नेपालमा कुकुरको भ्यालु छ तर मधेशीको छैन’: सिके लाल

काठमाडौ चैत १५ – लेखक तथा राजनीतिक विश्लेषक सीके लालले यो मुलुकमा कुकुरको महत्व छ तर मधेशी कुनै महत्व छैन, अर्थात कुकुक जतिको महत्व मधेशीको नरहेको उल्लेख गरे । यहाँ जनावरवादीहरु छन् तर मधेशका लागि मानवअधिकारीवादीहरु छैनन् भन्दै उनले नेपालका मानव अधिकारवादीहरु जनावरको हत्या वा अपहरण भयो भने विज्ञप्ति जारी गर्छन् तर मधेशीको दिन दहाडै हत्या भइरहेका छन् तर एकजना CKLalअधिकारवादीले नबोलेको भनि आरोप लगाए । मानव अधिकारकर्मी तथा अधिवक्ता दिपेन्द्र झा अध्यक्ष रहेका थर्ड एलाइन्सले मधेशमा गैर न्यायीक हत्याको विषयमा प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा विश्लेषक लालले मधेशमा मान्छे मर्दा यहाँका वाहुन र खस अधिकारवादीहरुले झिङ्गा र लामखुट्टे मरेको जस्तो व्यवहार गरेको आरोप लगाए । उनले नेपाली अधिकारवादीहरुमा मधेशको विषयमा मौनताको सँस्कृति देखिएको बताउँदै मधेशमा लुटपाट, डकैती, अपहरणको बाहानमा युवाहरुलाई राज्यको तर्फबाट दिनका दिन हत्या भइरहेको बताउँदै ‘राजधानीमा ठूला–ठूला डनहरु छन्, यहाँजतिको लुटपाट हत्या कतै हुँदैन तर आजसम्म प्रहरीको हातबाट कसैको इन्काउन्टर भएको छ’ भनि प्रश्न गरे । ‘पूर्वी पहाड र पश्चिम पहाडमा पनि विभिन्न सशस्त्र समूहहरु विभिन्न गतिविधिमा छन् त्यहाँ पनि फिरौती, चन्दा, अपहरणको घटनाहरु भइरहन्छन् तर प्रहरीले मुठभेडमा एकजनालाई किन मार्न सकिरहेको छैन्’, लालले भने । अर्का बुद्धिजिवी तथा पूर्व राजदूत विजयकान्त कर्णले मधेशीलाई यसैगरि असुरक्षित महसुस भइरहियो भने आफ्नो ठाउँ खोज्ने बाध्य हुने बताए । उनले मधेशीलाई नेपाली हौं भने फिलिगं छ तर राज्यले सुरक्षाको अनुभूति गराएन भने अलग भएर बस्ने धारणा राखे । सुरक्षाका कारणले पनि मधेश अलग हुनसक्ने उनको धारणा थियो । अहिले जुन किसिमको माहौल बन्दैछ, त्यसले मधेशीहरु नेपालमा बस्ने कि नबस्ने सोच्न सक्छ, कर्णले भने । उनले पनि नेपाली अधिकारवादीहरु वाहुनवादबाट ग्रसित रहेको भन्दै मधेशीको पिडा अधिकारवादीहरुले कहिले नसुनेको कारण त्यहाँका युवाहरु राज्यको गोलीको शिकार भइरहेको बताए । २०६७ सालदेखि २०७० पुस मसान्तसम्म मधेशमा भएका १२ वटा गैरन्यायीक घटनालाई प्रतिवेदनमा उल्लेख गरेका छन् । थर्ड अलाइन्सले स्विटरल्याण्डको जनेभामा संयुक्त राष्ट्र संघीय मानव अधिकार समितिद्वारा भएको आवधिक समीक्षा बैठक अघि सो समितिमा पनि यो प्रतिवेदन पेस गरिसकेका छन् । 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.