डेरामा बस्नेलाई लक्ष्य गर्दै सस्ता घर
भाडा तिर्दातिर्दै हैरान हुनुभएको छ ? केही लाख रुपैयाँ जम्मा गर्न पनि सक्नुहुन्छ भने पोखरामा घर बनाउने सपना पुरा हुन सक्छ ।
आवासका लागि सहयोग समूह लुमन्तीले डेरामा बस्दै आएका व्यक्तिलाई लक्ष्य गरी पोखरामा दोस्रो चरणको आवास परियोजना सुरु गर्देछ ।
पोखरा १७ सीतापाइला र बिरौटामा सस्तो आबासको परियोजना सुरु हुन लागेको हो ।
पोखरा १७ सीतापाइला र बिरौटामा सस्तो आवासका परियोजना सुरु हुन लागेको हो ।
लुमन्तीले धमाधम आवेदन संकलन गर्ने काम गरिहेको छ । यी दुई स्थानमा १ सय ६५ वटा घर बनाउने उसको योजना हो । सस्तो आवास चाहनेले कम्तीमा पनि साढे २ आना जग्ग खरिदका लागि ५ लाख रुपैयाँ खर्च गर्नुपर्छ ।
त्यतिमा जग्गा किनेर आफ्नो बनाइसकेपछि घर बनाउने खर्च लुमन्तिले लक्ष्मी बैंकबाट सस्तोदरको व्याजमा ऋण उपलव्ध गराउँछ । ब्याज ८ प्रतिशतमात्रै हुन्छ । ऋणको किस्ता मासिक ६ हजार ३ सय ५० का दरले ७ वर्षसम्म तिरे पुग्छ ।
आजको नागरिक दैनिक लेख्छ, कम्तीमा पनि ५ वर्ष पोखरामा डेरामा बसेका व्यक्तिलाई प्राथमिकता दिइने लुमन्तिका प्राविधिक गणेश पुनले जानकारी दिए । त्यसमा पनि पहिलो कास्की र त्यसपछि पश्चिमाञ्चलका व्यक्ति र त्यसपछि अन्तकालाई प्राथमिकता दिइने जनाइएको छ ।
0 comments
Write Down Your Responses