एजेन्सी । पेरिसको उत्तरी क्षेत्रमा प्रहरीले ४८ घण्टा देखि भागिरहेको हमलाकारीलाइृ घेरामा पार्न सफल भएको छ ।
हमलाकारी एक घरमा फसेको र उसले एक जना बन्धक बनाएको फ्रान्सका सञ्चार माध्यमहरुदे जनाएका छन् ।
अपहरणमा परेको महिला भएको उनीहरुले जनाएका छन् ।
केहि घण्टा अघि प्रहरी स.ग भएको दोहोरो फायरिङ पछि भागेका उनीहरुनै शार्ली एव्दोमा गोलि चलाएको प्रहरी अनुमान छ ।
इस्लामीक चरमपन्थीले भने यस अघिनै आफूहरु मर्न तयार रहेको बताइसकेका छन् ।
पेरिस भन्दा ३५ किलोमिटर टाढा प्रहरीले हमलाकारीलाई घेरा हालिरहेको छ ।
हमलाकारी एक घरमा फसेको र उसले एक जना बन्धक बनाएको फ्रान्सका सञ्चार माध्यमहरुदे जनाएका छन् ।
अपहरणमा परेको महिला भएको उनीहरुले जनाएका छन् ।
केहि घण्टा अघि प्रहरी स.ग भएको दोहोरो फायरिङ पछि भागेका उनीहरुनै शार्ली एव्दोमा गोलि चलाएको प्रहरी अनुमान छ ।
इस्लामीक चरमपन्थीले भने यस अघिनै आफूहरु मर्न तयार रहेको बताइसकेका छन् ।
पेरिस भन्दा ३५ किलोमिटर टाढा प्रहरीले हमलाकारीलाई घेरा हालिरहेको छ ।
काठमाडौं, कार्तिक २७ । उत्तर एटलान्टिक सहयोग संगठन नेटोले पुर्वी युक्रेनका विद्रोहीहरुलाई सघाउन रुसले सेना तथा हतियार पठाएको आरोप लगाएको छ ।
नेटोका शिर्ष कमाण्डर जेनरल फिलीप ब्रिडलोभले पुर्वी युक्रेनको युद्धग्रस्त क्षेत्र डोनेट्स्कमा पछिल्लो दुई दिनसम्म रुसी बख्तरबन्द गाडीहरु प्रवेश गरेको देखिएको बताए । नेटो प्रमुख
जेनरल येन्स स्टोलटेनवर्गले पनि रुसलाई आप्mनो सेना फिर्ता बोलाउन अग्रह गर्नुभएको छ । तर रुसले भने नेटोको सम्पूर्ण आरोप अस्विकार गरेको छ ।
जेनरल येन्स स्टोलटेनवर्गले पनि रुसलाई आप्mनो सेना फिर्ता बोलाउन अग्रह गर्नुभएको छ । तर रुसले भने नेटोको सम्पूर्ण आरोप अस्विकार गरेको छ ।
रुसी रक्षा मन्त्रालयले एक विज्ञप्ती जारी गरी युक्रेनी भुभागमा रुसी सेना प्रवेश नगरेको र विद्रोहीहरुलाई हतियार समेत उपलब्ध नगराएको स्पष्ट पारेको हो ।
यसैबीच, युरोपेली सुरक्षा तथा सहकार्य संगठनले पनि पुर्वी युक्रेनमा भारी मात्रामा बख्तरबन्द गाडीहरु र हतियार आपुर्ती भईरहेकोले थप युद्ध चर्किने अनुमान गरेको छ । रुस समर्थिक पृथक्तावादीहरुले जनमत संग्रह गरेपछि सो क्षेत्रमा तनाव झनै बढेको निकर्ष युरोपेली पर्यवेक्षकहरुको छ ।
http://imagekhabar.com/samachar/detail/42986/28/.shtml#sthash.Zj5VVMXi.dpuf
बिहीवार 20 कार्तिक, 2071
काठमाडौं, कार्तिक २० । चर्चित पत्रिका फोब्र्सले विश्वका शक्तिशाली हस्तीको नामावली सार्वजनिक गरेको छ । यसवर्ष रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वका एक से एक हस्तीलाई उछिन्दै एक नम्बरमा स्थान बनाएका छन् ।
यता भारतका प्रधानमन्त्री नरेंद्र मोदीले पनि पहिलो पटक विश्वका हस्तीको सूचीमा नाम लेखाएका छन् । उनी संसारका सर्वाधिक प्रभावशाली व्यक्तिको सूचीमा पन्ध्रौं नम्बरमा छन् ।
