नेपालमा पनि इस्लामिक आतङ्कवादी प्रभाव पर्न सक्ने

काठमाडौँ, २ असोज, नेपाल प्रहरीले इस्लामिक मुलुकहरुमा आतङ्कवादी गतिविधि सक्रिय रहेको भन्दै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने ठहर गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित दुई दिने सुरक्षा गोष्ठीमा सहभागी प्रहरी उच्च अधिकारीहरुले सम्भावित सुरक्षा खतरा औल्याउने क्रममा सो ठहर गरेका हुन् । प्रहरी प्रधान कार्यालयका एक प्रहरी अतिरिक्त महानिरीक्षकका अनुसार खाडीimage मुलुकमा भइरहेको आतङ्ककारी गतिविधिलाई गम्भीर ढङ्गले विश्लेषण गरिएको थियो । ती एआईजीका अनुसार गोष्ठीले खाडी मुलकुमा देखिएको आतङ्ककारी गतिविधि र त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने र सार्क शिखर सम्मेलनसमेत प्रभावित हुन सक्ने भएकाले अहिलेदेखि नै प्रहरीले कार्ययोजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने निष्कर्ष निकालेको छ । 'सम्भावित सुरक्षा चुनौतिको क्रममा इस्लामिक मुलुकहरुमा देखिएको आतङ्कवादी गतिविधिबाट नेपालमा पनि थ्रेट हुन सक्छ भन्ने निष्कर्ष निकालिएको छ,' ती एआईजीले भनेको आजको राजधानीले लेखेको छ । नेपाल प्रहरीले दुई दिनसम्म क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख र काठमाडौँमा रहेका वरिष्ठ अधिकृतहरुको बैठक बोलाएको हो । सो बैठकमा सार्क शिखर सम्मेलन नजिकिँदै गर्दा सुरक्षाका लागि उच्च सतर्कता अपनाउने विषयमा समेत छलफल भएको थियो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.