ज्ञानेन्द्र शाहलाई हृदयघात भएपछि के भन्छन कमल थापा !!

असोज ५– पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भएपछि संवैधानिक राजतन्त्र र हिन्दुराज्यको वकालग गर्दै आएको राप्रपा नेपाल चिन्तित बनेको छ । संवैधानिक राजतन्त्र र हिन्दुत्वको धरोहर मानिने पूर्वराजालाई नै हृदयघात भएपछि राप्रपा नेपालसहित सो प्रति आस्था राख्नेहरु चिन्तित बनेका हुन् । हृदयघात भएर gyanendra-and-kamalथापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखिएका पूर्वराजाको स्वास्थ्य अवस्था बुझ्न आज बिहानैदेखि राप्रपा नेपालका नेता, कार्यकर्ता, शुभेच्छुकहरुको अस्पताल परिसरमा भीड लागेको छ । यसैगरी हाल विदेश भ्रमणमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा  भनेका छन्–ज्ञानेन्द्रको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । पूर्वराजालाई हृदयघात भएको थाहा पाएपछि थापा विदेश भ्रमण छोट्याएर सकेसम्म आजै साझसम्म स्वदेश फर्कने तयारीमा रहेको थापा निकट स्रोतले जनाएको छ । ‘पूर्वराजालाई हृदयघात भएको थाहा पाएपछि अध्यक्षज्यू निकै चिन्तित हनुहुन्छ, उहाँ विदेश भ्रमण छोट्याएर सकेसम्म आजै स्वदेश पर्कने तयारीमा हुनुहुन्छ, ’ केन्द्रीय सदस्य राजाराम बर्तौलाले रातोपाटीसँग भने, ‘पहिलेको टिकटक्यान्सिल गरेर अर्को मिलाउने काम भइरहेको छ ।’ एसियाली मुलुकका राजनीतिक पार्टी –आइक्याप) को आठौँ महासभामा सहभागी हुनका लागि श्रीलंका पुगेका उनी त्यहाँबाट जनवर्गीय संगठनको कार्यक्रममा सहभागी हुन केहि दिन भारतको नयाँदिल्लीमा समेत बस्ने कार्यक्रम तय थियो । तर, सबै कार्यक्रमलाई स्थगित गर्दै थापा स्वदेश फर्कन लागेको प्रचार विभाग सचिव बासु दाहालले बताए । यसैगरी राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले पूर्वराजालाई हृदयघात हुनु दुःखद भएको भन्दै स्वास्थ्य लाभको कामना गरे । उपचाररत शाहको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उनलाई आइसियुमा राखेर उपचार जारी राखिएको र अहिले अवस्था खतरामुक्त रहेको वरिष्ठ मुटु रोग विशेषज्ञ डा भारत रावतले जानकारी दिए । शनिबार दिउँसो निवासमै रहेका बेला एक्कासी मुर्छा परेपछि उनलाई सहयोगीहरुले नर्भिक लगेका थिए । अस्पताल लगिएलगत्तै डा रावत र यादवदेब भट्टसहितको टोलीले एन्जिओ प्लाष्ट गरेर मुटुका स्टोन प्रत्यारोपण गरी बन्द भएको भल्भ खुलाइएको थियो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.