पुटिन लगातार दोस्रो पटक अमरिकी राष्ट्रपति बराक ओबामालाई पछि पार्दै उक्त स्थानमा पारेका हुन् । मोदीले सुरक्षित गरेको पन्ध्रौं नम्बरबारे फोब्र्सले भनेको छ, भारतका नयाँ रकस्टार बलीवुडबाट नभई आम चुनावमा भारी जीतका साथ कार्यभार सम्हाल्ने नवनिर्वाचित प्रधानमन्त्री हुन् ।
imagekhabar.com
तपाईं आफ्नो मरिसकेका आफन्त अथवा निकै प्रिय व्यक्तिको सम्झनामा के गर्नुहुन्छ ? सामान्यतया, धेरैजसो मानिसहरुले आफ्नो प्रिय व्यक्तिको सम्झनामा उनको फोटो अथवा केहि सामानहरु सधैँ आफूसँगै राख्ने गर्दछन् । नेपाली संस्कार अनुसार मृत्यु भएको मानिसलाई जलाउने गरिन्छ । जलाइसकेपनि ती व्यक्तिको अस्तु भोलीपल्ट बिहान नदिमा नै सेलाउने चलन हुन्छ । तर स्विटजरल्याण्डमा भने मरिसकेको मानिस जलाइसकेको खरानी प्रयोग गरेर निकै चमकदार हिरा बनाउने पाइएको छ ।
स्विटजरल्याण्डमा अवस्थित अल्र्गोडान्जा नामक एक कम्पनीले मरिसकेको मानिस जलाइसकेपछि प्राप्त हुने खरानीको उपयोग गर्दै हिरा बनाउने गरेको छ जसलाई मानिसहरुले आफ्नो जीवनरहुञ्जेल साँचेर राख्ने गर्दछन् । उक्त खरानीलाई उच्च तापमानमा खाँदेर हिरा बनाउने काम गरिन्छ । मानव रचित त्यो हिरालाई मानिसहरुले लगाउन पनि सक्छन् ।
हिरा बनाउन उक्त कम्पनीले लामो प्रक्रिया पालना गर्ने गर्दछ । रासायनिक प्रक्रियामार्फत मानिसहरुको खरानीबाट कार्बन निकाल्ने काम गरिन्छ । त्यसपछि उक्त कार्बनलाई ग्राफाइटमा परिवर्तन गर्न उच्च तापमान दिइन्छ । त्यसपछि उक्त ग्राफाइटलाई पनि २,७०० डिग्रि फरेनहाइटको तापमान दिइन्छ । खरानीमा उपलब्ध बोरोनको आधारमा हिराको रंग सेतोदेखि गाढा निलो रङ हुने गर्दछ । त्यस्ता हिराको मूल्य चार लाख चालिस हजार नेपाली रुपैयाँदेखि सुरु हुने बताइएको छ । (एजेन्सी)
www.ratopati.com
कार्तिक १२, एजेन्सी
फिफाले सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप फुटवलको आधिकारिक लोगो अन्तरिक्षबाट सार्वजनिक गरेको छ । रुसी अन्तरिक्ष केन्द्रबाट गएको क्यापसुलभित्रका तीन अन्तरिक्ष यात्रीले रुस विश्वकपको लोगो हिजो सार्वजनिक गरेका हुन् ।
त्यस लगत्तै मस्कोमा भव्य समारोह आयोजना गरेर रुस विश्वकप यात्रा शुभारम्भ भएको घोषणा गरिएको थियो । कार्यक्रममा फिफा अध्यक्ष सेप ब्लाटर, स्थानीय आयोजक कमिटिका अध्यक्ष भित्ले मुत्को र सन् २००६ का विश्वकप विजेता टोली इटालीका क्याप्टेन फाबियो कानभारोको उपस्थिति थियो । आगामी जुन र जुलाईमा रुसका ११ शहरमा यस्तै कार्यक्रम आयोजना गरिने भएको छ ।
फिफा अध्यक्ष सेप ब्लाटरले पछिल्लो समय सम्बन्ध चिसिएका रुस र युक्रेनलाई विश्वकपमा छनोट भए एउटै समूहमा नराखिने स्पष्ट पारेका छन् । पूर्वी युक्रेनमा सक्रिय रुसी पृथकतावादीलाई मस्कोले सघाएको भन्ने आरोप लगाएपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ ।
radiokantipur.org
