प्रहरीसँगको मुठभेडमा मारिएका भनिएका धादिङका दिनेश अधिकारी ‘चरी’को आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
अधिकारीको अन्त्येष्टिका लागि नेकपा (एमाले) धादिङका तीन सभासद् तथा नेताहरु आर्यघाट पुगेका थिए । अधिकारीको पार्थिव शरीरमा नेकपा (एमाले) का केन्द्रीय सदस्य खेम लोहनीले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो ।
अधिकारीको अन्त्येष्टिमा उहाँका बुबा, दाइलगायत शुभेच्छुकको सहभागिता रहेको धादिङका सभासद् धनबहादुर घलेले जानकारी दिनुभयो । यसअघि शिक्षण अस्पताल महाराजगन्जमा रहेको चरीको शवलाई परिवार, आफन्तलगायतले शवयात्रासहित आर्यघाट पु-याइएको थियो ।
गत २१ गते काठमाडौँको भीमढुङ्गामा प्रहरीसँगको मुठभेडमा चरीको निधन भएको थियो । चरीको हत्या भएको घटनाको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने भन्दै उनको शव आफन्तले बुझ्न मानेका थिएनन् । प्रहरी प्रशासनसँग हिजो सहमति भएपछि चरीका आफन्तले शव बुझेका थिए ।
यसरी गरियो कुख्यात डन चरीको अन्त्येष्टि
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses