काठमाडौं, असोज १ – सुशासन तथा अनुगमन समितिले बुधबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बोलाएर ठूला भ्रष्टाचारीलाई छाडेर सानालाई मात्र दुःख नदिन निर्देशन दिएको छ । समितिमा आस्थाका आधारमा कर्मचारहिरुलाई भ्रष्टचार मुद्दामा फसाएको र ठूला भ्रष्टाचारीहरुलाई आर्थिक लेनदेन गरेर छाडेको उजुरी परेपछि बुधबार कार्कीलाई समितिमा बोलाएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका अध्यक्ष शेरधन राईले अख्तियारले भ्रष्टाचार नियन्त्रणका लागि गरेको कामको जानकारी लिएको र प्रतिशोधको हिसाबले काम नगर्न निर्देशन दिएको बताए । ‘समितिमा अख्तियारले ठूला माछा छाडेर साना माछालाई समात्यो भन्ने कुरा उठ्यो, आयुक्त कार्कीले साना–ठूला कसैलाइृ पनि नछाड्ने बताउनुभयो,’ राईले भने । सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक आयुक्त कार्कीलाई सुशासन तथा अनुगमन समितिमा डाक्दा पत्रकारहरुलाई प्रवेश गर्न दिइएन । समितिका सबै बैठकमा पत्रकारलाई प्रवेश दिइए पनि आजको बैठकमा पत्रकारहरुलाई छिर्न दिइएन । मर्यादा पालकहरुले अध्यक्ष राईको आदेशमा पत्रकारहरुलाई छिर्न नदिएको बताएका थिए । तर राईले आफूले त्यस्तो निर्देशन नदिएको बताएका थिए ।
ससंदीय समितिद्वारा ‘ठूलो माछा’ पक्रन अख्तियारलाई निर्देशन
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses