पूर्वराजा ज्ञानेन्द्र शाह मध्येराति अस्पताल भर्ना, हृदयघात भएको आशंका

gyanendra-shahकाठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई शनिबार मध्येराति अकस्माथ अस्पताल भर्ना गरिएको छ । शाहलाई अकस्मात श्वाशप्रश्वासमा समस्या भएपछि मध्येरातमा थापाथलिस्थित नर्भिक अस्पताल भर्ना गरिएको हाे ।
अकस्मात अस्पताल भर्ना गरिएका शाहलाई हृदयघात भएको आशंका गरिएको छ यद्यपी हृदयघात नै भएको भन्ने पुष्टि भने हालसम्म भएको छैन । हाल नर्भिक अस्पतालको सघन कक्षमा राखेर उनको उपचार सुरु गरिएको जानकारी प्राप्त भएको छ ।
स्रोतका अनुसार शाहको उपचारमा डा. भरत रावलको टोली खटिएको छ । डाक्टरले भर्खरै मात्र उनको मुटुमा एउटा स्टेन्ट राखेका छन्। तर अस्पतालले भने उनको विषयमा कुनै जानकारी दिएको छैन ।
छोरा पूर्वयुवराज पारस शाहको कारण उनी पटक पटक तनावमा रहँदै आएको स्रोतको दावी छ । उनको उपचार सम्बन्धि विस्तृत जानाकारी आउँन बाँकी छ ।
- See more at: http://www.nepalsandesh.com/2014/09/21/104400#sthash.fGym9jgD.Lf1HnnvZ.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.