आफूहरूबीचको प्रेमलाई प्रगाढ बनाउन यी जोडीले के गरे यस्तो !!

भेम्पायरलाई तपाईंले कथामा पढ्ने अथवा फिल्ममा हेर्ने गर्दैै आउनुभएको छ होला । मानिसको रगत पिउने मान्छे साँच्चिकै छन् भनेको सुन्दा धेरैलाई अनपत्यारिलो लाग्न सक्छ । तर, ब्रिटेनमा एउटा यस्तो जोडी छ, जो एकअर्काको रगत पिउने गर्छ ।

एकअर्काको रगत पिउने व्यक्ति हुन्, लिया बेनिनगाफ (युवती) र लडके आरो ड्रवेन (युवक) । आफूहरूबीचको प्रेमलाई प्रगाढ बनाउने उनीहरूले एकअर्काको रगत पिउने गरेका हुन् । यसबाट एकअर्काबीचको विश्वास, भरोसा, प्रेम र समर्पण बढ्ने उनीहरूको कथन छ ।

रगत पिउने प्रस्ताव सुरुमा ड्रवेनले राखेका थिए, जसमा बेनिनगाफले सहमति जनाइन् । सुरुमा ड्रवेनले शरीर काटेर प्रेमिकालाई रगत अर्पण गरेका थिए । ब्लेडले शरीरका अंग काटेर कपमा रगत भरी उनले प्रेमिकालाई दिएका थिए । जवाफमा बेनिनगाफले पनि त्यसै गरिन् । अहिले उनीहरूले सातामा एकपटक एकअर्काको रगत पिउने गरेका छन् । यसो गर्दा आफूहरूबीचको प्रेम अझ प्रगाढ बनेको उनीहरू बताउँछन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.