डा. भगवान कोइराला (वरिष्ठ मुटुरोग विशेषज्ञ) -
धूमपान वा सुर्तीजन्य पदार्थ सेवनले हुने बेफाइदाबारे समाजमा धेरै चर्चा भइसकेको छ । अब त्यसबारे चर्चा गरेर बस्नेभन्दा त्यसलाई नियन्त्रण गर्ने विषयलाई मनन गर्ने र व्यवहारमा उतार्ने चरण हो । तर, पनि प्रसंग त्यही आउँछ । छोटकरीमा भन्नुपर्दा सुर्तीजन्य पदार्थले खराब असर नपुर्याउने हाम्रो शरीरमा कुनै पनि अंग छैन । अहिले विभिन्न सञ्चारमाध्यममा पनि धूमपानबारे सचेतनासम्बन्धी सूचना आई नै रहेका छन् ।
धूमपानको असर सात सेकेन्डभित्र दिमागमा पुगिसक्छ । धूमपानले तत्काल नमर्ने हुनाले हामी यस्तो गम्भीर कुरा बेवास्ता गरिरहेका छौँ । तर, यसको असर चाहिँ तत्काल पर्छ । तथापि, मनन पनि बिस्तारै भइरहेको छ । तत्कालदेखि दीर्घकालीन असरसम्म हेर्दा यसले सबै अंगलाई गाँज्छ । नेपालमै पनि नसर्ने रोग भनेर जसरी भनिन्छ, त्यो शब्दावली नै परिवर्तन गर्नुपर्ने भएको छ । नसर्ने भनेपछि मानिस आफूलाई सर्ने होइन, अर्कोलाई लागेको त हो नि भनेर ढुक्क भएको पाइयो । नसर्नेभन्दा पनि यसलाई रोक्न सकिने रोग वा ज्यानमारा रोग वा त्यस्तै अन्य केही नाम राख्नु पर्ला भन्ने लाग्छ । किनकि यो रोग लतको कारण लाग्ने हुनाले लत सर्छ वा यसको कारकतत्त्व सर्ने भएकाले नसर्ने भन्नु त्यति ठीक होइन भन्ने लाग्छ । यो नसर्ने भन्दा पनि अर्कै तरिकाले सर्ने रोग हो ।
उदाहरण प्रस्तुत गर्नुपर्दा, हृदयाघातको प्रमुख कारण धूमपान हो । नेपालमा १९९१ मै ५१ प्रतिशत मानिस नसर्ने रोगबाट मर्ने गरेको तथ्यांक छ । अहिले नयाँ तथ्यांक आयो भने त्योभन्दा धेरै बढेको हुनुपर्छ । नसर्ने रोग मुख्य चारवटा कारणले हुन्छ : मोटामोटी सबैजसो क्यान्सर, किड्नी फेल, हर्टअट्याक, दमलगायत रोगको मुख्य चारवटा कारणमा धूमपान, अत्यधिक मदिरा सेवन, कसरतको कमी र अस्वस्थ, अति वा अतिकम खाना । त्यसमध्ये नम्बर एक कारण चाहिँ धूमपान नै हो ।
धूमपानको असर बहुआयामिक छ । हर्टअट्याकको प्रमुख कारण नै यो हो । म गंगालालमा निर्देशक हुँदै सार्वजनिक गरिएको एउटा तथ्यांक थियो, जसमा ५० वर्षभन्दा कम उमेरमा हर्टअट्याक भएकाहरूमा सबैजसो नै धूमपान गर्ने थिए । युवा उमेरमा हुने हर्टअट्याक ९८ प्रतिशत धूमपानकै कारण हुने हो । त्यसबाहेक ४० वर्षभन्दा मुनिमा हर्टअट्याकको प्रतिशत २० छ । अर्थात् पाँच भागको एक भाग ४० वर्षभन्दा मुनिका हर्टअट्याक बिरामी छन् ।
धूमपानले मानिसको अनुहार बिगार्नेदेखि लिएर दम हुने अर्थात् फोक्सोमा समस्या निम्त्याउँछ । यो पित्तथैली, प्यानक्रियाजलगायत धेरै प्रकारका क्यान्सरको पनि कारण हो । यसले बाँझोपनासमेत ल्याउँछ । आँखाको ज्योति कम गर्छ । पश्चिमा देशमा पारिवारिक विच्छेदको कारणमध्ये एक धूमपान बनेको छ । धेरै धूमपान गर्नेको खुट्टा कुहिने समस्या आउँछ । रक्तसञ्चार नपुगेर त्यसो हुने हो । मैले हजारौँको संख्यामा खुट्टाका नलीको बाइपास गरेको छु । खुट्टाका नसा सुकेपछि बाँसजस्तो हुन्छ । हेर्दा फोक्सोमा धुवाँ तानिन्छ तर खुट्टासम्म जल्छ । जीवनभर प्यारालाइसिस भएर बस्नुपर्नेसम्म हुन सक्छ ।
अब यी कुरा भनिरहने वेला गयो । काम गर्ने वेला हो यो । भन्नेहरू आफैँ अब एक्सनमा उत्रिनुपर्यो । यो ठूलो सार्वजनिक स्वास्थ्यको विषय हो । मन्त्रीज्यूले यो क्षेत्रमा काम पनि गर्नुभएको छ । तर, नतिजा त आउन सकेको छैन नि † धुवाँको हानि कति हुन्छ भने हामीले यहाँ चुरोट खायौँ भने हामी यहाँबाट गइसकेपछि यहाँ आउने मानिसलाई समेत हानि गर्छ । सेकेन्ड ह्यान्ड र थर्ड ह्यान्ड धूमपानले समेत हानि गर्छ । धूमपान गर्नेसँगै बस्नेलाई त भयो भयो पेटमा भएको बच्चालाई समेत हानि गर्छ । त्यो बच्चाको के पाप थियो जन्मिनुभन्दा पहिले नै अस्वस्थ हुनलाई ?
विज्ञापनले धूमपानलाई फरक पार्छ । यो सकारात्मक र नकारात्मक दुवै हुन्छ । अमेरिकामा फिल्म स्टारले चुरोट खाएको देखाएपछि जहाँ–जहाँ त्यस्तो फिल्म धेरै देखाइयो, त्यस क्षेत्रका बालक र किशोरले बढी धूमपान गरे । रेडियो, टिभी र पत्रिकाले धूमपान घटाउन सहयोग गरेका छन् । त्यो पनि सही छ । धूमपानविरोधका अभियन्ताले जति बढी विज्ञापन गर्नुहुन्छ, त्यति बढी प्रभाव पर्छ ।
कर्मचारीले भन्न सक्दैनन् । तर, म भन्न सक्छु । सुर्तीजन्य पदार्थमा चेतनामूलक तस्बिर राख्ने विषयमा हाम्रै मन्त्रालयका पदाधिकारीले ऐन निर्माण गर्न ढिलासुस्ती गरेका थिए । अझ भनौँ गर्नै चाहेका थिएनन् । नियमावली पास गराउन लटरपटर गरेर महिनौँ फाइल अड्काइएकै हो । सरकारले जनकपुर चुरोट कारखाना बन्द गराउन ढिलाइ गरेकै हो । सरकारले चुरोट बनाएर मृत्यु बेच्न त भएन नि मन्त्रीज्यूसँग हामीले यस विषयमा कुरा पनि गरेका छौँ । अहिले धेरै कुरो करेक्सन भइसकेको छ । कर बढाउँदा धूमपानको मात्रा घट्छ भन्ने तथ्यांक छ विश्वमा । होइन जसरी पनि खान्छन्, घर बेचेर पनि खान्छन् भनेर भन्नेहरू पनि छन् । तर, त्यसो होइन । फरक पर्छ । दुनियाँमा परेको छ । हामीकहाँ पनि पर्छ । enayapatrika.com

नपत्याइँदो हिसाबले मान्छेका मृगौलामा समस्या देखिन सक्छन् । जस्तो, सर्लाहीका रामकिशन महतो, ३२ लाई भयो । उनलाई छिनछिनमा पिसाब लाग्ने समस्या देखियो । अनुहारसमेत सुिनन थालेपछि बल्ल उनी उपचार गर्न गए । सामान्य जाँचपछि नै चिकित्सकले उनको मृगौला फेल भएको हुनसक्ने अड्कल काटे । थप परीक्षणपछि परिणाम पनि त्यस्तै आयो । उनलाई चिकित्सकले काठमाडौं शिक्षण अस्पताल रिफर गरे । अहिले महतोले हप्तामा दुई पटक डाइलसिस गराइरहेका छन् । ३२ वर्षको उमेरसम्म कुनै शारीरिक लक्षण नदेखिए पनि चिकित्सकले उच्च रक्तचापका कारण उनको मृगौला फेल भएको बताएका छन् ।
सामान्य लक्षण देखिए पनि ओछ्यान नपर्दासम्म ‘मलाई केही भएको छैन’ भन्दै ढुक्क हुनेहरू जब एक्कासी रोगले च्यापेपछि मृगौलाले काम गर्न छोडिसकेको चाल पाउँछन् तब उनीहरूसँग पछुताउनुको विकल्प रहन्न । जीवनका प्रत्येक दिनलाई पैसासँग साटेर औषधिको भरमा टिकाउनुपर्ने अवस्था रहन्छ ।
शरीरको महत्वपूर्ण अङ्ग मृगौलाले काम गर्न छोडेपछि उपचार जति महँगो र झन्झटिलो छ त्यो भन्दा धेरै गुणा सजिलो छ यसको पहिचान र समयमै उपचार । सामान्य परीक्षणले मृगौलाको अवस्था थाहा हुने र समयमै उपचार सजिलो भए पनि मृगौला रोगीको सङ्ख्या भने दिनानुदिन बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर १० प्रतिशत मानिस मृगौला सम्बन्धी समस्याबाट ग्रस्त छन् । सोही आँकडालाई आधार मान्ने हो भने, नेपालमा पनि करिब २७ लाखलाई मृगौला सम्बन्धी कुनै न कुनै समस्या भएको अनुमान गर्न सकिन्छ । तीमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजारको मृगौला बिग्रिने गरेको छ भने प्रत्येक वर्ष दुई हजार सात सयको मृगौला पूर्ण रूपमा फेल हुन्छ ।
आधुनिक जीवनशैली, खानपान, व्यस्तता, तनाव आदिका कारण सृजना हुने विभिन्न ‘रिस्क फ्याक्टर’ले मृगौला फेल हुनेहरूको सङ्ख्या बढाउँदै लगेको हो । योसँगै उपचारको दायरामा आउने बिरामीको सङ्ख्या पनि थपिँदो छ । शिक्षण अस्पतालकी मृगौला प्रत्यारोपण फिजिसियान डा. दिव्यसिंह शाहको अनुभवमा पछिल्ला दिनमा खाडी राष्ट्रमा काम गर्न गएका नेपाली युवाहरू मृगौलाले काम गर्न छाडेर फर्किने क्रम बढ्दो छ ।
खाडी मुलुकमा शुद्ध पिउने पानीको अभाव र कडा परिश्रम गरे पनि सोअनुसार पर्याप्त पानी नपिउनाले धेरैको मृगौला फेल हुन्छ । खाडी मुलुकमा कामदारको प्रत्येक वर्ष स्वास्थ्य जाँच हुने भएकाले यस्तो समस्या पहिचान भएर फर्किने क्रम पनि बढेको शाहको अनुभव छ । शाह भन्छिन्, ‘ती देशमा हरियो सागसब्जी भन्दा मासु धेरै सस्तो हुन्छ, म कहाँ आउने बिरामीले दैनिकजसो मासु खाने गरेको बताउँछन् । धेरै मासु खानु मृगौलाका लागि घातक हो ।’
वीर अस्पतालका मृगौला रोग विशेषज्ञ डा. अनिल बराल हरेक स्वस्थ्य व्यक्तिले नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नु स्वस्थकर जीवनशैलीका लागि महत्वपूर्ण हुने सुझाब दिन्छन् । पिसाबमा प्रोटिन र रगतमा क्रियाटिनिनको जाँच र वर्षमा एकपटक भिडियो एक्सरे गराई समयमै मृगौला खराब हुन लागेको पहिचान गर्न सके मृगौला फेल हुनबाट बच्न सकिने बताउँछन् डा. बराल । ‘पहिला लक्षण देखिन्न र नियमित चेक पनि नगर्ने हो भने त अस्पताल पुग्दा अन्तिम अवस्था भइसक्छ,’ उनको भनाइ छ, ‘त्यतिबेला कि प्रत्यारोपण कि त आजीवन डायलाइसिस मात्र विकल्प बाँकी रहन्छ ।’
मृगौला रोग भएका हुनसक्ने वा स्वास्थ रहेकाहरूलाई पनि वर्षको एक पटक अनिवार्य रूपमा मृगौला परीक्षण गर्न सुझाब दिन्छन् अर्का मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले । डा. काफ्ले भन्छन्, ‘करिब तीन सयको खर्चमा समयमै रोग पहिचान गरी उपचार गराउन सकिन्छ भने किन नगर्ने ?’
