पारसलाई निर्मल निवासको उपेक्षा छुटाउन र स्वदेश फर्काउन पहल नगर्ने

काठमाडौं,असोज २६ – गाँजासहित थाइल्यान्डमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई छुटाउन वा स्वदेश फर्काउन निर्मलनिवासले कुनै पहल नगर्ने भएको छ । पूर्वराजपरिवारले पारसको अवस्थाबारे औपचारिक रुपमा सोधिखोजी पनि गरेको छैन । निर्मल निवास स्रोतका अनुसार छोरो पक्राउको घटनाले पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल चिन्तित बनेका छन् । तर उनलाई रिहा गराउनेबारे कसैसँग छलफल गरेका छैनन् । paras-at-Thailand1थाइल्यान्डस्थित नेपाली दूतावाससित पनि निर्मलनिवासका तर्फबाट सम्पर्क नभएको स्रोतले जनाएको छ । पारसलाई बुधबार थाइ प्रहरीले गाँजासहित पक्राउ गरेको थियो । यसअघि पनि गाँजासेवन र सार्वजनिक स्थलमा तोडफोड गरेको आरोपमा पारसलाई पक्राउ गरेका थिए । बैंककमा रहेका नेपालीले पारस पक्राउ परेको जानरकारी निर्मल निवासमा गराएका थिए । पूर्वअधिकारकुमार धिरेन्द्रका छोरीहरु पारसलाई भेट्न बैंकक जाने सम्भावना रहेको स्रोत बताउँछ । तर पक्का भइसकेको छैन । पारसका साथी राजेश सिंह भने सोमबार सम्ममा बैंकक जाने भएका छन् । उनी यसअघि पनि पटकपटक पारसलाई भेट्न गइरहन्थे,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.