राजेश हमालले केटाहरुलाई रुने शुझाब दिए !!

नेपाल लिटरेचर फेष्टिबलमा शनिबारका सेसनहरुमध्ये सबैभन्दा बढी प्रतीक्षा गरिएको सेसन थियो अभिनेता राजेश हमालको।

छोरा भएर रुनुहुन्न रे भन्ने शीर्षकमा लेखिका अर्चना थापाले राजेश हमालसँग कुराकानी गरेकी थिइन्।
राजेश हमालः एउटा मनुष्य भएर जिउँदाखेरि उसले मनुष्यका जति पनि भावनाहरु छन् ती भावनालाई सही ढंगबाट एक्सप्रेस गर्न सक्यो र महसुस गर्न सक्यो भने मलाई लाग्छ जीवन पूर्ण र सार्थक हुन्छ।
मनुष्यका अन्य उपलब्धिहरु भन्दा पनि भावहरु, हामी कलाकारहरु भन्छौँ कि नवरस सच्चा कलाकारले ती नवरसहरु पूर्णरुपमा महसुस गर्न सक्छ र एक्सप्रेस गर्न सक्छ।
जब हामीले समाजमा यस्ता प्रिडक्टरिन कन्सेप्टहरु लगाउँछौँ कि छोरामान्छेले भावना देखाउन हुँदैन न त छोरा मान्छे होस्, दुख देखाउन हुँदैन, रुनु हुँदैन हाँसीहाँसी हिँड्नुपर्छ हृदयमा चोट भए पनि अनुहारमा मुस्कान हुनुपर्छ भन्दाखेरि कहीँकही हामी भित्रभित्र उकुसमुकस भैराखेको हुन्छौँ। हाम्रा स्वभाविक भावनाहरुलाई बग्न दिदैनौँ।
मेरो विचारमा, मनुष्यको जीवन हो यो कहिले खुसीको भावना आउँछ कहिले दुखको भावना आउँछ त्यो भावनाहरु महसुस गर्ने व्यक्ति नै सच्चा पुरुष र सच्चा महिला हो।
दुखको बेलामा नक्कली हाँसो हाँसेर केही फाइदा छैन। तपाईँलाई रुन मन लाग्छ भने रुनुस्। तपाईँ पनि मानिस हो। मनुष्यको त्यो गुणहरु हो।
अहिले म जे भनिराखेको छु त्यो आजसम्म आउँदाखेरि बुझेको कुरा हो। शायद बीस वर्षमा हुँदा यी कुराहरु को प्रभाव ममा थिएन जति आज छ।
म पनि यही समाजको प्रोडक्ट हो। मलाई पनि मेरा बुवाआमाले तँ छोरा मान्छे होस् लडेर पनि तलाई दुख्छ र भन्ने प्रश्न गर्दै हुर्काएको हो। त्यसको प्रभाव पर्‍यो होला।
टिनएजमा त अझ झनै मर्दले के सोच्छ भने ओहो म जस्तो मर्दानगी त कोही छैन भन्ने हुन्छ। त्यो समाजको प्रेसरले पनि हुन्छ। भावनामा बग्ने छिटो रुने मान्छे रैछ भने ह्या कस्तो स्वास्नीमान्छे जस्तो भनिदिन्छौँ। त्यसले पनि उसलाई मर्दानगी देखाउनुपर्छ। बलकै कुराबाटब हामीले आफ्नो मर्दानगी देखाउँछौँ, बुद्धिको कुरा त धेरै पछि आउँछ।
त्यसैले म पनि सुरुका दशकहरुमा म पनि निर्देशित थिएँ। ममा पनि मर्दानगीको अत्यन्तै गलत धारणाहरु थियो। एककालखण्डमा त्यस्तो पनि थियो इमोसन दबाउनुमा मलाई गर्ब लाग्थ्यो।