मृगौलाको मुख्य काम शरीरमा रहेका ‘मेटाबोलिजम’बाट उत्पादन हुने विकारहरू शरीरमा जम्मा हुन नदिई बाहिर फ्याँक्ने हो । त्यस बाहेक मृगौलाले शरीरमा पानी र लवणको मात्रा मिलाउन, क्याल्सियम र फोस्फोरसको सन्तुलन कायम राखी हड्डीहरू बलिया बनाउन, मांसपेसी र नसाहरू चल्नका लागि शरीरमा सोडियम, पोटासियमको मात्रा मिलाउन, रगत बनाउने हार्मोन, रक्तचाप नियन्त्रण र मुटुकै कार्य नियन्त्रण गर्न पनि मृगौलाको महत्वपूर्ण भूमिका हुन्छ ।
मृगौलाले विकारहरूलाई पिसाबको माध्यमबाट फाल्छ भने, लवणहरू सोडियम, पोटासियम, क्याल्सियम, फोस्फोरस जस्ता तत्वलाई मिलाउने काम गर्दछ । जुन हाम्रो शरीरका प्रत्येक कोषका लागि महत्वपूर्ण छ । चिकित्सकहरूका अनुसार शरीरका दुईवटा मृगौलाले संयुक्त रूपमा दिनभरमा लगभग १८० लिटरभन्दा बढी रगत फिल्टर गर्ने काम गर्छन् । त्यसमध्ये डेढदेखि दुई लिटर मात्रै पिसाबका रूपमा बाहिर फाल्ने काम हुन्छ र बाँकी १७८ लिटर रगत तथा पानीले शरीरमै फैलाउँछ । डा. बरालका अनुसार यो दरमा काम गर्न सकेन भने मृगौलामा समस्या देखिन थाल्यो भनेर बुझ्नुपर्छ ।’ उनी भन्छन्, ‘मृगौलाले रगत छान्दा वा फिल्टर गर्दा जति विकार उत्पादन हुन्छ उक्त विकार पिसाबका मध्यमबाट बाहिर पठाउने काम गर्दछ ।’
शरीरमा हुने भिटामिन ‘डी’लाई क्रियाशील बनाई काम गर्ने स्वरूपलाई परिवर्तन गर्ने कार्य पनि मृगौलाले गर्दछ । भिटामिन ‘डी’को क्रियाशील रूप भएपछि शरीरमा क्याल्सियम र फोस्फोरसको सन्तुलन आउँछ । जसले गर्दा हाम्रो शरीरमा भएका हड्डीहरू बलियो हुनुका साथै शरीरमा क्याल्सियम र फोस्फोरसको मात्रा नियन्त्रणमा रहन पुग्छ । सामान्य व्यक्तिको शरीरमा दुईवटा सिमी आकारका करिब १० सेमि लामा दुईवटा मृगौला मेरुदण्डको दाँया–बाँया करङमुनि मिलेर बसेका हुन्छन् । वयस्क पुरुषको एउटा मृगौलाको लम्बाइ १० सेमि, मोटाइ ४ सेमि र तौल करिब एक सय २५ देखि एक सय ७० ग्रामसम्म हुन्छ । महिलाहरूको मृगौला तुलनात्मक रूपमा सानोे हुन्छ ।
चिकित्सकहरूका अनुसार मृगौलामा समस्या देखिने मुख्यतः दुई कारण छन् । एउटा मृगौला आफैँभित्रको समस्या र अर्को शरीरका अन्य अङ्गमा लागेका रोगहरूका कारण । राष्ट्रिय मृगौला उपचार केन्द्रका निर्देशक समेत रहेका डा. काफ्ले भन्छन्, ‘मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, बिग्रेको अवस्थामा पनि मृगौलामा असर गर्न सक्ने सम्भावना रहन्छ,’ उनले थपे, ‘त्यस्तै मृगौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मृगौला बिगार्न सक्छ । ग्लोमरुलोनेफ्राइटिस्, पोलिसिस्टिक किड्नी डिजिज अर्थात् पानीको फोका देखिने रोगले पनि मृगौला खराब गर्छ ।’ डा. बरालले मृगौला रोगीको उपचारका क्रममा बटुलेको अनुभव सुनाए, ‘जन्मजात हुने समस्या, वंशाणुगत रोगको समस्या, मधुमेह, उच्च रक्तचाप, बाथ तथा नसाका रोगहरू, मुटु, फोक्सो कलेजोमा हुने विभिन्न रोगहरूका कारण पनि मृगौलामा समस्या आउँछ ।’ शरीरको सञ्चालन प्रक्रिया मृगौलाबिना सम्भव नै नहुने भएकाले समस्या देखिनासाथ उपचार खोजिहाल्नुपर्छ । मृगौलाले काम गर्न नसकेको अवस्थामा चाहिँ मेसिनको सहायतामा मृगौलाको काम गराउने पद्धति डाइलासिस वा मृगौलाको प्रत्यारोपणको विकल्प रहन्न ।
नेपालमा सामान्यतया मृगौला प्रत्यारोपणका लागि साढे तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ । तर, प्रत्यारोपणका लागि मृगौला दाता आफ्नो नजिककै नाताबाट हुनुपर्छ, जुन सहज काम होइन । प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपणअघिको डायलासिस गर्न सामान्य नेपालीको कमाइले धान्न सक्दैन । मृगौला प्रत्यारोपण पहिलो पटक सन् १९५४ मा अमेरिकाको बोस्टनमा दुई जुम्ल्याहा दाजुभाइमा गरिएको थियो । त्यसको ५४ वर्षपछि अर्थात् सन् २००८ मा मात्रै नेपालमा यो सेवा सुरु गरिएको हो ।
कसरी गर्ने मृगौलाको हेरचाह ?
चिकित्सकहरू भन्छन्, ‘वर्षमा एकपटक मृगौलाको जाँच गर्नु अनिवार्य छ ।’ त्यसबाहेक मृगौलालाई चाहिने आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । एक व्यक्तिले सामान्यतः दैनिक अढाईदेखि तीन लिटरसम्म पिसाब हुनेगरी पानी पिउन डा. शाहको सल्लाह छ । प्रारम्भिक तहका जाँचबाट मृगौलामा रहेको गडबडीको सङ्केत मिलेपछि कुन तहको समस्या छ भन्ने जान्नका लागि भने विशेष परीक्षण गर्नुपर्ने हुन्छ । चिकित्सकहरूका अनुसार आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ । नियमित व्यायाम, खानपानमा बिशेष ध्यान, शरीरमा तौल र रक्तचापको नियन्त्रणले पनि मृगौला जोगाउन ठूलो भूमिका खेल्छ ।
मृगौलामा देखापर्ने अन्य समस्याहरू
हेरिडिटरी डिजिजेज :
जसलाई हामी ‘अल्पोट सिन्ड्रम’ पनि भन्छौ । जसका कारण बच्चाहरूले कान कम सुन्ने, आँखाको खराबी र मृगौलाको रोगहरू आउन सक्छ ।
फ्यावरिज डिजिज :
यसलाई वंषाणुगत रोगका रूपमा चिनिन्छ । जसले मृगौलामा असर गर्न सक्छ । बच्चाको शरीरको विकाससँगै मृगौला खराब हुने रोगलाई फ्यावरेव डिजिज भन्दछौँ ।
मृगौलामा पानीको फोकाहरू हुने रोगः
यो पनि जन्मजात आउने रोग हो । यो दुई प्रकारको हुन्छ । एउटा बच्चामा हुन्छ, जसलाई हामी ‘एआर पीकेडी’ (अटोजोमल रिसेसिभ पोलिसेस्टिक किड्नी डिजिज) भन्छौँ । यस्ता रोगीको प्रायः वयस्कसम्म पुग्न नपाउँदैन बच्चा अवस्थामै मृत्यु हुन्छ । अर्को चाहिँ, वयस्कहरूमा हुने ‘अटोजोमल डोमिन्याट् पोलिसेस्टिक किड्नी डिजिज’ । यो वंशाणुगत समस्या हो र हरेक पुस्तामा अर्थात् बुबा–आमा वा हजुरबा–हजुरआमालाई छ भने तिनका सन्ततिलाई समेत मृगौला रोग हुन सक्ने सम्भावना ५० प्रतिशतसम्म रहन्छ । यसले साधारणतया ४० देखि ५० वर्षका मानिसको किड्नी फेल गराउँछ । पानीको फोकाको उपचार हुँदैन र नयाँ मृगौला प्रत्यारोपण नै गर्नुपर्छ ।
एक्वाएर्ड किड्नी डिजिज :
जन्मदै साधारण देखिने मृगौलामा पनि रोगहरू आउन सक्छन् । यसमा कतिपय मृगौला भित्रैबाट आउने रोगहरू छन् । त्यसमध्ये ‘ग्लोमरुलो नेफ्राइटिस’ एउटा प्रमुख रोग हो ।
के हो ग्लोमरुलो नेफ्राइटिस ?
