ह्वाइट हाउसको पर्खाल नाघेर एक व्यक्ति पसेपछि

वासिङ्टन, असोज ४ – ह्वाइट हाउसको परिसरमा शुक्रबार एक व्यक्ति त्यहाँको पर्खाल नाघेर प्रवेश गरी भवनमा प्रवेश गर्न खोजेपछि अन्य व्यक्तिलाई त्यहाँबाट हटाइयो भने ती व्यक्तिलाई पक्राउ गरिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा उहाँका परिवार उक्त समयमा ह्वाइट हाउसमा नभएको जानकारी दिइएको छ । यसो भए पनि शुक्रबार साँझ स्थानीय समय अनुसार ७:२० बजे ह्वाइट हाउसको परिसरको A U.S. Secret Service agent with an automatic rifle hurries people to evacuate the White House complex over a security alert moments after President Barack Obama and his family left for the presidential retreat, Camp David, in Marylandउत्तरी भागमा उक्त घटना भएपछि त्यहाँ रहेका अधिकारी तथा पत्रकारहरूलाई भवनबाट हटाइएको जानकारी त्यहाँको गुप्तचर सेवाले दिएको छ । राष्ट्रपति ओबामा तथा उहाँका परिवार केही समयअगाडि दक्षिणी भागबाट साप्ताहिक बिदा मनाउन क्याम्प डेविडतर्फ जानुभएको थियो । गुप्तचर सेवाका प्रवक्ता ब्रियन लिरीले उक्त व्यक्ति टेक्सासको कपरस कभका ४२ वर्षीय ओमार गोन्जालेज भएको बताए । यी व्यक्तिसँग कुनै पनि हतियार फेला नपरेको जानकारी लिरीले दिए । गोन्जालेजलाई अधिकारीहरूले पर्खन आदेश दिएको तर निजले अधिकारीहरूको भनाइ नमानी ह्वाइट हाउसको परिसरभित्र प्रवेश गरेको तथा ह्वाइट हाउसको उत्तरी भागको ढोकामा पुगेको समयमा निजलाई पक्राउ गरिएको लिरीले उल्लेख गरे । गोन्जालेजलाई स्वास्थ्य परीक्षणका लागि जर्ज वासिङ्टन अस्पताल लगिएको लिरीले बताए । जोन्जालेजले आफ्नो छाती दुखिरहेको बताएको एक सुरक्षा अधिकारीले जानकारी दिए । कसैले ह्वाइट हाउसको पर्खाल नाघेमा सुरक्षा उल्लङ्घन गरेको मानिने र गुप्तचर सेवाले सुरक्षा, प्रवेश तथा त्यस विषयका कारण पत्ता लगाउनुपर्ने ती अधिकारीले बताए । ह्वाइटहाउसको यी व्यक्तिलाई पक्राउ गरिएको स्थान गुप्तचर सेवाका लागि सुरक्षाको दृष्टिकोणमा स्वीकार्य नभएको र यी व्यक्तिको प्रतिक्रियालाई पुरावलोकन गरिने बताइएको छ । रासस/एएफपी - See more at: http://www.ratopati.com/2014/09/20/168782.html#sthash.Civ7Qud4.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.