स्तनको आकार बढाउन ४५ लाख डर चन्दा संकलन
कस्मेटिक सर्जरी गराउन इच्छुक अधिकांश महिलाहरु लामो समयसम्म रकम बचत गर्छन् । वा ऋण पनि लिन्छन् । कतिपय अवस्थामा एकसाथ दुई ठाउँमा जागिर पनि खानुपर्ने हुन्छ । तर, इंग्ल्याण्डको काउन्टी क्रैमलिंगटनको नार्थम्बरिया निवासी जेमिनी स्मिथले कठिनाईको सामना गर्न परेन । उनले सहजै स्तन सर्जरी गराएर पुष्ठ बनाइन् ।
जर्मनीको ब्रेस्ट इम्प्लान्टका लागि मात्र MyFreeImplants.com मा लग इन गरिन् । त्यसपछि त साइटसँग सम्बन्धित सदस्यहरुले जेमिनीलाई सन्देश पठाउन थालिहाले । साथै एक डलर चन्दा पनि दिन थाले । यसरी तीन महिनापछि जेमिनीले ४५ लाख रुपैया जम्मा गरिन् र अपरेशनको माध्यमबाट आफ्नो स्तनको साइज ३४ए बाट ३४ डीडीसम्म विस्तार गरिन् ।
जेमिनीलाई आफ्नो ३४ए साइजको स्तन पटक्कै मन परेको थिएन । सानो स्तन भएकै कारण उनी तनावमा थिइन् । तर, MyFreeImplants.com ले उनको आशा जगायो । यो अमेरिकी वेभसाइटको माध्यमबाट अपरिचित मानिसहरु कस्मेटिक सर्जरीका लागि पैसा दान दिने गर्दछन् ।
जेमिनी स्मिथले पनि स्तन अपरेशन गर्ने विचार गरिन् र साइटसँग सम्बन्धित सदस्यहरुसँग रकम संकलन गरिन् । जेमिनी ती हजारौ बेलायती महिलामध्ये एक हुन् जो यो साइटको सदस्य छिन् ।
यो कस्मेटिक सर्जरीले जेमिनीको आत्मविश्वास बढाएको छ । उनका अनुसार जब उनी स्कुलमा थिइन् तब पनि उनको स्तन उनका साथीहरुका तुलनामा विकसित भएको थिएन । जसबाट उनको आत्मविश्वास पनि डगमगाएको थियो । उनले भनिन्–म तनावमा आउथेँ । र, यसलाई लुकाउनका लागि ठुलो जम्पर्स लगाउँथेँ ।
जेमिनीले भनिन्–म सधैं भन्थेँ कि जहिले मैले जागिर पाउनेछु म स्तन बढाउनेछु । तर जब मैले जागिर पाएँ तब त्यसका लागि रकम जुटाउनै सकिनँ । उनले भनिन्–फेरि मैले MyFreeImplants.com को विषयमा थाहा पाएँ । जब यो साइटको सहयोगमा पैसा जम्मा भयो तब मेरो खुसीका सिमानै रहेन ।
जेमिनी स्मिथ जुलाई २०१३ मा यो साइटको सदस्य बनेकी हुन् । यसक्रममा उनले साइटसँग सम्बन्धित अन्यमहिला र पुरुषसँग कुराकानी गरिन् । उनीहरुले जेमिनीलाई सन्देश पठाएर एक डलर चन्दा दिए । पुरै पैसा जम्मा भएपछि उनले १४ नोभेम्बरमा मैनचेस्टरमा सर्जरी गराइन् ।
0 comments
Write Down Your Responses