मृगौलाले एक दिनमा एक सय ८० लिटर रगत तथा पानी फिल्टर गर्नुपर्छ, त्यो फिल्टर गर्ने अङ्गको नाम ‘ग्लोमरुलो’ हो । ‘नेफ्रोन’ जुन भागमा हुन्छ त्यस भागको महत्वपूर्ण भागलाई ग्लोमरुलो भनिन्छ । त्यसको कुनै भाग ड्यामेज भयो भने त्यसले ग्लोमरुलो नेफ्राइटिस हुन्छ । ग्लोमरुलो नेफ्राइटिसले पिसाबमा प्रोटिन जाने, रगत देखिने, सेता रक्तकोष देखिने खाले समस्या निम्त्याउँछ । त्यसपछि अनुहार तथा पूरै शरीर नै सुन्निने भएर बिरामीहरू अस्पताल पुग्छन् । यसको पहिचान गर्नका लागि मृगौलाको ‘बायप्सी’ गर्नुपर्छ । बायप्सीपछि मात्रै रोग पत्ता लाग्न सक्छ । समयमै उपचार भयो भने मृगौला फेल हुनबाट जोगाउन सकिन्छ । ग्लोमरुलो नेफ्राइटिस मृगौलाकै कारणले पनि हुन सक्छ भने अन्य रोगका कारणले पनि । बाथ रोग र क्यान्सरले पनि यस्तो समस्या निम्त्याउँन सक्छ । त्यस्तै, मृगौलामा ‘सेकेन्डरी ग्लोमरुलो नेफ्राइटिस’ भयो भने पनि समस्या देखिन सक्छ । औषधि र संक्रमणका कारण यस्तो हुन सक्छ ।
ग्लोमरुलो नेफ्राइटिसका लक्षण
शरीर सुन्निएर आउने, उच्च रक्तचाप हुने, मृगौला फेल हुने, पिसावमा आरबीसी, प्रोटिन र डब्ल्युबीसी देखिने, शरीरमा प्रोटिन कम हुने र कोलेस्टोरेल बढ्ने ।
मधुमेह र उच्च रक्तचाप
मधुमेह भएका सबै रोगीको मृगौलामा असर पुग्दैन । मधुमेह पनि दुई प्रकारका हुन्छन् । टाइप–१ र टाइप–२ । शरीरमा इन्सुलिन नभएका बच्चामा टाइप–१ मधुमेह देखिन्छ । टाइप–२ वयस्कमा हुन्छ । त्यसमा चाहिँ इन्सुलिनको मात्रा बढी हुन्छ । यस्ता बिरामीलाई मधुमेह भएको १० देखि २० वर्षभित्र मृगौलामा ४० देखि ५० प्रतिशत असर गरिसकेको हुन्छ । जसलाई ‘डायबिटिक नेफ्रोप्याथी’ भनिन्छ अर्थात् डायबिटिजले हुने मृगौलाको रोग । संसारमा सबैभन्दा बढी मृगौला फेल गराउने रोग भनेकै डाइबिटिज नेफ्रोप्याथी हो । मधुमेह नियन्त्रण बाहिर पुगेपछि त्यसले मृगौला खराब गर्दै लैजान्छ र अन्ततः मृगौला फेल हुन्छ । संसारमा करिब ५० प्रतिशत मृगौला फेल डाइबिटिज नेप्रोप्याथीका कारण हुने गरेको अध्ययनहरूले देखाएका छन् । उच्च रक्तचापले मृगौला फेल हुने समस्या पनि उत्तिकै छ । चिकित्सकहरूका अनुसार नेपालमा डाइबिटिज नेप्रोप्याथी पछि मृगौला फेल गराउने दोस्रो कारण उच्च रक्तचाप हो ।
अब्स्टक्टिभ युरोप्याथी
पिसाब सम्बन्धी रोग अब्स्टक्टिभ युरोप्याथी प्राथमिक रोग भने होइन । यो रोग पत्थरी, क्यान्सर, फिमोसिस, युरेथ्रल स्ट्रिक्चर आदिले हुने गर्दछ । डा. बराल भन्छन्, ‘पिसाब मार्गमा अवरोध हुँदा मृगौला सुन्निदै जान्छ र पछि फेल हुन्छ । तर यी समस्या सुरुमै पहिचान गरी उपचार गराएमा मृगौला फेल हुनबाट जोगाउन सकिन्छ ।’
बच्चा जन्मँदा लिङ्गको टुप्पोको छाला पछाडि नर्फकिँदा पनि पिसाब रोकिएर मृगौला फेल हुन सक्छ । नेपालमा धेरैजसो आमाले ख्याल नगरिदिँदा यस्तो समस्या भएका बच्चालाई पछि अस्पतालमा ल्याएको पाइन्छ । पिसाब नलीमा ‘क्याटेथर’ राख्दा चोट लाग्यो भने त्यहाँको नली साघुरिँदै गई ‘युरेथ्रा’बाट लामो समयसम्म पिसाब पूरै ननिस्कएपछि मृगौलामा समस्या देखा पर्न थाल्छ । महिलाहरूको आङ खस्ने समस्याले पनि मृगौलामा असर पुग्छ । चिकित्सकहरूका अनुसार आङ खस्दा अगाडिको पिसाब थैली र नली भएको ठाउँमा चाप पर्न गई सही ढङ्गले काम गर्न नसक्दा मृगौला फेल हुन्छ ।
इन्टरस्टिसियल नेफ्रोप्याथी
विभिन्न औषधिको प्रतिअसर र अनावश्यक सेवनका कारण मृगौला फेल हुने समस्यालाई इन्टरस्टिसियल नेफ्रोप्याथी भनिन्छ । प्रायः दुखाइ कम गर्ने ‘पेनकिलर’ले यस्तो समस्या निम्त्याउँछ । लामो समयसम्म पेनकिलर प्रयोग गर्ने मानिसको मृगौला फेल हुने सम्भावना बढी हुन्छ । ‘पेनिसिलिन’ समूहका एन्टिबायोटिकहरूले पनि यस्तो समस्या ल्याउने चिकित्सकहरू बताउँछन् । पिसाब नलीमा लाग्ने रोगहरू, पिसाब थैली र प्रोस्टेट ग्रन्थीमा हुने ट्युमर, पत्थरी वा अन्य कारणले पिसाब मार्गमा अवरोध हुँदा पनि मृगौला फेल हुने सम्भावना रहन्छ ।
आयुर्वेदिक जडीबुटीको जथाभावी प्रयोग
चिकित्सकहरूका अनुसार धेरै जडीबुटी तथा आयुर्वेदिक औषधिको प्रयोगले पनि मृगौला फेल गराएका उदाहरण प्रसस्त छन् । आयुर्वेदिक औषधिले कुनै प्रतिअसर गर्दैन भन्ने कुरा भ्रमपूर्ण रहेको चिकित्सकहरू दाबी गर्छन् । कतिपय आयुर्वेदिक औषधिकै कारण मृगौला फेल हुने गरेको अनुसन्धानले देखाएको छ । यी बाहेक, ‘क्याडवियम’, मर्करी, ‘लेड’जस्ता गह्रुँगा धातुले पनि मृगौला फेल गराउन सक्छन् ।
मेरुदण्डको समस्या
ढाड तथा मेरुदण्डको समस्याले पनि किड्नीमा असर गर्छ । जसले गर्दा पिसाब गर्न गाह्रो हुँदै जान्छ र मृगौलामा असर देखिन थाल्छ । ‘न्युरोजनिक ब्लाडर’ले पूरै पिसाब बाहिर फाल्न नसकेपछि कालान्तरमा मृगौला फेल हुन्छ ।
एक्युड किड्नी इन्जुरी (एकेआई)
अन्य समस्याका कारण मृगौला फेल हुने अवस्थालाई ‘एक्युड किड्नी इन्जुरी’ भनिन्छ । मुटु फेल भएको अवस्था, ‘सेप्सिस’ संक्रमण, झाडा पाखाला वा अरिङ्गाल, सर्पले टोकेर मृत्यु हुनु भनेको एक्युड किड्नी फेलका कारणले हो । यी रोगको समयमै उपचार गरेको खण्डमा मृगौला सामान्य भएर आउँछ । यस्तै ‘मल्टी अर्गान’ फेल हुँदा पनि किड्नी फेल हुन्छ ।
गर्भावस्थामा हुने मृगौलाको समस्या
गर्भावस्थामा धेरै रगत बग्यो वा घाउको संक्रमण अन्तिम अवस्थामा पुग्यो भने पनि मृगौलामा असर पर्छ । गर्भावस्थामा धेरै रगत गइरह्यो भने मृगौला कहिल्यै नफर्किने गरी ‘ड्यामेज’ हुन सक्छ । जसलाई ‘एक्युट कर्टिकल नेप्रोसिस’ भनिन्छ ।
मृगौला फेल हुने कारण
– वंशाणुगत
– मधुमेह
– उच्च रक्तचाप
– पिसाब सम्बन्धी समस्या
– पाठेघर खस्नु
– मृगौलामा पत्थरी, ट्युमर
– प्रोस्टेटको आकारमा बृद्धि
– जन्मजात पिसाब नलीमा खराबी
– रगतमा दूषित पदार्थको प्रवाह
– लामो समय पेनकिलरको प्रयोग
– शरीरमा पानीको कमी ।
मृगौला फेलका लक्षणहरू
– शरीर दुब्लाउँदै जाने
– शरीरका विभिन्न अङ्ग सुन्निने
– पिसाब कम हुने र पोल्ने
– पिसाबमा रगत देखिने
– क्षणक्षणमा पिसाब भइरहने
– थोरै हिँड्दा पनि थकाइ लाग्ने
– सास फेर्न गाह्रो हुने
– कोखा दुख्ने, ज्वरो आउने
– खानामा रुचि घट्ने
¬– पिँडौलाको मासु फर्किने
– वाकवाकी लाग्ने
– छाला सुख्खा हुने र चिलाउने
– उच्च रक्तचाप हुने
– रगतको मात्रा कम हुँदै जाने
– महिनावारी समयमा नहुने
– यौन रुचि घट्दै जाने
– प्रजनन दरमा कमी आउने
– ढाड र कम्मर दुख्ने
कसरी हुन्छ प्रत्यारोपण ?
मृगौला फेल भएपछि कि त नियमित डाइलसिस गराइरहनुपर्छ कि त मृगौला प्रत्यारोपण । यी दुई बाहेक अन्य विकल्प रहँदैनन् । मृगौला फेल भएका मानिसका लागि स्वस्थ मानिसका दुई वटामध्ये एउटा मृगौला झिकेर प्रत्यारोपण गरिन्छ । त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजिस्ट डा. शाह भन्छिन्, ‘स्वस्थ मान्छेका दुई वटा मृगौलामध्ये शल्यक्रिया गरी एउटा मृगौला निकालिन्छ र त्यो मृगौला प्रत्यारोपण गर्ने व्यक्तिको दायाँ वा बायाँ साँप्राको माथि सानो ‘पकेट’ बनाएर राखिन्छ । त्यो पकेटलाई बाहिरबाट छालाले छोप्ने गरी सिलाइएको हुन्छ । जसमा दुई वटा धमनी र आर्टरीको ‘कनेक्सन’ समेत गरिएको हुन्छ । जुसलाई बाहिरबाट छाम्दा समेत सजिलै महसुस गर्न सकिन्छ ।’
मृगौला प्रत्यारोपण सजिलै हुने भए पनि प्रत्यारोपण अघिको प्रक्रिया एकदमै झन्झटिलो र अव्यावहारिक छ । मृगौला प्रत्यारोपणका लागि नेपालको कानुनले नै केही कठिनाइ सृजना गरिदिएको छ । २०५५ सालमा आएको कानुनमा अङ्ग दान गर्नका लागि बुबा–आमा, दाजु–भाई, छोरा–छोरी, दिदी–बहिनी, श्रीमान्–श्रीमती र काका–काकीलाई मात्रै छुट गरिएको छ । त्यसैगरी, दुर्घटना परी मृत्यु (दिमाख मात्रै मरेको अवस्था) भएका तर अन्य अङ्गले काम गरेको अवस्थामा ती व्यक्तिको परिवारसँग स्वीकृति लिएर दुवै मृगौला झिकी दुई जनालाई प्रत्यारोपण गर्न सकिन्छ । त्यसरी झिकेको मृगौला बढीमा ४८ घन्टाभित्र प्रत्यारोपण गरिसकेको हुनुपर्छ ।
मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानुनबारे डा. काफ्ले भन्छन्, ‘२०५५ सालमा बनाइएको कानुन एकदमै अव्यावहारिक छ । अधिकांश व्यक्तिको मृगौला फेल हुने भनेको वंशाणुगत रोगका कारण हो । बाबुलाई मधुमेह वा उच्च रक्तचाप छ भने, सम्पूर्ण सन्तानलाई पनि हुन सक्छ । यदि, ती बाबुलाई मृगौला प्रत्यारोपण गर्नुप¥यो भने सन्तानले चाहेर पनि आफ्ना बाबुलाई मृगौला दान गर्न पाउँदैनन्,’ डा. काफ्लेको तर्क छ, बिरामीका साथी वा टाढाको आफन्तले मृगौला दान दिन किन नपाउने ?’
