हर्टअट्याक हुँदैछ भन्ने यसरी थाहा हुन्छ

heart_attackहर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ । यस्ता लक्ष्यण देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल उल्लेखित कुनैपनि कारण तपाईसंग मिल्दोजुल्दो छ भने तपाई हर्टअट्याकको जोखिममा हुनुहुन्छ ।
हर्टअट्याकका १० कारण
धुम्रपान वा सूर्ति सेवन
उच्च कोलेस्टेरोल
मधुमेह
उच्च रक्तचाप
अत्याधिक मदिरा सेवन
शारीरिक गतिबिधिमा कमी
मोटोपना
वंशाणुगत
मानसिक तनाव
बढी नुनीलो, चिल्लो र गुलियो खानु

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.