मातृभूमिलाई बेस्या भन्ने सीके राउत राष्ट्रको काँडा हो

दक्षिण एसियाली भुपरिबेष्ठित भुमि अन्तर्गत अबस्थित ५६,८२७ बर्गमाईल क्षेत्रफल रहेको राष्ट्र नै संघिय लोकतान्त्रीक गणतन्त्र नेपाल देश हो जुन एसिया महादेशको कुल भुभाग मध्येको ०.०३% यसैमा पर्दछ । यो देशको अधिकतम चौडाई २४१ किलोमिटर र न्युनतम चौडाई १४५ किलोमिटर रहेको छ साथै संसारका सबैभन्दा उच्च १४ हिमश्रृखलामध्ये आठवटा नेपालमै पर्दछन् जसको उत्तरी क्षेत्रमा चीनको स्वसासित क्षेत्र तिब्बत पर्दछ भने पूर्ब,पश्चिम र दक्षिण क्षेत्रमा भारत पर्दछ । बिश्व राजनीतिमा प्रभाबशाली बन्दै गरेका एसियाका दुई बिशाल मुलुक चीन र भारत को बीचमा रहेकाले नेपालको राजनीतिक र सामरिक संबेदनशीलतामा यिनीहरुको प्रभाब अति नै छ साथै नेपालले जापान,भारत,संयुक्तराज्य अमेरिका,चीन,स्वीजरल्याण्ड,युरोपेली संघ लगायतबाट बैदेशीक सहायता प्राप्त गर्दछ ।
CK raut Nepal ama
जब नेपालमा एकदशक लामो जनयुद्ध अन्त्यका लागि संसदीय राजनीतिक दल र माओबादी पार्टीसँग १२ बुँदे सहमति सहित समिकरण बन्यो तब भारतको नेपालप्रतिको चासो झन ह्वात्तै बढयो जसले गर्दा लोकतान्त्रीक गणतन्त्र घोषणापछि भारतले नेपाल दृष्टिबारे काठमाण्डौमा मात्र होईन दिल्लीमा समेत बहस सिर्जना गराईदियो भने नयाँ नेपाल र लोकतान्त्रीक गणतन्त्रको नामबाट नेपालीको एकता बिथोल्ने प्रयास भएको छ साथै नेपालको स्वतन्त्रता,सार्बभौमिकता,भौगोलिक अखण्डता एवंम राष्ट्रिय चरित्रमा अस्थिर स्थिति सिर्जना भएको छ ।

आज नेपालमा आफुलाई पक्का मधेशबादी ठान्ने अनि शुन्दरशान्त नेपालको रुपरेखालाई बिखण्डनमच्चाएर एक मधेश एक प्रदेशको नामाकरण गरि एकात्मक शासन चलाउँन तराईका केही महाधीस नेताहरुको योजनामा मधेशमा नेपाली साम्राज्य समाप्ती मधेशबाट नेपाली सेना फिर्ताका साथसाथै आफनै सेना र पुलिस सहित मधेशमा स्वराज स्थापना गर्न भन्दै लागेका छन् जसले गर्दा अबको नेपाल कस्तो भन्ने अन्यौल सिर्जना गरेको छ ।
Arjun Baralलेखक
भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनलाईसिस विग्संका पूर्ब अधिकारीले हिमालय अधिराज्य सिक्किमको लोप लगत्तै भारतले नेपालको तराईपनि गाभ्ने योजना बनाएको छ भन्ने सम्म खुलासा गरेका थिय जुन जापान सरकारको मोनबुसो छात्रबृतिमा जापान गएर मास्टर डिग्री पूरागरेपछि पिचडि क्याब्रिज बिश्वबिँद्यालय बेलायतबाट गरेका चन्द्रकान्त उर्फ सीके राउत प्रकरणले सत्यसाबित हुँन आटेको हो कि भनेर नजर अन्दाज गर्न सकिन्छ ।

“नेपाल हाम्री आमा होईनन् नेपाल हाम्रो रगत चुस्ने बोक्सी हुँन जसले हाम्रो भुमि अनाज र अधिकार खोसिरहिन र बदलामा दासता अन्याय र गरिबी दिईरहिन्,नेपाल चोखो कुमारी रे नेपाल त निर्लज्ज रण्डी हो जो राती हरेक बिदेशीसँग सम्भोग गर्छे तर बिहान आफनो कुमारीत्वको अभिमान गदै हिड्छे” भनेर नेपाल र नेपालीको अभिमान गर्ने सप्तरी जिल्लाको महागाउँ स्थित सामान्य परिवारमा जन्मेका सीके रावत सन् १९७५ सम्म छुट्टै सार्बभौमसम्पन्न,स्वतन्त्र र स्वाधीनता भएको देश सिक्किमलाई भारतमा बिलय गराए जस्तै मधेशमा स्वराज स्थापनाका लागि नेपाल टुक्रयाउँने अभियानमा लागेका भारतीय दलाल हुँन किनकी उनले आफनो पुस्तकमा कहि कतै नेपालका एकहत्तर ठाँउमा गरि साठी हजार छ सय हेक्टर जमिन भारतले अतिक्रमण गरेको बारेमा भारतको बिरोध गरेर लेखेका छैनन् ।

सन् १९७० को अक्टोबर १० मा बिट्रेनबाट स्वतन्त्र भएको फिजी बिदेशीको चक्रब्युहमा कसरी परेको छ ? राजतन्त्र रहेको सानो देश सिक्किममा लोकतन्त्रका नाममा त्यहाँका जनतालाई झुक्काई सिक्किम आमालाई भारतमा कसरी बिलय गराईयो ? त्यसरी नै नेपालको तराई भुभागलाई भारतमा गाँभ्ने रणनीति बमोजिम सीके रावत जन्मिएका हुँन । चाँहे उनले भनेको मधेश स्वराज होस या त एक मधेश एक प्रदेश नै किन नहोस सन् १९७५ मा ३२ मध्ये ३१ सभासदले हामी भारतमा मिल्न तयार छौ भनेर सिक्किमलाई भारतमा सुम्पेजसरी यी मधेशको नाममा राजनीति गर्ने भारतीय दलालले भोली अबश्य नेपालको तराई भुभाग भारतलाई दिनेछन् ।

नेपालका राजनीतिक दल अनी आफुलाई नागरिक समाजका अगुवा बताउँनेहरुलाई बिं.सं.१४०६ मा बंगालका सुल्तानले काठमाण्डौका स्वयम्भु,पशुपतिनाथ लगाएतका देवालय ध्वस्त पार्दा नेपाली जनता निर्धक्क लडेको थाहा हुँन पर्ने हो तर आज यि नागरिक समाजका अगुवा र राजनीतिक दलका नेताहरु नेपालीजनताको सार्बभौमिकता र राष्ट्रिय अखण्डतामाथि हमला हुँदा सबैले सुल्तानलाई समर्थन गरेका छन् । यिनीहरुलाई राज्यको शत्रुसबैको शत्रु हो भन्ने थाहा छैन ? शरिरलाई बिकारबाट बचाउँन रोग हटाउँन पर्छ तसर्थ सीके राउत एक पात्र हुँन यस्ता पात्रलाई खोजि खोजि हटाउँ ।

२०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन,लगायत २०६३ को प्रतिगमनको सच्चाई लोकतान्त्रीक गणतन्त्र स्थापनाको आन्दोलन सबैको आबश्यकता भयपनि नेपाली जनताको हार भएको छ । हुँन त लोकतन्त्रको आधारभुत पक्ष भनेको नै जनादेशको सम्मान गर्नु हो । जब राजनीतिक दल र लोकतन्त्रका बीच एकआपसमा समझदारी हुँदैन तबसम्म सीके रावत जन्मिरहन्छन् अनि राष्ट्रमा द्धन्द्ध र अस्थिरता पैदा हुन्छ । तसर्थ जनताहरुहो भौगोलिक हिसाबले हिमाल,पहाड र तराई यो नेपाली भुभागको रक्षाका लागि लड्नै पर्छ । यही जन्मेर हुर्की यही नेपाली भुमीको अन्नमा रमाउँने अनी नेपालीआमालाई बेश्या बनाउँने भारतीय बिस्तारबादका दलालहरुलाई तह लगाउँन काँधमा काँध मिलाउँनै पर्छ । जन्मभुमिलाई बेश्या बनाउँने ले भोली जे सुकै गर्न सक्छ यसमा सावधान !!!
- See more at: http://nepaliheadlines.com/2014-09-21-12-53-56.html#sthash.W8bLDJU2.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.