मृगौला रोगमा विशिष्ट विशेषज्ञता
मृगौला रोग अत्यन्तै जटिल समस्या हो । नेपालमा पनि मृगौला रोगको उपचारका लागि विशिष्ट विशेषज्ञता हासिल गर्ने चिकित्सकहरू उत्पादन हुँदैछन् । यस्ता विशिष्ट विशेषज्ञबाट बिरामीले पक्कै पनि स्तरीय सेवा पाउन सक्नेछन् । स्कुल अफ मेडिकल साइन्सेस भरतपुरबाट डीएम गरेका डा. माधव घिमिरे नेपालमै मृगौला रोगमा डीएम गर्ने पहिलो चिकित्सक हुन् । नेपालमा मृगौला रोगमाथि डीएम गरिरहेका चिकित्सकहरू ः
– डा. माधव घिमिरे (भरतपुर मेडिकल कलेज, चितवन)
– डा. शैलेन्द्र श्रेष्ठ (शिक्षण अस्पताल महाराजगञ्ज)
– डा. महेश सिग्देल (शिक्षण अस्पताल महाराजगञ्ज)
– डा. अनिल बराल (वीर अस्पताल)
– डा. रमेश चौरसिया (वीर अस्पताल)
– डा. विष्णु पहाडी (भरतपुर मेडिकल कलेज)
– डा. अविशेक मास्के (नेपाल मेडिकल कलेज)
– डा. अरुण सेडाईं (वीर अस्पताल)
– डा. मुकुन्द काफ्ले (शिक्षण अस्पताल महाराजगञ्ज)
स्वास्थ्य खबरपत्रिका

काठमाडौँ - एक अधवैंशे महिलालाई अप्रेसन कक्षभित्र प्रवेश गराइन्छ । उनी स्ट्रेचरमा निस्तेज लडेकी छन् । दाहिने हातमा सलाइन पाइप जोडिएको छ । मुखभित्र पनि पाइप घुसाइएको छ। अम्पु ब्यागबाट नर्सले लगातार हावा दिइरहेकी छन् । स्थानः मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको क्याथल्याब समयः मध्याह्न १२ः०२, कात्तिक २० गते बिहीबार । केही अघिसम्म शान्त क्याथल्याबको वातावरणमा एकाएक हडबडी छाउँछ । सबैलाई अदृश्य भयले थिचेको छ ।
डाक्टर, सिस्टर कसैका आँखामा चमक छैन । मुख त त्यसै पनि हरियो मास्कले ढाकेकै छ। उनीहरूका हात स्वचालित यन्त्रझैं चलिरहेका छन्। अप्रेसनको तयारीका लागि यताउती दगुरिरहेका छन् । सामान मिलाइरहेका छन् । एक सिस्टरले बिरामी महिलाको मुखबाट अम्पु ब्याग झिकिन्। मुखभित्र घुसाइएको पाइप भेन्टिलेटरमा जोडिन्। त्यतिबेलासम्म डाक्टरले उनको दायाँ तिघ्रामा बेटाडिन दल्न थालिसकेका थिए। बेटाडिन दलेकै ठाउँमा सुई घोचे। एकैछिनमा आधा सिरिन्ज रगत झिकेर डस्टबिनमा पिच्च फ्याले। केही सिस्टर अझै पनि डाक्टरलाई चाहिने सामान मिलाउँदै थिए।
एक जनाले फोनबाट सिसियु कक्षमा निर्देशन दिइन्, ‘२०९ को बेड खाली गर्नुस् है, मेसिन पनि जोड्नुस्, हामी गर्दैछौं, एकछिन त टाइम लागिहाल्छ। तपाईंहरू चाहिँ छिटो गर्नुस्।’ अर्की सिस्टर हल न चल अवस्थामा रहेकी महिलाको टाउकोसँगै उभिएकी थिइन्।
तीन जना डाक्टर उनको तिघ्रामा प्वाल पारेर पाइप घुसाउन व्यस्त थिए। एनेस्थेसियाका डाक्टर भित्र–बाहिर गरिरहेका थिए। उनी भने अरूझैं तनाबग्रस्त देखिँदैनथे। केही बेरपछि क्याथल्याबको मेसिनले काम सुरु गर्योक। बिरामीको टाउकोनिर भएको एक्सरे मेसिन डाक्टरको निर्देशनअनुसार घरि दायाँ ढल्कन्थ्यो, घरि बायाँ। छिनछिनमा मनिटरको दृश्य परिवर्तन हुन्थ्यो। बिरामीको मुटु र नलीभित्र घुसाइएको पाइप मनिटरमा देखिएको थियो। डाक्टरले मनिटरमा हेर्दै आफ्ना सहायकहरूलाई भने, ‘ल हेर, पूरै बन्द छ। १०० प्रतिशत थुनिएको छ। अनि ढल्दैन त ?’ उनी फेरि बिरामीको तिघ्रामा जोडिएको पाइप र तार चलाउन थाले। बेलाबेला एक्सरे मेसिन घुमाउन लगाउँथे। झिपिक–झिपिक गर्दै मनिटरको दृश्य परिवर्तन हुन्थ्यो।
मनिटरमा मुटुभित्र दुइटा तार चलिरहेको देखियो। सायद यो एन्जियोेप्लास्टको मुख्य बिन्दु हो। केही समय गम्भीर भएर काम गरेपछि डाक्टरले भने, ‘ठ्याक्कै मिल्यो। अब हेर कति मज्जाले खुल्यो।’ क्याथल्याबमा झन्डै ४० मिनेटको कसरतपछि डाक्टर सन्तुष्ट हुँदै बाहिर निस्के। निस्कँदा–निस्कँदै भने, ‘हाम्रो काम सकियो, अब भगवानको पालो।’ त्यसबेला छेउको स्किनमा ती बिरामी महिलाको ब्लडप्रेसर देखिएको थियो– १३५/९० । त्यसको ठिक एक घन्टाअघि पाटन अस्पतालबाट ‘कोल्याप्स’ अवस्थामा रेफर भएर टिचिङको मनमोहन कार्डियोथोरासिक ल्याइएको थियो ती महिलालाई।
म त्यस दिन मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई भेट्न अस्पताल पुगेको थिएँ। हाम्रो भेट मात्र के भएको थियो, एक जना विद्यार्थी डाक्टर इमर्जेन्सीबाट हस्याङफस्याङ गर्दै ती महिलाको केस’ लिएर आइपुगे। ‘पाटनबाट रेफर। त्यहाँ इआर (आकस्मिक कक्ष( मा कोल्याप्स भएपछि इन्क्युबेट गरेर ल्याएको रहेछ,‘उनले एकै सासमा ब्रिफिङ गरे। बिरामीको अवस्था अत्यन्त नाजुक छ भन्ने उनीहरूको कुरा गराइबाटै बुझिन्थ्यो। ‘ल ठिक छ। ल्याब तयार गर्नू भन,’ डा. अनिलले बिरामीको रिपोर्ट पल्टाउँदै भने, ‘बिरामीलाई माथि सार्न लगाऊ, एनेस्थेसियालाई पनि इन्फर्म गर।’ यति निर्देशन लिएर अघि बढ्न लागेका डाक्टरलाई अनिलले फेरि डाकेर भने, ‘पेसेन्ट पार्टी (बिरामी पक्ष) बाट हाई रिस्कको कन्सेन्ट लिऊ। बरु यहीँ बोलाऊ, मै ब्रिफ गरिदिन्छु।’आजको नागरिक दैनिकमा स्वरुप आचार्यको एक खोजमुलक सामग्री प्रकाशित छ ।
www.esangrila.com

मेरो पेट पोल्छ र दुख्छ पनि। चिकित्सकले ग्याष्ट्रिक भनेका छन्। खानपान र जीवनशैली परिवर्तनले ग्यास्ट्रिक नियन्त्रण गर्न सकिन्नँ?-
डा. हेमराज कोइरालाको जवाफ-
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।
आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ।
जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी,कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।
जटिलताहरूः
- यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।
उपचारः
- ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।
व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ । ३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।
तपाईंलाई थाहै होला, यौन उत्तेजना नै सुरु नहुनु वा यौन सन्तुष्टि प्राप्त गर्न बाधा पार्ने कुनै पनि कुराका शारीरिक, मानसिक वा दुवै कारण हुन सक्छन्। यस विषयमा पनि एकपल्ट विचार पुर्याउनुहोला।
कुनै व्यक्ति भयका कारण यौनसम्पर्कमा संलग्न हुँदैन भने त्यसलाई sexual aversion भनिन्छ भने इच्छा नै नभै यौनसम्पर्क नराख्नुलाई Inhibited Sexual Desire भनिन्छ। यो अवस्थामा यौन क्रियाकलापमा संलग्नता पनि कम हुन्छ भने यौन क्रियाकलामा संलग्न हुने इच्छा पनि कम हुन्छ। यसरी इच्छा नै कम हुँदा यौन सपना (स्वप्नदोष), यौन परिकल्पना, यौन उत्तेजक कुराप्रति ध्यान वा आकषर् ण, यौन क्रियाकलाप प्रतिको चाहनाको सचेतनता, आकर्षण, सम्भावित यौन साथी देख्नु, यौन क्रियाकलाप गर्न नपाएकोमा हतास हुनेजस्ता कुरा पनि हुँदैनन् वा कम हुन्छन्। यो अवस्थामा रुचि नै कम हुने भएकाले यौन क्रियाकलापको सुरुवात पनि नगर्ने हुन्छन् भने अर्काले सुरु गर्दा पनि त्यसलाई सजिलै स्वीकार गर्दैनन्। यी सबै भए पनि उनीहरू शारीरिक रूपमा यौन सम्पर्क राख्न सक्षम हुन्छन्। तपाईकी श्रीमतीको सन्दर्भमा त्यस्तो केही हो कि होइन भनेर निक्र्योल गर्न तपाईं बढी जानकारी राख्ने स्थितिमा हुनुहुन्छ। त्यसबाहेक दैनिक जीवनमा आईपर्ने तनावहरू जस्तै चिन्ता, निराशा, थकाइ, तपाईंहरूबीचको (अन्तरव्यक्ति) सम्बन्धको चिसोपन तथा दम्पत्तीबीचको तनाव आदि यसका कारण हुन सक्छन्। यो तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरासँग पनि सम्बन्धित हुनसक्छ। यदि त्यस्ता कुनै कारण भए पक्कै नै त्यसलाई हटाउने प्रयास गर्नुहुनेछ।
यौन मनोविज्ञान
आजकाल म र मेरो श्रीमानबीच यौन सम्पर्कको समयमा झगडा हुन्छ। कारण मलाई यौन सम्र्पकको समयमा पीडा अनुभव हुन्छ। मलाई यौन रोग भएकाले यौन सम्पर्कको समयमा अत्यन्तै पीडा हुन्छ। उहाँ भने यसैलाई आधार बनाएर परपुरुषसँग सम्पर्क छ कि भन्ने शंका गर्नु हुन्छ। के यौन रोग भएकाहरूले यौनको चरम आनन्द लिन सक्दैनन् ?
