सबैभन्दा हानिकारक खानेकुरा

एजेन्सी । हामी हरेक दिन  यस्ता हजारौँ हानिकारक खानेकुराहरु खाने गर्दछौँ जसले हाम्रो शरिरमा हानीकारक प्रभाव पार्ने गर्छ । यहाँ हामी यस्ता खानेकुराहरुको बारेमा कुरा गर्दै छौँ जुन संसारको सबैभन्दा बढी हानिकारक खाद्य पदार्थ हुन् ।

१.जमाइएको खानेकुराः कोही मानिसहरु जमाएका खानेकुराहरु बजारबाट किनेर ल्याउने गर्दछन् र घरमा तताएर खाने गर्दछन् जुन निकै हानिकारक हुने गर्दछ । यसमा क्यान्सर पैदा गर्ने तत्वको मात्रा धेरै हुने गर्दछ ।

२. तारेका खानेकुराः बजारमा निस्केका बेला तारेको खानेकुरा कम मात्रामा खानुहोस् किनभने यसमा प्रयोग गरिएको तेल निकै अस्वस्थकर हुने गर्दछ ।

३.प्याक गरिएका चिप्सः यसमा हानिकारक कम्पाउन्ड पाइने गर्दछ जसले क्यान्सरको खतरा बढाउन सक्छ । यसलाई धेरै नखानुहोस् ।

४. सोडाः सोडामा धेरै मात्रामा चिनिको प्रयोग गरिएको हुन्छ । यसको सेवनले तपाईंलाई मोटो बनाउँछ र यो तपाईंको मुटुको लागि पनि निकै घातक हुने गर्छ ।

५.बर्गरः धेरै बर्गरमा यस्ता पदार्थ पाइने गर्दछ जुन तपाईंको शरिरको लागि हानिकारक हुने गर्छ । यसमा प्रशस्त मात्रामा नुुनको प्रयोग गरिएको हुन्छ भने यसमा प्रयोग गरिने ससले तपाईंको स्वास्थ्यलाई हानि गर्ने गर्दछ ।

६. फ्रेन्च फ्राईः फ्रेन्च फ्राईमा नुुन र तेलको मात्रा धेरै हुने भएकाले तपाईंलाई यसले मोटो बनाउँछ ।

७.माइक्रोवेभ पपकर्नः यो खानाले तपाईंलाई क्यान्सर हुने गर्दछ किनभने यसमा घातक नुन र तेल पाइने गर्छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.