शान्ति प्रक्रियाको विषयमा सहमति जुटन नसक्दा सर्वपक्षीय राजनीतिक सम्मेलन भाँडिएपछि नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले लिखित सहमति नभएसम्म सर्वपक्षीय राजनीतिक सम्मेलनको औचित्य नभएको बताएका छन् । सर्वपक्षीय राजनीतिक सम्मेलन बहिस्कार गरलेगत्तै वैद्यद्धारा जारी विज्ञप्तीमा नीतिगत मार्गचित्रबारे लिखित सहमति कायम गरेर मात्र सर्वदलीय सम्मेलन आयोजना गर्न सरकारसँग माग गर्दछ । प्रधानमन्त्रीको आह्वानमा चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र नेकपा–माओवादीबीच पटक–पटक संवाद भएपनि परन्तु, शाब्दिक रुपमा सर्वदलीय सम्मेलन गर्ने भनिएपनि त्यसको कार्यसूची, क्षेत्राधिकार लगायतका विषयहरुमा सत्तारुढ दलहरु सहमत नभएको वैद्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ । सर्वदलीय सम्मेलनलाई संविधानको विषयमा मात्र सीमित राख्ने, त्यसमा पनि दलहरुबाट राय सल्लाह र सुझाव लिने प्रकृतिको बनाउने, सम्मेलनबाट कुनै पनि राजनीतिक निर्णयहरु लिन नसक्ने, सम्मलेनको पूर्वतयारी, कार्यसूची र मोडालिटीबारे चार दलको बीचमा कुनै पनि लिखित सहमति पनि गर्न नसकिने सत्तारुढ दलहरुद्वारा भनिएपछि उक्त सम्मलेनको कुनै अर्थ र औचित्य देखिएको उनले बताए । सरकारद्वारा आयोजित सर्वदलीय सम्मेलनमा हाम्रो पार्टीलगायत तेत्तीस दलीय मोर्चा सहभागी नहुने निर्णय गरिएको वैद्यद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
बैद्यले निकाले कडा विज्ञप्तिले हलचल मच्चायो (विज्ञप्ति सहित)
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
.jpg)
0 comments
Write Down Your Responses