स्मृति
यौन सम्पर्कमा सावधानी अपनाउन नसक्दा मानिसहरू घातक रोगको सिकार हुन्छन्। यौन चेतनाको कमी तथा कहिलेकाँही यसमा असावधानी नअपनाउँदा धेरै मानिसहरू यौनजन्य रोगको शिकार भएका घट्ना हामी दिन प्रतिदिन सुनिरहेका हुन्छौं। एड्सलगायत अन्य यौनरोगहरू पहिले साधारण जस्तो लागेपनि पछि तिनले विकरालरूप लिएर मानिसको ज्यान लिएको तथ्यहरूले देखाएका छन। यसको भावनात्मक एवं मनोवै ज्ञानिक असरहरू पनि छन्। यौन रोगहरू धेरैजसो पुरुषहरूबाट महिलामा संक्रमित भए पनि महिलाहरू नै यस्ता रोगबाट बढी प्रताडित हुने गरेका छन। यौन रोगका लक्षण पुरुषमा भन्दा महिलामा चाँडो देखिने भएकाले कोबाट रोग संक्रमित भएको हो भन्ने विषयमा पुरुष र महिलाबीच विवाद हुने गरेको छ। यस्ता घट्नाहरूमा पुरुषले महिलामाथि दोषारोपण गर्ने गरेको पाइन्छ। यो सही कुरा होइन। फेरि यौन रोगको उपचारबाट पनि पुरुषहरू पन्छिने गरेको हामी पाउँछौं। यौनरोग पुरुषबाट महिलामा संक्रमित भएको हुन सक्छ र महिलामा छिटो देखिएको हुन सक्छ। सँगसँगै पुरुषमा पनि संक्रमण भैसके पनि थाहा नभएको हुन सक्छ। यस्तो अवस्थामा दुवैले यौन रोगको उपचार गर्नुपर्ने हुन्छ। एकजनाको मात्र उपचारले यौन रोग कहिल्यै निको नहुने हुन्छ। यो एकबाट अर्कोमा सरिरहने हुन्छ।
जहाँसम्म यौनरोग भएको मानिसले यौन आनन्द लिने कुरा छ, शारीरिक एवं मनोवैज्ञानिक हिसावले नै उनीहरूले यौन आनन्द लिन सक्दैनन्। जुनसुकै किसिमको यौनरोगले मानिसहरूलाई पीडा दिन्छ। यस्तो रोग लागेको अवस्थामा दुख्ने, पोल्ने, चिलाउने भएकाले मानसिक तथा भावनात्मकरुपले हैरानीको अवस्थामा पुगिन्छ। पीडाको यस्तो अवस्थामा हुने यौनले कसरी आनन्द दिन सक्छ ? अर्को कुरा आफूमा यौन रोग छ भन्ने थाहा भैसकेपछि यौन सम्पर्कको अवस्थामा एकले अर्कोलाई त्यो रोग सारिरहेकोमा हिनताबोध हुन्छ। त्यसैले यो भावनात्मक तथा मनोबैज्ञानिक समस्या पनि हो। मानिसलाई यस्तो रोगले मूलतः दुई किसिमबाट असर गर्छ। यौन आनन्द लिने कुरा त के, रोग विस्तार हुँदै जाँदा यस्ता रोगले जीवन ढलाइदिने खतरा एकातिर छ भने अर्कातिर लामो समय उपचार नगरिँदा मनमा आउने नकारात्मक सोचले तत्कालको मनस्थिति बिगारी दिने मात्र होइन, दीर्घकालमा मनोवैज्ञानिक समस्याको रूप धारण गर्न पुग्छ र मानिस मनोवैज्ञानिक रूपले कमजोर भै गरिखान नसक्ने अवस्थामा पुग्छ।

क्यान्सरको कुरा आउँदा जो कोही तर्सन्छ तर, दुर्भाग्यले केही व्यक्ति यस प्राणघातक रोगको चपेटामा पर्छन् । आफूमा क्यान्सरको लक्षण पूर्ण विकसित भइसकेको सुन्दा उनीहरूमा बज्रपात हुन्छ तर, बुझ्नुपर्ने के छ भने चाँडै पत्ता लागे क्यान्सरको सफल उपचार सम्भव छ । त्यसैले शरीरमा क्यान्सरले सुरुको अवस्थामा देखाउने केही विशेष लक्षण बेलैमा बुझ्न सक्नुपर्छ । यसैमा बुद्धिमानी छ ।
१ ) थकान बढी लाग्न थाल्छ
दिनभरको दौडधूपले लाग्ने थकानलाई सामान्यरूपमा लिनुपर्छ तर व्यस्त नहुँदा पनि धेरै परिश्रम गरे जस्तो गरी अचानक थकान लाग्न थाल्छ भने विचार गर्नुपर्ने हुन्छ । एक दिनको घटनाले मात्र होइन बारम्बार यसो हुन थाल्यो भने क्यान्सरको सम्भावना हुनसक्छ । तथापि अन्य विकारले पनि शरीर थकित भएको हुन्छ । अमेरिकन क्यान्सर सोसाइटीको एक प्रीतवेदनमा यसलाई ल्युकेमियाको संकेत बताइएको छ ।
२ ) हल्का ज्वरो आइरहने
दैनिक हल्का ज्वरो आइरहने भएको छ भने विचार गर्नुपर्छ । विशेषगरी, ९९।८ देखि १०० डिग्री फरेन्हाइट ज्वरो आउँछ । यो समस्या कैयौँ अन्य संक्रमणको पनि हुनसक्छ तर, हल्का ज्वरो आइरहने समस्या हज्किन्स डिजिज, ल्युकेमिया र नन हज्किन्स लिम्फोमाको प्रारम्भिक संकेत पनि हुने भएकाले चिकित्सा जाँच गराउनु जरुरी छ ।
३ ) निल्न गाह्रो
कुनै पनि वस्तु निल्न गाह्रो हुने सँगै ओठमा उत्पन्न हुने घाउ सामान्य समयमा निको हुँदैन । घाँटी बस्ने र नियमित रहने हुन्छ । यसका साथै स्वर कडा हुँदै जाने, मुखमा असामान्य रक्तस्राव र कारण थाहा नहुने गरी मुखभित्र दुख्नेलगायत पनि क्यान्सरका प्रारम्भिक लक्षण हुन्छन् । यी समस्याको सम्बन्ध घाँटीको, खाने नलीको, जिब्रोको क्यान्सरसँग हुन्छ तर, उल्लेखित लक्षण देखियो भन्दैमा क्यान्सर नै भएको छ भन्न मिल्दैन, अन्य कारणले पनि त्यसो भएको हुनसक्छ ।
४ ) तौल घट्ने
कुनै व्यक्तिले आफ्नो तौल असामान्य रूपमा किन कम भएको होला भन्ने बुझ्न सक्दैन भने यसमा विचार पु¥याउनु जरुरी छ । आहारा कम नगरी, व्यायाम नगरी र दैनिकीमा परिवर्तन नभएको अवस्थामा शरीरिक तौल घट्न थाल्नु क्यान्सरको संकेत हुनसक्छ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यसरी तौल घट्ने समस्यालाई आमाश्य, फोक्सो, खाने नली वा प्यान्क्रियाजको क्यान्सरको प्रारम्भिक संकेतको रूपमा बुझ्न सकिन्छ । तथापि तौल घट्ने समस्या अन्य खालका गम्भीर विकारको लक्षण पनि हुनसक्छ । उदाहरणका लागि मधुमेह ।

मेवा, औषधिय गुणले भरिपूर्ण (जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई आफन्तलाई कामलाग्न सक्छ ) मेवा तराई र भित्री मधेसमा सजिलै उपलब्ध हुने फल हो । यो फल औषधिय गुणले भरिपूर्ण हुन्छ । त्यसो त, मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ ।
प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ । यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ । मेवामा पर्याप्त मात्रामा क्यारोटेन नामको तत्व हुन्छ, जसले शरीरमा भिटामिन ए बनाँउछ । यसमा पोटासियम पनि पर्याप्त मात्रामा हुन्छ । साथै भोजन पचाउन चाहिने विभिन्न तत्व हुन्छन् । काँचो मेवा खानाले कब्जियतबाट छुट्कारा दिलाउँछ । पाकेको मेवा कलेजोको विभिन्न समस्या समाधानका लागि लाभदायक हुन्छ ।
झाडापाखाला लागेमा बेलामा पाकेको मेवाको सेवनले पाखाला बिस्तारै कम हुन्छ । कब्जियतमा पाकेको मेवाको २० देखि २५ वटा बीउ १० देखि १५ दिनसम्म दिनको २ पटक खाँदा कब्जियत हट्छ । मेवाको पातलाई आगोमा तताएर दुखेको ठाँउमा राख्दा दुखाई कम हुन्छ ।
मेवा रक्तअल्पता अर्थात् शरिरमा रगतको मात्रा कम हुँदा पनि प्रयोग गर्न सकिन्छ । रक्तअल्पता हुँदा मेवाले औषधिको काम गर्छ । काँचो मेवाको तरकारी र पाकेको मेवा दिनमा २/३ टुक्रा खाँदा सुत्केरीको दुध बढाउँछ । शरीरमा रगतको मात्रा वृद्धि गर्छ । यसले आँखालाई समेत फाईदा पु¥याउँछ । र, रतन्धो हुनबाट जोगाउँछ ।