(एजेन्सी) आन्तर्राष्ट्रिय स्पेस स्टेसनमा चाहिने सामग्री बोकेको मानवरहित रकेट अमेरिकाको भर्जिनिया राज्यमा प्रक्षेपणकै दौरान विस्फोट भएको छ ।
ओरबिटल साइन्स कर्पोरेसनले तयार गरेको १४ तले अन्टारेस रकेट समुद्रको छेउमा रहेको वालोप फ्ल्याइट फसिलिटीको लञ्च प्याडबाट उडेको केही सेकेण्डमा नै विस्फोट हुँदै आगोको लप्कामा परिणत भएको थियो ।
के कारणले उक्त रकेट दुर्घटना भयो भन्ने कुराको अझै पत्ता लागेको छैन ।
सोमबार नै उक्त रकेटलाई प्रक्षेपण गर्ने भनिए पनि त्यस आसपासका क्षेत्रमा जहाजहरु भएपछि त्यसलाई एक दिन ढिला सरिएको थियो ।
रकेटले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा रहेका ६ अन्तरक्षियात्रीहरुका लागि ५ हजार पाउण्ड (२२ सय केजी) बराबरको सामग्री लाने तयारी गरिएको थियो ।
ओरबिटल साइन्सेसका कार्यकारी उपाध्यक्ष फ्रांक कलबर्टसनले दुर्घटनाको बारेमा अध्ययन भएको जानकारी दिएका छन् । ‘यस्तो घटना यस क्षेत्रमा पहिले पनि भएको हो । यसबाट हामी फेरि उठ्ने छौं,’ उनले भने ।
काठमाडौं, कार्तिक १२ । अमेरिकाको भर्जिनियास्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रक्षेपणका क्रममा एउटा अन्तरिक्ष यान विस्फोट भएको छ । एन्तारास ए फोर्टिन नामको उक्त यान समुद्री किनाराबाट प्रक्षेपणलगत्तै विष्फोट भएको जनाइएको छ ।
उक्त यानमा ६ जना अन्तर्राष्ट्रिय अन्तरीक्ष यात्रीका लागि चाहिने पाँच हजार पौण्ड खाद्य सामग्री बोकेको थियो । के कारणले विष्फोट भएको चाँडै पत्ता लगाइने यान निर्माणकर्ता ओर्बिटल साइन्स कर्पोरेशनले जनाएको छ । घटनामा कोही पनि घाइते भएका छैनन् ।
imagekhabar.com
काठमाडौं,कात्तिक १२ – सरकारले वैदेशिक रोजगारीका लागि उज्वेकिस्तान खुला गरेको छ ।श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मन्त्रीस्तरीय निर्णय गरी म्यानपावर एजेन्सीमार्फत निःशुल्क उज्वेकिस्तान खुला गरेका हुन् । श्रम तथा रोजगार मन्त्रालयले उज्वेकिस्तानमा कामदार पठाउन राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।
यससँगै नेपालका श्रम गन्तव्य मुलुक ११० पुगेका छन् । एसओएस म्यानपावरले उज्वेकिस्तानका लागि माग ल्याइसकेको छ । उसले कोरियाली निर्माण कम्पनी सामसुङको स्काफोल्डिङ कामका लागि मासिक पारिश्रमिक ३ सय ५० डलर (३५ हजार रुपैयाँ)मा माग ल्याएको हो । मागबमोजिम कामदारले दैनिक ८ घण्टाका दरले सातामा ५ दिन काम गर्नुपर्छ ।
रोजगारदाता कम्पनीले कामदारको मृत्यु भए ३० हजार डलर (करिब ३० लाख रुपैयाँ)को बिमा र अपांगता भए १५ हजार डलर (१५ लाख रुपैयाँ )क्षतिपूर्ति दिने सम्झौता गरेको छ । मौसमका हिसाबले उज्वेकिस्तानमा धेरै चिसो छ । मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग छलफल गरी म्यानपावरले कामदारलाई निःशुल्क उज्वेकिस्तान पठाउन सक्ने बताए । कस्तो राष्ट्र हो उज्वेकिस्तान ? उज्वेकिस्तान क्षेत्रफलको हिसाबले ५६ औं ठुलो र भुपरिवेष्ठित मुलुक हो ।
