नियमित सम्भोग गर्दा पनि किन गर्भ नरहेको होला ?


 म २१ वर्षीया महिला हुँ। मेरो विवाह भएको एक वर्ष भयो तर अहिलेसम्म हाम्रो सन्तान भएको छैन। नियमित सम्भोग गर्दा पनि किन गर्भ नरहेको होला ? यही कारणले हामीलाई टेन्सन छ। अब हामीले के गर्नुपर्ला ?

एल.

विवाहपछि नियमित यौनसम्पर्क (हप्तामा कम्तीमा ३ पटक) भएको र परिवार नियोजनका कुनै साधन प्रयोग नगरेको अवस्थामा एक वर्षभित्र ८० प्रतिशतभन्दा बढी दम्पतीको गर्भ रहन्छ भने बाँकीमध्ये ५० प्रतिशतको अर्को दुई वर्षभित्र गर्भ रहेको तथ्यांकले देखाउँछ। गर्भ चाहेर पनि नरहेपछि तनाव हुनु स्वाभाविक हो, तर मानसिक तनाव लिएर समस्या समाधान हुँदैन। गर्भ नरहनुमा श्रीमान्, श्रीमती वा दुवैमा समस्या हुन सक्छ। त्यसैले तपाईंहरू दुवैले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नु आवस्यक हुन्छ। पुरुषको शुक्रकीट, महिलाको अण्ड उत्पादन, तिनको मार्ग तथा पाठेघरका धेरै समस्या सजिलै उपचार गर्न सकिने र उमेरले तपाईंलाई साथ दिने भएकाले सामान्य उपचारले नै तपाईं गर्भवती बन्ने सम्भावना बढी छ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.