मेवामा पाईने विशेष तत्वले घाउमा भएका मृत कोषिकाहरूलाई हटाउँछ र घाउलाई निको पार्छ । यसका लागि केही दिनको समय भने लाग्छ । घाउलाई पहिले सफा गरेर मृत कोषहरू हटाउनुपर्छ । घाउमा पीप छ भने बिरामीलाई दिनको २/३ घण्टामा दाँया बाँया कोल्टो पारेर सुताउनुपर्छ । त्यसपछि कीटाणुरहित सफा पातलो कपडाई काँचो मेवाबाट निस्कने सेतो दुधजस्तो पदार्थमा भिजाएर घाउमा राख्नुपर्छ । यो क्रिया दिनदिनै गर्नुपर्छ । घाउ गहिरो छ भने दिनको १/२ चोटी दोहो¥याउनुपर्छ । साथै बिरामीलाई कोल्टे फर्काउनुपर्छ । पाकेको मेवाको गुदीलाई मिचेर अनुहारमा केहीबेर दल्ने र एक छिन राखेर धुने गरेमा अनुहारमा चमक ल्याउछ । एजेन्सी

जो व्यक्ति हप्तामा दसवटाभन्दा बढि गोलभेडा खाने गर्दछ उक्त व्यक्तिलाई प्रोस्टेट क्यान्सरको खतरा १८ प्रतिशत कम हुने गर्दछ । यो कुराको निष्कर्ष एक अनुसन्धानले निकालेको छ ।
यो निष्कर्षसम्म पुग्नका लागि ब्रिस्टोल विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले प्रोस्टेट क्यान्सरबाट पिडित ५० र ६९ वर्ष उमेरका १,८०६ मानिसहरुको जीवनशैलीमाथि ध्यान दिइएको थियो र उनीहरुलाई १,२००५ जना क्यान्सरबाट मुक्त भएका मानिसहरुसँग तुलना गरिएको थियो ।
अध्ययनमा प्रोस्टेट क्यान्सरको ‘आहारीय तालिका’ विकसित गरियो जसमा आहारका विशेषता जस्तै सेलेनियम, क्याल्सियम र त्यस्ता खाद्य पदार्थ जसमा लाइकोपिनको प्रचुरता हुन्छ, त्यस्ता खानेकुराहरुलाई समावेश गरियो ।
अध्ययनमा यो पाइयो कि जो व्यक्तिले यी तीन विषेशता भएका आहारा समावेश गर्ने व्यक्तिहरुमा प्रोस्टेट क्यान्सरको आशंका कम पाइयो ।
प्रोस्टेट क्यान्सरमाथि माथ पाउनका लागि गोलभेडा र गोलभेडाको जुस सबैभन्दा बढि गुणकारी पाइयो । दिनमा १० वटाभन्दा बढि गोलभेडा खाने पुरुषहरुमा बिरामी हुने सम्भावना पनि १८ प्रतिशत कम हुने गर्दछ ।
एजेन्सी

मंसिर, काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितको नजरमा डाक्टरी पेशाजस्तो सम्वेदनशील अरु कुनै पेशा छैन । तर, यतिबेला नेपालका डाक्टरहरु समाज र राष्ट्रले दिएको इज्जतको गुन तिर्नुको साटो जनताको गोजीमा प्वाल पार्नेतिर लागेको डा. दीक्षितको आरोप छ ।
डाक्टरी पेशाको सम्वेदनशीलता र यस क्षेत्रमा बढ्दो विकृतिबारे डा. दीक्षितको खरो टिप्पणी उनकै शब्दमा :
डाक्टरहरु पैसाका पछाडि लागे
अहिले सबैलाई पैसा चाहिएको छ । कति डाक्टरले लगानी गरेर आफ्नै हस्पिटल बनाए । ऋण लिएका छन् । पैसा त तिर्नुपर्ने हुन्छ । डाक्टरहरु पाइँदैनन् । नर्स पाइँदैनन् । दिनभरि टेन्सन । उपकरण ल्याउनुपर्यो, एक-एक उपकरणको ७० लाख, २ करोड, ३ करोडसम्म पर्छ ।
मैले त्यहाँ गएर तपाई लुगा खोलेर सुत्नुहोस् भन्यो भने उनी सुत्छिन् । किन ? किनभने उसले डाक्टरलाई दिएको इज्जत हो यो ।
उपकरण ल्याउँछन् । ग्राण्ड हस्पिटल भनेर विज्ञापन गर्छन् । तर, बिरामीको चाप त आउँदैन । नआएपछि अब के हुन्छ ? त्यो डाक्टर, जसको दिमाग बिरामीमा जानुपर्ने, स्वच्छ मनिस्थिति हुनुपर्नेमा उसको दिमाग जुनबेला पनि पैसा कसरी उठाऔं, कसरी तिरौंमात्रै होइन, पैसा कसरी कमाऔं भन्नेतिर जान्छ । मेरो घरमा स्विमिङ पुल छ कि छैन, कतिवटा पजेरो मोटर छ, छिमेकीभन्दा धनी छु कि छैन, मेरी श्रीमतीको कति गहना छ, म विदेशको टि्रप कति लगाउँछु यो सबैतिर हाम्रो सिको भयो ।
डाक्टरहरुले अस्पतालमा असाध्यै बढ्ता लगानी गरे, त्यो उठाउनुपर्यो । अर्कातिर सेवाको भावना धेरै-धेरै घट्यो र पैसै कमाउनेतिर लागे । सोसाइटी जस्तो, डाक्टरहरु उस्तै । र, डाक्टरजस्तो, सोसाइटी उस्तै । यो त परस्पर कुरो हो ।
मैले डाक्टर भएर राम्रोसँग बिरामीलाई उपचार गरें, व्यवहार राम्रो गरें, उसलाई सन्तुलित हिसाबले हेरें, उसको मैले घाँटी रेटिँन र उसलाई मैले धेरै खर्च गराइँन भनेदेखि यो सोसाइटी पनि त एक कान, दुई कान गर्दै राम्रो हुन्छ नि ।
डाक्टरहरु पढे लेखेका हुन्छन् । कोही पनि डाक्टर खान नपाउने हुँदैनन् । डाक्टर भएका मध्ये बाबुआमाले राम्रोसँग खान लाउन दिएकै मान्छेहरु पुगेका छन् । गरीबको त यहाँ ठाउँ नै छैन ।
डाक्टर खाए लाएको परिवारबाट आएको छ । उ झन खाए लाएको भएको छ । ऊ सबैभन्दा सम्वेदनशील हुनुपर्ने हो । सभ्य पनि हुनुपर्ने हो । मलाई खान पुगेको छ, मेरो सम्पत्ति छ भनेपछि मैले अब समाजलाई के दिऔं भनेर सोच्नुपर्छ । राष्ट्रलाई के दिऔं भनेर सोच्नुपर्छ । फुत्त बेलायत भागौं, फुत्त अमेरिका भागौं भनेर आफ्नोमात्रै स्वार्थ डाक्टरले हेर्न भएन ।
डाक्टरमा अलिकति समाजसेवा, राष्ट्र सेवा, जनताको सेवाको भावना आएन भने डाक्टरी पेशामा सम्वेदनशीलता रहँदैन ।
नेताले सुत् भन्दा कुनै केटी सुत्छे ?
डाक्टरी पेशा भनेको सबभन्दा सम्वेदनशील हो । शिक्षक केही मात्रामा सम्वेदनशील हुनुपर्छ । वकिलले त सम्वेदनशील हुने कुरै छैन । तर, डाक्टर भनेको वर्ग कस्तो हो भनेदेखि जनताले अति रेस्पेक्ट गर्ने पेशा हो ।
उदाहरणका लागि मेरो क्लिनिकमा कुनै स्वास्नीमान्छे आउँछिन् । मैले त्यहाँ गएर तपाई लुगा खोलेर सुत्नुहोस् भन्यो भने उनी सुत्छिन् । जस्ती केटी भए पनि, वयोवृद्धा भए पनि, अधबैंसे भए पनि लुगा खोलेर सुत्न तयार हुन्छिन् । किन ? किनभने उसले डाक्टरलाई दिएको इज्जत हो यो ।
डाक्टरको विश्वासमा उसलाई थाहा छ कि म त्यहाँ उसलाई केही गर्दिँन । मेरो मनमा उसलाई उपचार गर्ने मात्रै हुन्छ । हुन त म साथमा अर्को मान्छे पनि राख्छु । तर, मैले उनलाई लुगा खोल्न लगाएँ वा छामें भने उनले एकचोटि चाइँचुइँ गर्दिनन् । किन त ?
हामी डाक्टरहरुलाई जनताले यत्रो भरोसा गरेका छन् । यो विश्वास कम हो ? आज कुनै पोलिटिसियनले कुनै केटीलाई सुत् भन्दा सुत्छे ? सुत्छे त्यो केटी ? आज कुनै अरु पेशाको मान्छेलाई तपाई मेरो कोठामा आएर सुत्नोस् भन्दा कोही सुत्छ ?
यसबाट बुझ्नोस् कि डाक्टरहरुलाई जनताले के विचार गरेका छन् ? कुन विचारमा हिँडाएका छन् ? डाक्टरमाथिको कस्तो विश्वास हो बिरामीहरुको ? डाक्टरले यसको गुन अलिकति पनि नफर्काउने बिरामीलाई ? अलिकति पनि नफर्काउने ? यत्ति पनि नफर्काउने ?
डाक्टरहरुले समाजलाई यही इज्जतले, यही नजरले हेर्नुपर्छ । विरामीलाई बढ्ता पैसा खर्च गराउने, उसलाई ठगी गर्ने, ऊसँग पैसा चुस्ने गर्नुहुँदैन
कहिलेकाँहि डाक्टरहरुले नचाहिने काम पनि गरेका छन् । कहिलेकाँहि बिरामीले पनि त्यस्तो काम गरेका छन् । इण्डियामा बस्दाखेरि मलाई थाहा छ, जवान केटीहरु डाक्टर कहाँ आउने, भित्र गएर डाक्टरले जाँच्न, छाम्न थालेपछि चिच्याइदिने । मलाई डाक्टरले हातपात गर्यो भनिदिने । यस्तोमा डाक्टरविरुद्ध कयौं मुद्दासमेत चलेको छ । भारतमा कतिचोटि यस्ता केसहरु भएका छन् । मलाई डाक्टरले बलात्कार गर्न खोज्यो भनेर मुद्दा चल्ने गरेका छन् । तर, त्यो थोरै मात्रामा छ ।
हामी डाक्टरहरुले के बुझौं भने हामीलाई समाजले कत्रो कत्रो इज्जत दियो, जुन कुराले गर्दा आज हामीले कुनै महिलामाथि जे गर्दा पनि उसले केही बोल्दिन । यत्रो इज्जत कुनचाँहि पेशाले पाउँछ ?
