राउटेलाई प्रतिपरिवार दश हजार दसैँ खर्च

काठमाडौँ, असोज ५ – सरकारले अल्पसङ्ख्यक राउटे परिवारलाई दसैँ खर्चबापत प्रतिपरिवार रु १० हजार प्रदान गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत सो रकम प्रदान गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सो कार्यालयका सचिव शान्तराज सुवेदीका अनुसार केही समय पहिले दैलेखबाट आएका राउटेका प्रतिनिधिले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी चाडपर्व मनाउन आर्थिक अभाव भएकाले सहयोग गर्न आग्रह गरेका थिए । दैलेखमा रहेका ४० परिवार राउटेका लागि प्रतिपरिवार रु १० हजारका दरले दसैँ खर्च वितरण गर्ने निर्णय भएको सचिव सुवेदीले जानकारी दिनुभयो । त्यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई तत्काल निकासा दिन निर्देशन दिइसकिएको छ । दैलेखमा रहेका राउटे परिवारलाई दसँै खर्च दिने निर्णय यही असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । यसवापत राउटे परिवारलाई रु चार लाख वितरण गरिनेछ । सरकारले आवश्यक विधि र प्रक्रियाअनुसार रकम निकासा भई राउटेको हातमा तत्काल पु¥याउने उद्देश्यका साथ छोटो प्रक्रिया अपनाइएको सचिव सुवेदीको भनाइ छ । सो प्रक्रिया अपनाउँदासमेत रकम उपलब्ध हुन नसके जिल्ला प्रशासन कार्यालयको अत्यावश्यक खर्चमार्फत भए पनि दसैँ खर्च उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ ।f

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.