एसियाडमा भारतलाई पहिलो स्वर्ण नेपालीले दिलाए

Jitu-Rai
४ असोज, इन्चोन । दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाली खेलकुदमा भारतले पहिलो स्वर्ण जितेको छ । तर, भारतलाई स्वर्ण दिलाउने व्यक्ति भने नेपाली हुन् ।
जितु रायले ५० मिटर पेस्तोलको प्रतिपर्धामा भारतलाई स्वर्ण दिलाएका हन् । भियतनामका न्यूयेन होङ्गले दोस्रो भए ।
तर, उनले एक समय रायलाई कडा टक्कर दिए र एक समय दुबैको स्कोरको बीचमा ०.२ को अन्तर थियो । तर, अन्तिम दुई प्रयासमा जितुले होङ्गलाई ५.८ का विरुद्ध ८.४ को स्कोर बनाएर स्वर्ण जिते ।
भारतीय सेनामा जितुले राष्ट्रमण्डलमा पनि भारतलाई स्वर्ण दिलाएका थिए । संखुवासभामा जन्मिएका जित ८ वर्षअघि भारतीय सेनामा भर्ना भएका थिए ।
उनलाई अहिले भारतको पेप्तोल किङको नामले चिनिन्छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.