६४ वर्षका भए मोदीः बिना सुरक्षाकर्मी पुगे आमालाई भेट्न
नयाँ दिल्ली, असोज १ – भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी ६४ वर्षका पुगेका छन् । बुधबार जन्मदिनको अवसरमा मोदीले गान्धीनगर पुगेर आफ्नी आमासँग आर्शिवाद दिएका छन् । अहेम्दावादबाट २३ किलोमिटर टाढा रहेको आमा हिराबेनको घरमा उनी बिना कुनै सुरक्षाकर्मी पुगेको भारतीय मिडियाले जनाएको छ । उनी सामान्य कारमा चढेर आफ्नी आमालाई भेट्न पुगेका थिए । मोदीको जन्मदिनको अवसरमा उनकी आमाले जम्मु–काश्मिरको उद्धार कोषमा आफ्नो व्यक्तिगत तर्फबाट ५ हजार रुपैयाँ दान गरेकी थिइन् । मोदीलाई भारतीय राष्ट्रपति प्रनव मुखर्जी र जापानी प्रधानमन्त्री सिन्जो एबेले जन्मदिनको बधाई दिएका थिए ।
.jpg)
0 comments
Write Down Your Responses