त्यसैले हामी डाक्टरहरुले समाजलाई यही इज्जतले, यही नजरले हेर्नुपर्छ । विरामीलाई बढ्ता पैसा खर्च गराउने, उसलाई ठगी गर्ने, ऊसँग पैसा चुस्ने गर्नुहुँदैन ।
डाक्टरको शुल्क
अहिले सरकारले भर्खरै डाक्टरको फी वर्गअनुसार ३ सय देखि ४५० सम्म लिन पाउने तोकेको छ । त्यो हिसाबदले मैले ४ सय ९० लिन पाउँछु । तर, मैले २ सय रुपैयाँ मात्रै लिने गरेको छु । अरुले ५ सयको हाराहारीमा लिइरहेका छन् । अहिले मैले एमबीबीएस डाक्टरको भन्दा पनि मा पैसामा बिरामीलाई हेरिरहेको छु । बिरामीले मलाई डाक्टरसा’प तपाईँले किन यति थोरै पैसा लिएको भनेर सोध्छन् ।
मेरो १५ रुपैयाँ थियो, ठूलाको २५ थियो । वीरेन्द्रले १५ बाट घटाएर ७ रुपैयाँ पुर्याइदिए
हाम्रो डाक्टरी पेशामा त उहिले चार्जको कुरै थिएन । औषधि उपचार गर्ने, उसले खुशीले जे दिन्छ, त्यही लिने । तर, समाज पनि यस्तो भइदियो कि डाक्टरलाई केही पनि नदिने । यसले गर्दा हामीले चार्ज लिनुपर्यो । तर, मैले बिरामीसँग ५ सय लिने क्राइटेरिया के हो ? कोही दिन नसक्ने अवस्थामा छ । अर्को करोडपति छ । उसँग ५ सय मात्रै किन ? यसले त ज्यान बचाए वापत पाँच लाख पनि दिन सक्छ । यसबाट बुझ्नोस्, हामी डाक्टरको क्राइटेरिया छैन ।
हामीले आफ्नो विवेकले पैसा लिनुपर्ने हो । तर, हाम्रो के भइरहेको छ भने सकेसम्म छिटो पैसा बनाऔं । दिनको ५० जना बिरामी हेर, हरेकसँग पाँच/पाँच सय लेऊ, कति पैसा हुन्छ ? यो हिसाबले डाक्टरले कति कर तिर्छ ? यो मलाई बताउनोस् त । यो पनि हेर्नुपर्यो नि ।
राजा वीरेन्द्रले शुल्क घटाए
एउटा इन्टे्रस्टिङ्ग कुरा छ । राजा वीरेन्द्र भर्खरै राजगद्दीमा बसेका थिए । उनी भर्खरका नौजवान थिए । पहिलो क्याबिनेटबाट उनले लोकपिय निर्णय गर्नुपर्ने थियो । उनले पहिलो निर्णय के गरे, तपाईलाई थाहा छ ? अब उप्रान्त डाक्टरहरुले आफ्नो क्लिनिकमा सात रुपैयाँ भन्दा बढी लिन पाइँदैन । त्यो आजसम्म राजपत्रमा छ ।
त्यसबेला डाक्टरको फी २५ रुपैयाँ थियो । मेरो १५ रुपैयाँ थियो, ठूलाको २५ थियो । वीरेन्द्रले १५ बाट घटाएर ७ रुपैयाँ पुर्याइदिए । त्यो बेला एक दुई जना सिनियर डाक्टरले हामी यति पैसामा काम गर्न सक्दैनौं भनेर क्लिनिक बन्द गरिदिए । पछि फेरि चलाए ।
परिवर्तन न समाजमा आयो, न डाक्टरमा
आज हामी डाक्टरले जनताको पकेटमा कतिवटा प्वाल पार्ने ? यो महंगो, त्यो महंगो । डाक्टरले भन्न पाउँदैन कि यति नगरे मैले खान पाउँदिन । किनभने डाक्टरले खान पाएको छ । ऊ खान पाउने परिवारबाटै आएको छ । उसले वालबच्चालाई पनि बढाउन सकेको छ ।
मेरो भनाइ के हो भने हामी डाक्टरहरुमा अलि बढ्ता समाज सेवाप्रति ध्यान पुर्याउनुपर्यो । राष्ट्रप्रति ध्यान दिनैपर्यो । फुत्त फुत्त बेलायत अमेरिकातिर भाग्न भएन । नेपालमा डाक्टरहरुको जरुरी छ । र, हामीले बिरामीसँग जुन पैसा लिन्छौं, त्यसमा हामीले अलिकति विचार गर्नुपर्यो ।
तर, यो काम कसले गर्ने ? सरकारमा जसले तोक्छन्, तिनले उनै डाक्टरसँग सल्लाह लिन्छन् । जनतासँग सोधेर पो गर्ने हो कि ? जनताले अहँ, १० रुपैयाँ दिन्छौं भन्लान् । भनेपछि समाज जसरी विकृतितिर गयो, लुट्नेतिर गयो, त्यो हामी डाक्टरहरुमा पनि आयो । समाजले हामीलाई लुट्छ, हामी समाजलाई लुट्छौं भन्नेतिर गइराखेको छ ।
समाजमा परिवर्तन आउनुपर्यो । अलिकति दायित्ववोध हुनुपर्यो । हक सबैलाई थाहा छ । अधिकार सबैलाई थाहा छ । तर, मेरो कर्तव्य के भन्नेकुरा न समाजमा आइदियो, न राजनीतिक पार्टीमा आइदियो, न डाक्टरमा आइदियो ।
.onlinekhabar.com
आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण ,संबेदनशील र अभिन्न अँग हो । त्यसैले गर्दा हाम्रो आँखाको हेरचाह राम्रो सँग गर्नु पर्छ। आँखालाई सधै स्वस्थ्य राख्नको लागि भिटामिन र अरु पोषक तत्वोयुक्त खाना खाने गर्नु पर्छ। हामीले समयमै आँखाको सहि हेरचाह गर्यौ भने सधैभरी आँखा स्वस्थ्य राख्न सकिन्छ।
आउनुस पढ्नुस आँखालाई स्वस्थ्य राख्ने तरिका र तिनका फाईदा...

१) हरियो सागसब्जी र फलफुल...:हामीले हाम्रो भान्सामा कहिले पनि छुटाउन नहुने हरियो साग सब्जी अनि फलफुलहरु जस्तै साग,धनिया हरियो लसुन ,हरियो तरकारी र फलफुल सधै खाने गर्नु पर्छ। यस्ले हाम्रो आँखालाई चाहिने पोषक तत्व प्रदान गर्दछ। हरियो तरकारी र फलफुलमा केरोटीनाइड मिल्दछ यसले आँखाको भित्री भागलाई स्वास्थ्य राख्दछ।
२) भिटामीन युक्त खानेकुराःभिटामीन ए, बी,सी र ई युक्त खानेकुरा बढि खाने गर्नु पर्दछ । यस्तो खाना खानाले आँखा स्वास्थ्य त हुन्छ नै यसले आँखामा हुने मोतियाबिन्दुबाट पनि सधैका लागि मुक्त बनाईदिन्छ।
३) बदामःबदाममा भिटामीन पाईने हुनाले ,सधै भरि राति बदामलाई पानीमा भिजाएर बिहान उठेर खाने गर्नाले पनि आँखालाई धेरै फाइदा हुन्छ।
४) माछाःमाछामा ओमेगा ३ फ्याटी यसिड पाईने हुँदा यस्ले आँखालाई धेरै फाईदा पुर्याउँदछ।एउटा ताजा खोजका अनुसार माछा खानाले आँखाको ज्योती राम्रो हुन्छ।
५) अण्डाःअण्डामा ल्यूटिन व जीजेथिन् नामको तत्वबाट क्यारोटिनायड्सको निर्माण हुन्छ र यस्ले आँखाको कोषलाई धेरै फाईदा पुर्याउँदछ। त्यसैले दिनको एउटा अण्डा खानाले आँखा स्वास्थ रहन्छ।
डा. राजेन्द्र भद्रा मेरो यौनांगमा लामो घुमाउरो रौं छ, जुन चाँडो-चाँडो बढ्छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ होला ? अन्य जनावरको तुलनामा मानिसको शरीरमा रौं कम हुनेजस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने केही ठाउँ छोडेर हाम्रो शरीरको सतहभरि नै रौं हुन्छ । हत्केला, पैताला, औंलाको टुप्पोको पछिल्तिरको भाग, ओठ, लिङ्ग मुन्ड, भगांकुरको मुण्ड तथा सानो भगोष्ठको भित्री भाग रौं नहुने क्षेत्र हुन् । हाम्रो शरीरमा भएको रौं निकै पातला भएकाले सजिलै देखिँदैनन्। रौं छालाकै परिवर्तित रूप हो। रौं रौंको बीजकोषमा विकसित हुन्छ र त्यहाँ रौंको जरा र मध्य भागको केही भाग हुन्छ भने बाँकी मध्यभाग छालाको सतहदेखि बाहिर निस्किएको हुन्छ। यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ। किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौन चिन्हमध्ये एक हो। काखीमुनी र यौनाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौंहरू बाक्लो र मोटो भएर आउँछन्। पुरुषहरूमा अनुहारमा दाह्री जुँगाका रूपमा तथा छातीमा पनि बाक्लो रौं आउँछ।
यौन केश के हो ? यौन अंगको वरिपरि आउने बाक्लो तथा मोटो किसिमको रौंलाई नै यौनकेश भनिन्छ। यौनकेश यस्तै १० देखि १५ वर्षको उमेरमा आउन थाल्छ। जातअनुसार यसको मात्रा र किसिममा फरक पर्न सक्छ। सामान्यतः तिब्बती-बर्मेलीभन्दा भारतेली-आर्य मूलका मानिसमा शरीरको अन्य भागमा बढी रौं हुनुका साथै यौनकेश पनि बढी र लामा हुन्छन्। पुरुषहरूमा पेटको तल्लो भागतिर त्रिकोण जस्तो बनाई यौनकेश उम्रन्छ भने स्त्रीहरूमा पेटतिरको भागसम्म हुन्छ। के कारणले केश चाँडो बढ्छ ? यौनाङ्ग क्षेत्रमा हुने केश योनिभित्र भने हुँदैनन्। अन्य भागमा भन्दा यौनाङ्ग वरिपरिको रौं स्वाभाविक रूपमै घुमाउरो हुन्छ। तपाईंले केका आधारमा चाँडो बढ्छ भन्नु भएको हो थाहा भएन। रौं खौरिनुभएकाले त्यस्तो लागेको त होइन ? फेरि कसरी यसको नाप लिनुभयो त्यो पनि थाहा भएन। यहाँ तपाईंको समस्या के हो भन्ने कुरा पनि भन्न सकिएन। टाउकाको केशभन्दा यौनाङ्गको रौंको वृद्धिदर कम हुन्छ। टाउकाको सालाखाला दिनमा शून्य दशमलव ४४ मिलिमिटर बढ्छ भने यौनाङ्गको केश शून्य दशमलव २२ मिलिमिटरका दरले बढ्छ। रौंको वृद्धिलाई तीन चरणमा बाँड्न सकिन्छ। Anagen phase मा रौंको वास्तविक वृद्धि हुन्छ। यो वर्षौंसम्म रहन्छ। त्यसपछिको catagen phase मा रौंको वास्तविक बृद्धि रोकिन्छ, तर रौंको बीजकोषले केही धकेल्ने भएकाले रौंमा केही वृद्धि देखिन्छ। Telogen phaseमा रौंको बीजकोष सुषूप्त अवस्थामा हुन्छ र यसको अवधि यस्तै १ देखि ४ महिना हुन्छ र पछि रौं र्झछ। ग्रीष्म याममा वृद्धिदर बढी हुने भए पनि यो न्यून नै हुन्छ। तपाईंलाई यौन सम्पर्कमा यौन केशले बाधा पुर्याउँछ कि भन्ने लागेको छ भने के भन्न चाहन्छु भने खानेमुखलाई जुँगाले छेक्दैन। यो उखानको अर्थ वृहद् भए पनि वास्तवमा जुँगा लामो हुँदैमा खान तथा पिउन नसकिने होइन। त्यसैगरी यौन अंगमा आएका रौं पनि यौनक्रियाकलाप तथा यौनसम्पर्कका लागि बाधक हुँदैनन्। कतिपयका लागि यी यौनकेश यौन आकर्षक हुनसक्छन्, जसले यौनसम्पर्कलाई सहयोग नै पुर्याउँछ। यौन केश आकर्षक हुने भए पनि कतिपयलाई यो मन पर्दैन। पहिरन र जीवन शैली फरक-फरक भएजस्तै व्यक्तिअनुसार शरीरमा भएको रौंलाई कसरी राख्ने वा सजावट गर्ने भन्ने कुरा फरक पर्छ। काखीमुनिको रौं खौरिने चलन विशेषतः युवतीहरूमा बढ्दो छ। नेपालमा नसुनिए पनि पश्चिमा मुलुकमा यौन केश (यौनअंग वरिपरिको केश) लाई सजावट गर्ने वा खौरने चलन छ। रौं हटाउँदा ध्यान दिनुपर्ने कुरा तपाईंले किन यो प्रश्न गर्नुभयो, यसको कस्तो समाधान खोज्नुभएको, स्पष्ट नभए पनि कतै तपाईंले यौन केश काट्ने वा खौरने गर्नुभएको त छैन ? यस्तो बेला चाँडो-चाँडो बढेजस्तो लाग्न सक्छ। यदि यौनकेश विकर्षक लागेकाले हटाउन खोज्नुभएको हो भने त्यसलाई हटाउने एउटा सजिलो उपाय यौनकेश ‘खौरिनु’ हुन सक्छ। रौं निकै लामो भए खौरिनुपहिले नै छोट्टयाउनुपर्छ। खौरिँदा प्रयोग गरिने क्रिम पर्याप्त लगाउनुपर्छ, जसले गर्दा रौं नरम होस्। एलर्जी नहुने किसिमको यस्तो क्रिमको प्रयोग अनिवार्यजस्तै मानिन्छ। ब्लेड एकदम धारिलो हुनुपर्छ, जसले गर्दा छाला नपाच्छियोस् । एक स्थानमा दुई पल्टभन्दा बढी ब्लेड चलाउनु हुँदैन। खौरिने काम सकिएपछि साबुनपानीले यौनअंग धुनुपर्छ। छाला केही पोलेजस्तो हुनबाट जोगिन पाउडरको प्रयोग उपयुक्त हुन सक्छ। एकपल्ट खौरिएपछि, फेरि रौं टुसाउन थाल्दा घोच्ने भएकाले यौनसम्पर्कमा असजिलो उत्पन्न हुन सक्छ। त्यसैले रौं फाल्ने क्रमलाई निरन्तरता दिनु आवश्यक हुनसक्छ। साप्ताहिक डा. राजेन्द्र भद्राले दिएको यौन जिज्ञासाको समाधानबाट !