यसको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम माइनस २३ डिग्री सेल्सियस हुन्छ । मानवअधिकारमा उ अब्बल मानिन्छ । सुन परिमाणको हिसाबले चौथो र ग्यास उत्पादनमा ११ औं ठुलो मुलुक पनि हो । त्यहाँ प्रतिव्यक्ति आम्दानी १ हजार ९ सय डलर छ । बढीजसो लगानी तामा,सुन,तेल र सुनचाँदी उत्खनन्मा छ । ९० प्रतिशतभन्दा बढी मानिस मुस्लिम धर्म मान्छन् । आजको कारोबार दैनिकमा खबर छ ।
www.ratopati.com
चीनको युनान प्रान्तमा मङ्गलबार पहिरोमा परी नौ व्यक्तिको मृत्यु भएको छ ।
भारी बर्षापछि आएको सो पहिरोमा परी ती व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रान्तीय राजधानी कुन्मिङ्ग सहरको डोङ्गचुआन जिल्लाको सिआओसिन गाउँमा स्थानीय समयाअनुसार मङ्गलबार ११ बिहान सो पहिरो गएको बताइएको छ । पहिरो प्रभावित सो स्थानमा उद्धार कार्य जारी रहेको बताइएको छ ।
डुङ्गा दुर्घटानमा आठको मृत्यु
गुआङ्गजोउ (चीन), दक्षिणी बचीनशको गुआङ्गडोङ्ग प्रान्तको तटीय क्षेत्रमा मङ्गलबार भएको डुङ्गा दुर्घटनामा आठ व्यक्ति वेपत्ता भएको सामुद्रिक अधिकारीहरुले जानकारी दिएका छन् ।
सो डुङ्गामा सवार रहेका ११ जना चालक दलका सदस्यहरुलाई भने मङ्लगलबार अपरान्ह १ बजे उद्धार गरिएको र अन्य आठ जना बेपत्ता रहेका प्रान्तीय खोजी र उद्धार केन्द्रले जनाएको छ ।
सो केन्द्रका उप निर्देशक जुआङ्ग जेपिङ्गले बेपत्ताको खोजीकार्य जारी रहेको बताउनु भएको छ ।
यस अघि भएको एक अर्को कार्गो दुर्घटनामा १२ जना चालकदलका सदस्यलाई उद्धार गरिएको सामुद्रिक अधिकारीहरुले जनाएका छन् । रासस ÷सिन्ह्वा
nepaliheadlines.com
एजेन्सी । बेलायतमा गत साल एक युवकले आफ्नो यौन इच्छा पूरा गर्न बाख्राको प्रयोग गरेको अनौठो समाचार आयो । उनलाई पछि बाख्रासंग यौन सम्पर्क गरेको आरोपमा सुनाइएको सजाय झन् अच्चम लाग्दो थियो ।
जनावरसँग यौन सम्बन्ध राख्ने आरोपीलाई कैद तथा जरिवाना सजाय दिने गरिन्छ । तर २३ वर्षको रोबर्ट न्युमेन नामको यस युवकलाई भने अदालतले अनौठो सजाय दियो ।
बेलायतको एक अदालतले बाख्रासँग नाजायज सम्बन्ध राखेकोलाई खतरनाक मान्यो र अदालते उनलाई कुनैपनि बाख्रा फर्ममा जानका लागि निषेधको सजाय सुनाएको थियो ।
अदालतमा रोबर्टले अपराध स्वीकारेका थिए । उनले विलटशायर फर्मको बाख्रासँग यौन सम्बन्ध कायम गरेका थिए ।
www.nepalsandesh.com
अमेरिकाको हवाइस्थित केबिग टापुमा ज्वालामुखी फुटेर आगोको खोलो बग्न थालेको छ । किलवेया ज्वालामुखी विष्फोट भएर ३० फिट प्रति घण्टाको रफ्तारमा बग्न थालेको हो ।
यसको गति तिव्र रहेका कारण २ दिनमा घर तथा बस्ती भएको स्थानमा आइपुग्ने खतरा छ ।
अमेरिकी भू-वैज्ञानिकहरुले अहिले यो ज्वालामुखी बस्तीबाट १ दशमलव ५ किलोमिटर टाढा छ ।
स्थानीय बासिन्दालाई घर छोड्ने सल्लाह दिइएको छ ।
यो ज्वालामुखी २७ जुन देखि बग्न थालेको हो । यो ६ लाख वर्ष पुरानो ज्वालामुखी मानिएको छ ।
nepaliheadlines.com
(एजेन्सी) पपका राजा भनेर चिनिने माइकल ज्याक्सन मरेको पाँच वर्ष भइसक्यो तर पनि उनी अहिले पनि अर्बौं रुपैयाँ कमाउने गरेको चर्चित पत्रिका फोब्र्सले जारी गरेको रिपोर्टले देखाएको छ ।
उक्त पत्रिकाका अनुसार सन् २०१४ मा माइकल ज्याक्सन १४० मिलियन डलर (लगभग साढे १३ अर्ब नेपाली रुपैयाँ) कमाउँदै शीर्ष स्थानमा रहन सफल भए ।
सन् २०१३ मा सर्वाधिक आम्दानी गरेका एल्भिस प्रिस्लेलाई लगभग दोब्बर कमाईले पछि पार्दै माइकलले यस वर्ष शीर्ष स्थान हासिल गर्न सफल भएका हुन् ।
उनको मृत्यु पछि रिलिज गरिएको एल्बक एस्केपले गर्दा उनको आम्दानीमा यत्रो वृद्धि भएको हो । दोस्रो स्थानमा रहेका एल्भिसले ५० मिलियन डलर आम्दानी गरे ।
तेस्रो स्थानमा ४० मिलियन डलरको कमाई सहित कमिडियन चाल्र्स सल्ज रहन सफल रहे ।
चौंथो र पाँचौं स्थानमा २५ मिलियन र २० मिलियन डलर कमाई सहित एलिजावेथ टेलर र बब मार्ली रहे ।
टेलरको सन् २०११ मा मृत्यु भएको थियो भने मार्ली ३६ वर्षको उमेरमा सन् १९८१मा संसारबाट बिदा भएका थिए ।
बिटलका गायक जन लेनन जम्मा १२ मिलियन डलर कमाउँदै सातौं स्थानमा रहन सफल भए ।
फोब्र्सको सूचीमा सामेल गरिएका १३ सेलिब्रेटीहरुले गत वर्ष ३६३.५ मिलियन डलर कमाएका थिए
www.ratopati.com/2014/10/27/
काठमाडौं, कार्तिक १० । भारतमा शक्तिशाली आँधी नीलोफर आउन सक्ने भन्दै सबैलाई सचेत रहन चेतावनी दिइएको छ । भारतीय मौसम विभागले पश्चिमी तटतिर अघि बढिरहेको नीलोफर आँधीले २४ घण्टा भित्रमा भीषण रुप लिन सक्ने भन्दै सबैलाई सचेत रहन चेतावनी दिएको हो ।
नीलोफर आँधीका कारण सबैभन्दा पहिले गुजरात र महाराष्ट्रमा भारी बर्षा हुने र पछि विस्तारै भारतभर फैलन सक्ने भारतीय मौसम विभागको अनुमान छ ।
मौसम विभागले चेतावनी दिएपछि सर्वसाधारणमा भने त्रास फैलिएको छ । यस आँधीको प्रभाव नेपालमा पनि पर्नसक्ने बताइएको छ । तर नेपालको मौसम विभागले भने यसबारे केही जानकारी गराइसकेको छैन ।
imagekhabar.com
कोलम्बिया : विश्वविख्यात कोलम्बियाली पपस्टार साकिरा पुन: आमा बन्ने भएकी छन्। यस वर्षको फिफा वल्र्ड कप समापनमा गीत गाएदेखि नै उनी गर्भवती भएको चर्चा चले पनि साकिराले कुनै प्रतिक्रिया दिएकी थिइनन्।
तर दोस्रो सन्तानको आमा बन्न लागेको र आफू त्यसका लागि उत्साहित भएको उनी स्वयम्ले पुष्टि गरेको समाचारस्रोतले जनाएको छ। उनी फुटबलर प्रेमी गेरार्ड पिकेबाट दोस्रो बच्चा जन्माउने तयारीमा छिन्।
'पिकेले मेरो व्यक्तिगत जीवनमा निकै ध्यान दिने गरेको छ', साकिराले भनेकी छन्, 'म हरेक काम गर्नुभन्दा अगाडि पिकेलाई सोध्ने गर्छु। रिहानासँग कान्ट रिमेम्बर टु फरगेटमा काम गर्दा पनि पिकेसँग अनुमति लिएकी थिएँ।' पिकेबाट साकिराले सन् २०१३ मा पहिलो सन्तानलाई जन्म दिएकी थिइन्।
