नयाँ दिल्ली (भारत)– दक्षिण एसियालाई फन्को मार्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं उत्रेनन्, तर उनले क्षेत्रीय भूराजनीतिमा नेपाललाई जोड्न छाडेनन्। छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका राष्ट्रपति जिनपिङ पहिलो क्षेत्रीय भ्रमणमा गत साता नेपाल नआउँदा काठमाडौंमा खल्लो महसुस भयो। तर त्यससँग जोडिएको भूराजनीतिक परिस्थिति मिलाउँदै गए काठमाडौंले चाँडै नै उनलाई स्वागत गर्न पाउने छ। भारतको प्रधानमन्त्री भएलगत्तै नरेन्द्र मोदीले छिमेकसँगको सम्बन्धलाई कूटनीतिक प्राथमिकतामा राखे। तत्कालै भुटान र नेपाल भ्रमण गरी आक्रामक कदम बढाए। मोदीको अग्रसरताबाट सतर्क भए पनि चीनको छिमेक नीतिमा परिवर्तन आएको छैन तर तत्काल राष्ट्रपतिको नेपाल भ्रमण गराएर मोदीलाई सिधै टक्कर दिन बेइजिङले चाहेन। मध्य एसियाको ताजकस्तान, मालदिभ्स, श्रीलंका र भारत पुगेका राष्ट्रपति जिनपिङ यही भूराजनीतिक कारणले नेपाल आएनन्। अमेरिकाको ‘एसिया धुरी’ रणनीति सामना गर्न छिमेकलाई प्राथमिकता दिने नीति लिएको चीन आर्थिक, राजनीतिक, सुरक्षा सम्बन्ध विस्तार गरी भारतसँग रणनीतिक साझेदारी बढाउन चाहन्छ। दिल्लीसँग राम्रो सम्बन्ध बनाउने प्रयासअन्तर्गत शक्तिशाली प्रधानमन्त्री मोदीसँग क्षेत्रीय मामिलामा टक्कर होइन, सहकार्य अहिले जिनपिङको नीति हो। पाकिस्तान भ्रमणसमेत स्थगित भएको अवस्थामा राष्ट्रपति जिनपिङ अहिले काठमाडौं उत्रिएका भए मोदीसँग सिधै टक्कर लिएको देखिन्थ्यो। काठमाडौंमा दिल्ली र बेइजिङको सिधासिधा प्रतिस्पर्धा नेपालको हितमा हुँदैनथ्यो। आजको नागरिक दैनिकमा खबर छ ।
मोदीसँग सिधै टक्कर लिएनन् चिनिया राष्ट्रपति !!
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses