गाउँले प्रमुख सहित १३ जनाले गरे सामुहिक बलात्कार, सबैलाई २० वर्ष जेल सजायँ

एक अदालतले एकजना महिलालाई सामुहिक बलात्कार गरेको अभियोगमा सोही मुद्धाका १३ जना अरोपीलाई २० वर्षको जेल सजाय सुनाएको छ । एकजना महिलालाई बलात्कार गर्ने सो गाउका एक गाउले प्रमुख पनि सो कारबाहीको दायरामा परेका छन् । उनीहरुले एक महिलालाई बलात्कार गरेको आरोपमा मुद्दा दायर भएको थियो । सो मुद्दाको फैसला सुनाउदै उक्त जेल सजाएँ तोकेको हो ।

गत जनवरी महिनामा पश्चिम बङ्गालको एक गाउमा ती महिलामाथि बलात्कार भएको थियो । सो मुद्दामा प्रहरीले गाउले प्रमुखलाई पनि थुनामा राखेको थियो । गाउले प्रमुखले सोही गाउमा बस्ने एकजना जनजाति महिलाप्रति उक्त व्यवहार गरी समुदाय र महिलाको मानहानी गरेको भनी उक्त सजाय सुनाइएको बताइएको छ । भारतका हालैका केही वर्षयता बलात्कारका घटनामा निकै नै बृद्धि भइरहेको छ । बलात्कारीलाई कडाभन्दा कडा कारबाहीको मागपनि त्यत्तिकै उठिरहेको छ । पछिल्ला केही समययता भारतीय अदालतहरुले पनि बलात्कारीलाई कडा कारबाहीको सजाय सुनाइरहेका छन् । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.