इमोसन प्रकट गर्न सकेको भए बुवासँगको सम्बन्धमा पनि त्यही हुन्थ्यो होला। परिपक्व भएको भए बुवासँग धेरै कुरा खुल्थ्यो होला। दुवैको मर्दानगीको इगो भए होला। बुवाको आफ्नै ठाउँको इगो भए होला, ममा हुर्किँदै गर्दाको मर्दको इगो थियो होला। हामीभित्रको इगोले गर्दा पोजेटिभ भावनाहरु एक्सप्रेस हुन पाएन। तर त्यो खुलेर भन्न पाएको भए शायद दिशानिर्देश भन्ने प्रोग्राममा मैले आँखा भिजाउन पर्थेन होला।
महिलाले किन पुरुषको सरह बन्न खोज्ने? उदाहरणको लगि बाहिरतिर पनि, महिला कलाकारले पनि एक्टर भन्छन्। महिला कलाकारलाई एक्ट्रेस भन्छन्। तर धेरै महिला कलाकारले पनि एक्टर भन्नुमा मैले कुनै दम देख्दिन। पुरुष कलाकारले एक्टर भन्दैमा महिलाले पनि त्यही भन्नुपर्ने? कुनै प्रश्न छैन यत्तिकै त्यही सुपेरियर भयो? एक्ट्रेसमा महिलाको कुनै पहिचान छ। त्यहि क्षेत्रमा लागेको पुरुषको जस्तै उसको पनि पहिचान हो।
सबभन्दा ठूलो कुरा महिला पुरुषको फ्रिडम अफ चोइस हुनुपर्छ। यदि महिला घरकै का गर्न चाहन्छन् भने त्यो उनीहरुले पाउनुपर्छ र बाहिर काम गर्न चाहे त्यो पनि पाउनुपर्छ। बाध्यता विना फ्रिडम एक्सरसाइज गर्छ भने त्यहाँ पनि फेमिनिस्ट हुन्छ। पुरुषले टाइ लायो महिलाले पनि लगाउने पुरुषले यो गरे त्यही गरौँ भन्यो भने त्यसको अन्त्य कहिँ पनि हुँदैन।
जसले हामीलाई बनाएको छ त्यसले हामीलाई भिन्नाभिन्नै बनाएको छ। अवश्य पनि समान बनाएको छैन। शारिरिक हिसाब र बौद्धिक हिसाबबाट भिन्नै बनाएको छ।
र अन्त्यमा म भन्छु हामी सबैजना असाध्यै युनिक छौँ। तपाईहरु यहाँ जति पनि हुनुहुन्छ एक अर्कामा मेल खानुहुँदैन तर आफ्नो आफ्नो गुण छ। ट्यालेण्ट र सोचाइ छ।
उनले आफ्नो कुरा सकेपछि एकजना दर्शकले सोधेकी थिइन:
राजेश दाइ, तपाईँ पछिल्लोपटक कहिले रुनुभयो कतिबेर र के कारणले रुनुभयो?
राजेशः एउटा कुरा खुलासा गर्दिउँ है, भावनाको कुरा कहिलेकाहीँ अल्लि व्यक्तिगत पनि हुन्छ। व्यक्तिगत छ भन्दैमा उसले प्रकट नगरेको भन्ने हुँदैन। म खुलासा के गर्छु भने म त्यो मर्द भएर भनेको होइन, तर ह्वाँह्वाँ चाहिँ रुँदिन। सिनेमामा रोएँ होला। विभिन्न कुराहर देखेर मन रुन्छ, आफूसँग प्रत्यक्ष सम्बन्धित भएर पनि होइन।
दर्शकको अर्को प्रश्नः मर्दानगी पुरुषमा मात्रै हुन्छ कि महिलामा पनि।
हामी दुवैमा दुवैको गुण हुन्छ। महिलामा पुरुषको र पुरुषमा महिलाको गुण हुन्छ त्यो विज्ञानले पनि प्रमाणित गरेको कुरा हो। तपाईँमा बढी जुन गुण हुन्छ त्यही हाम्रो प्रभावकारी गुण हुन्छ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.