सका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले चाहे युक्रेन २ सातामा कब्जा गर्न सक्ने भन्दै अनावश्यक राजनीति नगर्न युरोपेली संघ र अमेरिकालाई कडा चेतावनी दिएको खुलासा भएको छ । इटालीको ला रिपब्लिका समाचार पत्रका अनुसार युरोपेली आयोगका प्रमुख जोसे म्यानुअल बारोसोलाई पुटिनले रुससँग धेरै निहुँ नखोज्न चेतावनी दिएका थिए । बारोसोले युक्रेनी राष्ट्रपति पेट्रो पोरसेन्कोले नेटोसँगको वार्ताबाट उठेर हिँडेपछि भ्लादिमिर पुटिनले आफूलाई थर्काएको खुलासा गरेका हुन् । सोमबार मात्र परोसेन्कोले रुसले युक्रेनमा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएका थिए । रुसले बारोसोले गोप्य वार्तामा भएका कुरा सार्वजनिक गरेको भन्दै आक्रोश ब्यक्त गरेको छ । तनाव बढ्दै जाँदा नेटोले रुसले युक्रेनमा देखाएको आक्रमक ब्यवहार रोकने २४ घण्टामा ४ हजार सैनिक दस्ता तयार गर्ने बताएको छ । नेटो बैठकपछि आयोजित पत्रकार सम्मलेलनमा नेटो महासचिव एन्डर्स फग रास्मुसेनले रुसको आक्रामक ब्यवहार नियन्त्रण गर्ने नेटोले विस्तृत योजना तयार पारेको बताए । यसैबीच युरोपेली संघका विदेश नीति प्रमुख फ्रेडेरिका मोघेरिनीले युक्रेनको समाधान सैनिक बलले नहुने बताएका छन् । पूर्वी युक्रेनमा रुस समर्थक लडाकु र युक्रेनी सेनाबीचको भिडन्तमा परी अहिले सम्म २५०० भन्दा बढि मारिइसकेका छन् । दुइ दिन अघि मात्र पुटिनले रुससँग आणविक हतियारको भण्डार रहेको कुरा नविर्सन अमेरिका र युरोपलाई चेतावनी दिएका थिए ।
भ्लादिमिर पुटिन गर्जिए- मैले चाहे युक्रेन २ सातामा कब्जा हुन्छ
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
.jpg)
0 comments
Write Down Your Responses