अजै पनि चेत आएन, डिएसपी रमेश पण्डित तस्करीमा रहेको पुष्टि !!

१७ भदौ, काठमाडौँ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालिन डीएसपी रमेश पण्डितमाथि लागेको तस्करहरुसँग मिलेर अवैध धन्धा सञ्चालन गरेको आरोपलाई अनुसन्धान टोलीले दोषी प्रमाणित गर्दै कार्वाहीको  सिफारिस गरेको छ ।
dsp-ramesh-pandet
प्रहरी मुख्यालयबाट खटिएको एसएसपी रमेश भट्टराईको संयोजकत्वको छानबिन समितिले उनिमाथि लागेको आरोप पुष्टि गर्दै कारवाहीको सिपारिस गरेको हो । यसअघि सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले गरेको  अनुसन्धानमा  डिएसपी पण्डितले जिल्लामा आएदेखि नै अवैध धन्दा र अपराधमा संलग्न व्यक्ति र समूहलाई कारबाही गर्नुको सट्टा उनीहरुलाई सहयोग गरेको निष्कर्श निकालेको थियो । डिएसपी पण्डितले गत असारमा हसुलियाबाट वरामद गरिएको झ्याल–ढोका र सिमेन्ट लुकाएको, असार ४ गते पक्राउ परेका ३२ वटा तयारी झ्याल–ढोका र ३७ बोरा सिमेन्ट डीएसपी पण्डितले लुकाएको फेला परेको थियो ।

यसअघि पक्राउ गरेको काठ जिल्ला वन कार्यालय र सिमेन्ट भन्सार कार्यालयमा वुझाउन जिम्मा दिए पनि डीएसपी पण्डितले नवुझाएको खुल्न आएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक मोहनराज जोशीले बताए । यस्तै गत जेठमा १० किलो तस्करीको सुनमा पनि रकम खाएको डीएसपी पण्डितमाथि आरोप लागेको थियो । प्रहरी उपरिक्षक जोशीले यस बारे सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी जयवहादुर चन्दलाई जानकारी गराईसकिएको र थप अनुसन्धान भईरहेको वताएका थिए ।

यसबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पनि उनिमाथी अनुसन्धान थालेको छ । उनीमाथी लागेका आरोपहरु पुष्टि हुने क्रममा रहेकाले भ्रष्टाचार निवारण ऐन अनुसार कार्वाही थालिने अख्तियारले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.