चोरी गरेकै घरमा चोर भाग्नको साटो निदाउँदा , प्रहरी खोरमा

कुनै काम यस्तो हुन्छ जहाँ थोरै मात्र सुस्तता पनि निकै खतरनाक साबित हुन्छ । यो कुरा फ्लोरिडाको एक Davisघरमा चोरी गर्नका लागि घुसेका डियोन डेविसले भन्दा राम्रो तरिकाले कसले बुझ्न सक्ला र ? घरमा चोरी गरिसकेपछि एकैछिन निदाउने लोभले डेविसलाई जेलको चिसो हावा खानुपर्यो । वास्तवमा डेविस चोरी गरेकै घरमा घण्टौँ सुतेका कारण उनको यस्तो हालत हुन पुगेको हो । डेविस निकै थाकेका थिए । चोरी गरिसकेपछि हतार हतार घरबाट निस्कनुको साटो उनी एकछिन आराम गर्नका लागि त्यहि घरको ओछ्यानमा पल्टिए । बिहान घरको सफा गर्नका लागि आएकी सहयोगीले जब घरमा गहनाले भरिएको प्लाष्टिकको थैलीको साथ एक अपरिचित व्यक्ति सुतेको देखिन् तब उनले तुरुन्त पुलिसलाई खबर गरिन् । २९ वर्षीय डेविसको निन्द्रा पुलिस आएपछि पनि खुलेन । पुलिसले गहनासँगै सुतिरहेका उनको थुप्रै फोटोहरु खिचिसक्दा पनि उनी मस्त निन्द्रामा नै थिए । पछि जसोतसो उनलाई उठाएर पुलिसले चोरी गरेको आरोपमा उनलाई पक्राउ गर्यो । कुनै चोरले चोरी गरिसकेपछि त्यहि घरमा यति आनन्दले कसरी सुत्न सक्छ भनेर पुलिसहरु पनि अचम्ममा छन् । यस घटनापछि डेविसलाई संसारको सबैभन्दा अल्छी चोरको संज्ञा दिइएको छ । (एजेन्सी) 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.