पतिले साकिरालाई अन्य पुरुषको साथ भिडियोमा काम गर्न नचाहेकाले पछिल्लो समय भिडियोमा नआएको जनाएकी छन्। पिकेभन्दा अगाडि उनी एन्टोनियो डिलारौसँग ११ वर्षे लामो सम्बन्धमा रहिन्। सन् २०११ को एन्टोनियो र साकिराको ब्रेकअप भएपछि पिकेसँग उनी लिभिङ टुगेदरमा रहेकी छन्।-एजेन्सी
http://annapurnapost.com
काठमाडौँ। हुदहुद नामको सामुद्रिक आँधीको प्रभाव सकिएको एक हप्ता नबित्दै त्यत्तिकै खतरायुक्त नयाँ आँधी आउन लागेको अनुमान गरिएको छ ।
अरबियन सागरमा हुदहुद जस्तै अबको १२ घण्टामा आउने त्यसले आँधीको रूप लिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नयाँ आँधीको नामाकरण भने यस पटक पाकिस्तानले गर्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । अघिल्लो हुदहुदको नाम ओमनले राखेको थियो । समुद्रको पिँधमा भू–कम्पका कारण आँधी उत्पन्न भएपछि जापानले केही वर्ष पहिले ‘सुनामी’ को नाम दिएको थियो ।
सामुद्रिक किनारमा रहेका विभिन्न मुलुकले आँधीको नाम पालैपालो राख्ने प्रचलन रहँदै आएको छ ।
अरबियन सागरमा हुदहुद जस्तै नयाँ आँधी सिर्जना हुँदैछ । भारतको मध्य प्रदेशभन्दा तल्लो भागबाट नेपालको पूर्वी भागमा यसको असर देखिएको छ, जसका कारण नेपालमा हिजोदेखिनै मौसम बदली भएको छ, आज पनि मौसम बदली भई काठमाडौँलगायत देशका विभिन्न भेगमा पानी परेको छ’ मौसमविद् अर्यालले भन्नुभयो ।
उहाँले सामुिद्रक आँधीको प्रभावले मौसम बदली भई केही दिन पानी पर्ने र नेपालमा कात्तिक १३ र १४ गते आँधीको बढी प्रभाव पर्ने अनुमान गरिएको उल्लेख गर्नुभयो ।
उक्त समयमा उच्च हिमाली भेगमा हिमपात हुनुका साथै जाडो पनि बढ्ने बताइएको छ ।
मौसमविद् अर्यालका अनुसार आँधीले भारतको पश्चिमी क्षेत्रका गुजरात र राजस्थानमा बढि प्रभाव पार्नेछ, भने नेपालका मध्यपूर्वी र पश्चिमी भेगमा निकै प्रभाव पार्ने अनुमान गरिएको छ ।
पश्चिमी वायुको प्रभावका कारण देशभरका पहाडी भेगमा आज मौसम बदली भई हल्का वर्षासमेत भएको महाशाखाले जनाएको छ ।
महाशाखाको विवरणअनुसार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २५.२ र न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको छ भने काठमाडाँैमा १.८ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौं, कार्तिक १० । दक्षिण अफ्रिकाको फुटवल टीमका कप्तानको गोली हानी हत्या गरिएको छ । दक्षिण अफ्रिकाली टीमका लागि गोलकीपरसमेत रहेका सेनजो मेयीवाको हत्या उनकै गर्लफ्रेण्डको घरमा गरिएको हो ।
घटना जोहानसवर्गको दक्षिणमा रहेको वोसलूरुसस्थित प्रेमीको घरमा प्रहरीले जनाएको बीबीसीमा खबर छ । २७ वर्षीय सेन्जो मेयीवा ओरलांडो पाइरेट्सका तर्फबाट खेल्ने गर्दथे । हत्या कसरी कस्ले गर्यो भन्नेबारे विस्तृतमा खुलेको छैन ।
http://imagekhabar.com/samachar
