपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थलबाट एउटा ब्लेड पनि फेला परेको छ । सुरुमा हत्या भएको अनुमान गरिए पनि अनुसन्धानका क्रममा उनी आफैंले घाँटी रेटेर आत्महत्या गरेजस्तो देखिएको प्रहरीले जनाएको छ । ‘हत्या भएको भए संघर्ष हुनुपथ्र्यो, तर त्यस्तो छैन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘ऐनामा हेरेर आफैंले घाँटी काटेजस्तो देखिन्छ ।’ उनको घाँटीको अघिल्लो भाग काटिएको थियो । नेपाल फर्किएपछि उनलाई लिन छोरा र ज्वाइँ एयरपोर्टमा पुगेका थिए । तर, आफू घुमेर फर्कने भन्दै उनी एयरपोर्टबाट नै छुट्टएिका थिए । एयरपोर्टबाटै त्यसरी एक्लै हिँड्नुले पनि उनमा कुनै चिन्ता रहेको र त्यसैकारण आत्महत्या गरेको हुनसक्ने प्रहरी अधिकारीहरुले बताएका छन् ।नयाँपत्रिका दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.