नेपालगन्ज, भाद्र १७ - मानबहादुर पुनले बैंकबाट ऋण लिएर ट्याक्टर किनेका थिए । उनी ट्याक्टर चलाउथे र बैंकको किस्ता तिर्थे । दलालले धेरै तलब आउने गरी डोजर चालकको काम लगाइदिने भनेपछि गत वर्ष उनी साउदी अरब गए । तर उनलाई सामान्य मजदुरीको काममा लगाइयो । डेढ महिना अघि सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको उनको परिवार अहिले उनको शव नेपाल झिकाउन हारगुहार गर्दैछन् ।
बर्दिया सोरहवा-२ स्थित जगतपुरका २८ वर्षीय पुन गत साउन ३ गते विवान कोठामा मृत भेटिएका थिए । अघिल्लो दिन कामबाट फर्किएर सुतेका उनी संसारबाट बिदा भए । मर्माहत पत्नी विष्णुमाया शव स्वदेश झिकाउन मेनपावर कम्पनी र दलालकहाँ धाइरहेकी छन् । कहाँ जाने, कोसँग सम्र्पक गर्ने साधारण लेखपढकी उनलाई थाहा छैन । डेढ महिनादेखि रुँदै हिडेकी २८ वर्षीया विष्णुमायाले भन्छिन, 'जिवितै ल्याउन त सकिएन । शव ल्याउन समेत आफ्नो मान्छे हुनुपर्दो रहेछ ।'
मृत्यु हुनु अघिल्लो साँझ साढे ४ बजेतिर मानबहादुरले घरमा फोन गरेर बिरामी परेकी छोरीको स्वास्थ्य अवस्था सोधेका थिए । भोलि फेरि कुरा गर्ने भन्दै फोन राखेका पुनले अब कहिल्यै फोन गर्ने छैनन् ।
घटनाको दुई दिनपछि नै पतिको शव झिकाउन विभिन्न निकाय धाएकी विष्णुमायालाईसाउदी अरब पठाउने रेपिड इन्टरनेशनल प्रालिका कर्ण वलीले एकदेखि डेढ महिनाभित्र शव घर पुर्याइदिने बचन दिएका थिए । तर, डेढ महिना पुग्दा पनि शव ल्याउने कुनै सुरसार नभएपछि विष्णुमाया थप चिन्तित भएकी छन् ।
पतिलाई साउदी जान दिएकोमा विष्णुमायालाई अहिले पछुतो लाग्छ । उनीहरुले ऋण लिएर ट्याक्टर किनेका थिए । उनी आफै ट्याक्टर चलाउथे, बैकको किस्ता तिर्थे । दलालले डोजर चालकको काम दिलाउने भनेर साउदी लगेर सामान्य लेबरको काम लगाएको बिष्णुमाया बताउँछिन् ।
गत बर्ष पुसमा साउदी गएका मानबहादुरको घरमा ७० वर्षीय बुवा खिमबहादुर र ६५ वर्षीया आमा विष्णुकुमारी छन् । ससाना तीन छोरीहरु छन् । जेठी सुस्मा १० बर्षकी छन् भने माइली ममता ६ बर्ष र कान्छी सुजाता भर्खर एक बर्ष पुगिन् । पति गुमाएकी विष्णुमायाको परिवार बेसहाराझै भएको छ । सासुससुरा र तीन छोरीको जिम्मेवारी विष्णुमायाको काँधमा छ ।
'मलाई अरु केही चाहिएको छैन', विष्णुमाया भन्छिन्,' शव छिटोभन्दा छिटो घर ल्याउन सरकारले पहल गरिदेओस् ।'
नेपाली कामदारको शव साउदीमा अलपत्र
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
.jpg)
0 comments
Write Down Your Responses