मानिस जन्मनसाथ कोहि पनि धनी र सुखी हुदैन् उसले गर्ने काम र व्यवहारले नै भोलीको उ खुसी र धनी व्यक्ति हुन्छ । हामीले ठुला पर्दामा देखेका कलाकारहरुको अबस्था पनि पहिला निकै र्ददनाक छ । त्यहि भिडका बलिउड स्टार हुन शाहरुख खान । कुनै दिन भाडामा एउटा फ्ल्याट लिएर बसेका शाहरुख खान अहिले उनी २०० करोड पर्ने महलको मालिक छन् ।
मुंबईको कार्टर रोड स्थित सी फेसिंग श्री अमृत अपार्टमेंटको ७ औं तल्लामा उनले एउटा फ्ल्याट डेरामा लिएर बसेका थिए । सो फ्ल्याटमा ३ वटा मात्र बेडरूम थियो । अहिले शाहरुख खानले दुबईमा आफ्नो नया प्रोजेक्ट रोयल एस्टेट्स बाय शाहरुख खान शुरु गरेका छन् । ३,८३८ करोड भन्दा बढिको निकै महंगो प्रोजेक्टमा शाहरुख खानले पैसा लगाउदै छन् ।
कुनै दिन पैसा नभएर भोकै समेत सुतेका शाहरुख खानले यस प्रोजेक्टको २३ लाख वर्ग फिटमा लुम्बईको इन्वेस्टमेंट पार्कमा शाहरुखले हाउजिंग कम्युनिटी डेवलप गर्ने भएका हुन् । यो भनिरहदाँ तपाईहरुलाई लाग्न सक्छ शाहरुख खानले यो के मा लगानी गर्दै छन् भन्ने तर शाहरुख खानले अब नयाँ घर बनाउदै छन् । र उनले यति धेरै लगानी गर्देछन् त्या घरमा । हाल पनि उनी सगँ निकै महंगो पर्ने घर छ । उनको घरको नाम हो सिग्नेचर । दुबईमा बनिरहेको उनको घरमा ६ वटा बेडरुम रहेको छ । जो कुल ८,५०० स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । यस घर पुरै १४,००० स्क्वेयर फिटमा निर्माण भएको छ । यस घरको मुल्य करिब २०० करोड भन्दा माथिको छ । यो ८०० फुटबल मैदानको बराबार शाहरुख खानको एउटा घर रहेको छ।
के मृत्युपछि जीवन हुन्छ ? यो रहस्यमय रहेको छ । वैज्ञानिकहरु यो रहस्य पत्ता लगाउनेको नजिक भने पुगिसकेका छन् । मत्युपछि पनि चेतना हुने एक अनुसन्धानमा पाइएको छ ।
यसको अर्थ मृत्यु भएको भनिएका व्यक्तिले वरपर के भइरहेको छ भन्ने थाहा पाएको पाइयो । बेलायतको साउथ एम्पटन युनिभर्सिटीका वैज्ञानिकले निकै रोचक अनुसन्धान गरेका छन् । यसमा बेलायत, अमेरिका र अस्ट्रियाका १५ अस्पतालमा भर्ना तीन सय ३० जनाको अध्ययन भएको छ ।
उनीहरुलाई हृदयघात भएको थियो । त्यसको केही मिनेटपछि उनीहरुको मृत्यु भएको थियो तथा क्लनिकली डेथ भएको थियो । तर, उनीहरुलाई मृत्युपछि वरपर के भइरहेको थियो भन्ने पूरा जानकारी भएको पाइयो ।
उनीहरु शरीरबाट बाहिर थिए, तर चेतना जागृत अवस्थामा थियो । वैज्ञानिकहरुले क्लिनिकली डेथ भएर ब्युझिएकाहरुले अनुभव गरेका विषयमा अध्ययन गरेका हुन् ।
एजेन्सी । हिजोआज चीनको एउटा भिडियो इन्टरनेटमा भाइरस जस्तै फैलिरहेको छ । यो भिडियोमा केही चिनियाँ युवतीहरुलाई उनीहरुको ‘सेवा’ सुधार्न प्रोस्टिच्युसन कोर्स (वेश्यावृत्तिसम्बन्धी तालिम) दिइरहेको देखाइएको छ । करिब दुई मिनेटको यो भिडियो क्लिपमा कालो रंगको प्रोफेसनल सुट र सेतो सर्ट लगाएकी एक जना इन्स्ट्रक्टरले सहभागी युवतीहरुलाई आफ्नो व्यवसाय बढाउन सामाजिक सञ्जालको प्रयोग गर्न सुझाएकी छन् ।
‘चाइनिज
ट्विटर प्रयोग गरेर तपाईं धनी ग्राहक पाउन सक्नु हुन्छ । यति मात्र होइन तपाईं बेकारका ग्राहकबाट पिछा छोडाउन समेत सक्नु हुन्छ ।’ उनले भनेकी छन् । इन्टरनेटमा चुहावट भएको भनिएको यो भिडियोमा तालिम दिने युवतीले केही प्राक्टिकल टिप्स पनि दिइरहेकी छन् । उनका अनुसार यो टिप्सबाट ती युवतीले आफ्ना ग्राहकको संख्या बढाउनुका साथै धेरै पैसा पनि कमाउन सक्ने बताएकी छन् । यसमा करिब एक दर्जन युवतीलाई एउटा सानो कक्षा कोठामा उच्च घरानाका ग्राहक फसाउने टिप्सहरु सुनिरहेको देखाइएको छ ।
यो भिडियोको आधिकारिकता भने हालसम्म पुष्टी भएको छैन । तर युकु, सोही र युट्युब जस्ता भिडियो सेयरिङ साइट्मा यो तीव्र गतिमा फैलिरहेको छ । यो भिडियो कुनै छात्राले आफ्नो फोनबाट रेकर्ड गरेको देखिन्छ । ‘ग्राहक फेला पार्न तपाईं मोमो वा विच्याट वा विबो चलाउन सक्नु हुन्छ,’ ती शिक्षिकाले भनेकी छन्, ‘तपाईंले ग्राहकसँग भावनात्मक कुराकानी समेत गर्नुपर्ने हुनसक्छ ।’ भिडियोको करिब आधाआधीमा एक जना सहभागीले उनीहरुलाई पढाइएको पावरप्वाइन्ट पाउन सक्नु कि भनी सोध्दा उनले ‘कक्षापछि उपलब्ध गराउने’ बताएकी छन् ।
त्यसपछि उनले विद्यार्थीलाई इन्टरनेटमा आकर्षक फोटो आवश्यक पर्ने बताएकी छन् । ‘यी युवतीलाई हेरौं,’ भित्तामा प्रोजेक्ट गरिएको तस्बिर देखाउँदै उनले भनेकी छन्, ‘उनको मेकअप निकै राम्रो छ । मेकअपले उनलाई जवान र आकर्षक बनाएको छ । उनका आँखा राम्रो छन् र मुस्कान मिठो छ । उनका आँखा उनको आत्माको ढोका हुन् ।’ चीनमा यौन व्यवसायलाई अवैधानिक मानिन्छ तर यहाँका सहरी क्षेत्रमा वेश्यावृत्ति तीव्र गतिमा फैलिरहेको छ ।
चीनमा ६० र ७० को दशकमा भएको सांस्कृतिक क्रान्तिपछि यौन व्यवसायमाथि प्रतिबन्ध लगाइएको थियो । तर बढ्दो आर्थिक विकास र सहरमा पश्चिमी संस्कृति फैलिएका कारण यहाँ देह व्यापारले प्रसय पाउन थालेको हो । हाल चीनका साना सहरमा समेत रेड लाइट एरिया छन् ।
यहाँसम्म कि पर्यटकलाई उनीहरुको होटेलमै यौन सेवा पुर्याउने व्यवस्था समेत छ । चीनमा सेक्स टोयको उद्योगको विकास पनि भइरहेको छ । विशेषज्ञहरुका अनुसार संसारमा प्रयोग हुने करिब ७० प्रतिशत सेक्स टोय चीनमै उत्पादन हुन्छन्
nepaliheadlines.com
एजेन्सी । आफ्नै घरको कुकुरले मालिकलाई टोकेको त सुनेकै हो तर आफूले ने पालेको ऊँटले मालिकको हत्या गरेको समाचार विरलै सुन्न पाइन्छ ।
मेक्सिकोमा यस्तै एक घटना भएको छ । तिर्खा लागेको झोंकमा एक ऊँटले मालिकलाई लात्ती हानेर र टोकेर मारेको हो । यसरी आफ्नै ऊँटको शिकार भएका हुन्, अमेरिकी नागरिक रिचर्ड मिलेस्की ।
तिर्खा मेटिनेगरी पेयपदार्थ कोकाकोला नदिएको झोंकमा ऊँट मालिकलाई लडाएर उनको शरिमाथि गएर बसेको थियो । रिचर्डले हरेक दिन ऊँटलाई कोकाकोला दिने गरेका तर त्यसदिन दिएका थिएनन् ।
कोकाकोला खान नपाएपछि वन्यजन्तु पार्कमा रहेको सो ऊँट रिसाएका थिए । सोही समयमा रिचर्ड ऊँटमाथि चढ्न खोज्दा लात्ती खाएका थिए ।
http://www.nepalsandesh.com