जाडोको मौसम आउनेबित्तिकै निकै धेरै समस्याहरु आउने गर्दछन् । यो मौसममा रुघा, खोकी, ज्वरो त धेरैजसो मानिसहरुलाई आक्रान्त पारेको हुन्छ । शरिरले यी सबै समस्याहरु झेलेको अवस्थामा कफको समस्या पनि आफसेआफ आउने गर्दछ । यदि कसैलाई एलर्जी, दम र सुख्खा हावाको समस्या छ भने उनीहरुले कफको समस्या अझ बढि सामना गर्नुपर्ने हुन्छ । तुरुन्त राहतका लागि एलोप्याथिक उपचार सहि हुने भएता पनि कफ एउटा यस्तो समस्या हो जुन धेरै दिनसम्म चल्ने गर्दछ । यसबाट छुटकारा पाउनका लागि यहाँ केहि घरेलु तरिकाहरु दिएका छन्ः
१. हाइड्रेट गर्नुहोस्ः यदि तपाईंको शरिरमा पानीको कमी भएको खण्डमा शरिरबाट कफ निस्कन समस्या हुने गर्दछ । कफको समस्या भएकाहरुले तातो पानी पिउनुहोस्, यसले राहत प्रदान गर्नेछ ।
२. हट ड्रिङ्क्सः कफको समस्या भएको खण्डमा हट ड्रिङक्सले राहत प्रदान गर्नेछ जस्तै तातो सुप, तातो कफी अथवा चिया ।
३. महः एक चम्चा महको सेवन गर्नाले कफको समस्याबाट राहत प्रदान गर्दछ ।
४. तातो पानीले नुहाउनुः यदि घाँटीमा कफ धेरै छ र यसले गर्दा तपाईंको गला अवरुद्ध भइरहेको महसुस भएमा तातो पानीले नुहाउनुहोस् ।
५. सुख्खा हावाबाट बच्नुहोस्ः जाडोको मौसममा सुख्खा हावाबाट बच्नुहोस् । सुख्खा हावाले कफको समस्या हुने व्यक्तिलाई थप समस्या प्रदान गर्दछ ।
६. परफ्युम, धुँवा आदिबाट बच्नुहोस्ः आफूलाई उकुसमुकुस महसुस हुने ठाउँमा सकेसम्म नबस्नुहोस् जस्तै निकै धेरै स्प्रे गरिएको ठाउँ, धुँवा अथवा कसैले धुम्रपान गरिरहेको ठाउँ ।
७. मसला चियाः कफको समस्या भएका व्यक्तिहरुलाई मसला चियाले राहत प्रदान गर्नेछ ।
८. कागती, दालचिनी र महः मह, दालचिनी र कागतीलाई हल्का तताएर खानुहोस् । यसले तपाईंलाई निकै सहज महसुस गराउनेछ ।
९. लसुनः नुन हालेको पानीमा लसुनलाई टुक्रा पारेर हाल्नुहोस् र त्यसलाई पिउनुहोस् ।
१०. मह र ब्रान्डीः ब्रान्डीले शरिरको तापमान सहि राख्नमा मद्दत गर्दछ र तपाईंको शरिरलाई चिसोबाट बचाउन सहयोग गर्नेछ । एक चम्चा ब्रान्डीको सेवन अथवा त्यसलाई खुट्टामा लगाउनु लाभदायक हुन्छ ।
११. अमलाः शरिरबाट चिसो हटाउनु सबैभन्दा राम्रो तरिका अमलाको सेवन हो । यसलाई तपाईं घाममा बसेर खानुहोस् । (एजेन्सी)

प्याज बहुउपयोगी छ। यसले शरीरमा उत्पन्न हुने विकार हटाई स्वस्थ राख्न मद्दत गर्छ। नियमित प्याज खाँदा शरीरमा रोग प्रतिरोधक शक्ति बढाउँछ। प्याज खाँदा भोक वृद्धि गरी भोजनलाई स्वादिष्ट बनाउँछ। हरियो प्याजमा 'एम' नामक एक दिव्यकिरण रहने भएकाले यसको सेवनपश्चात् सम्पूर्ण सुस्तीनास भई प्रत्येक नसानसामा उत्साह र उत्तेजना सञ्चार हुन्छ।
बारीबाट उखेलेको करिब एक घन्टासम्म यो किरण सक्रिय रहन्छ।
प्याज तीन सय २५ किसिमका हुन्छन्। यसमा विशेष प्रकारका रागहरू हुन्छन्। स्वस्थ मुटुका निम्ति नियमित प्याज सेवन गर्नु राम्रो मानिन्छ। प्याजबाट प्राथमिक उपचार निकै सफल छ। प्राय: सबैको घरमा प्याज उपलब्ध हुने भएकाले घरका सबै सदस्यले यसको महत्त्व बुझेर व्यवहारमा उतार्नु सही हुन्छ। प्याजबाट साध्यअसाध्य दुवै रोगमा फाइदा पुग्छ।
यसबाट प्राप्त फाइदा धेरै भए पनि विशेष गरेर मुटु, फोक्सो, नसा, हड्डी, रक्त अल्पता, मधुमेह, यौन दुर्वलता, उच्च- निम्न रक्तचाप, ग्यास्ट्रिक र महिलाजन्य समस्याका साथै स्वप्नदोष, श्वेत एवं रक्तप्रदर, नपुंसकता, आन्तरिक शुद्धीकरण, डन्डिफोर, छालाका समस्या, चाया, फुन्सी, आदिमा लाभदायक छ। यीबाहेक निम्न समस्याका प्राथमिक उपचारमा प्याज ओखती बन्न सक्छ :
कुकुरले टोकेमा : कुकुरले टोकेमा तुरुन्त प्याजको रस प्रयोग गरेमा विषको असर कम हुन्छ।
सर्पले टोकेमा : रोगीलाई उभ्याउने र विष शरीरमा फैलिन नपाओस् भनेर डसेको ठाउँमा माथि र तल कसेर कपडाले बाँध्ने। अब बिरामीलाई दुईतीन चम्चा प्याजको रस पियाउने। विषको प्रभाव धेरै छ भने आधा घन्टाभित्रै तीन चम्चा रस खुवाउने।
बिच्छीले टोकेमा : सर्पले टोकेको जस्तै बिच्छीले टोक्दा पनि त्यसै गरी कपडाले बाँध्ने। यसको विषलाई पनि प्याजद्वारा प्रभावहीन बनाउन सकिन्छ। प्याजको रसमा भुटेको जीरा पिँधेर हाल्ने। उक्त मिश्रण राम्रोसित घोली सफा कपडा अथवा रुईले मिश्रणलाई प्रभावित अंगमा लगाउनुपर्छ। केही समयसम्म यस क्रियालाई दोहोर्याउँदा बिच्छीको विषको प्रभाव हट्छ।
कनखजुरा-दंश : कनखजुराले केवल कानमा मात्रै छिरेर टोक्दैन यसले कुनै पनि अंगमा डस्नसक्छ। प्याजसँगै लसुन पिँधेर प्रभावित अंगमा लगाउँदा दु:खाइका साथसाथै विषबाट पनि मुक्ति मिल्छ। यदि कनखजुराको डसाइ गम्भीर खालको छ भने लगातार दुई दिनसम्म लेप लगाउनुपर्छ।
मधुमक्खीले टोकेमा : यसको डसाइले मरेतुल्य पार्छ। यसको पीडाबाट बच्न एवं विषको प्रभाव नष्ट पार्न पिसेको प्याजमा 'नौसादर' मिसाई लगाउनुपर्छ। तम्बाखु, चुरोट र खैनीको कारणले चक्कर लाग्ने आदि समस्यामा पनि आधा कप प्याजको रस पिउँदा राहत हुन्छ।
जुनसुकै चोट लाग्दा प्याजको रसको प्रयोगले सुन्नेको र दु:खाइमा आराम पुर्याउँछ। प्याजको केस्रालाई तोरीको तेलमा हल्का तरिकाले भुट्ने र हल्का तातोतातो पट्टीलाई फैलाएर बाँध्नुपर्छ, घाउँ चाँडै भरिन्छ।

अदुवा हालेको चिया सबैले खान्छन् । तर त्यसका फाइदाबारे सबैलाई थाहा नहुन पनि सक्छ । जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ ।अदुवामा भिटामिन सीको मात्र उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ । अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ ।
- अदुवाको सेवनले कफ र वायुसम्बन्धि रोग हुन दिँदैन । अदुवाको सेवनले भोक लाग्छ र पाचनशक्तिलाई बलियो बनाउँछ ।
- स्वास्थ्यमा फाइदा
- ज्वरो-अदुवा र पुदिनाको काढा बनाएर पिउनाले ज्वरो हराउँछ ।
- भोक लाग्ने-अदुवाको टुक्रा काटेर नून छरेर खाँदा कब्जियतको समस्या हट्छ र भोक लाग्दछ ।
- खोकी-अदुवाको रसमा मह राखेर चाट्नाले खोकी कम हुन्छ ।
- रुघा-अदुवा राखेको चिया पिउनाले रुघा लाग्दा आराम मिल्छ ।
- उल्टी-बारम्बार उल्टी भएमा अदुवाको रसमा प्याजको रस मिलाएर पिउनाले उल्टी रोकिन्छ ।
- पेट दुःख्ने-अदुवा र पुदिनाको रसमा थोरै नून मिलाएर पिउनाले पेटको दुःखाइमा आराम मिल्छ ।
- सौर्न्दर्यमा फाइदा
- -अदुवाले एन्टीएजिंगको काम गर्छ । अदुवाको सेवनले छाला लामो समयसम्म जवान देखिन्छ ।
- -सँधै बिहान खाली पेटमा अदुवा चपाउनाले छाला आकर्ष र सफा देखिन्छ ।
- -अदुवाको रस धेरै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउनाले छाला चम्किलो देखिन्छ ।
किन खाने अदुवाको चिया ?
१ बान्त हुने र विरामी पर्ने हुँदैन
कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।
२ पाचन प्रणालीमा सुधार
अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।
३ दुखाइमा पनि औषधी
अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।
४ श्वाप्रश्वासको समस्यामा औषधी
अदुवाको चियाले श्वाप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।
५ रक्त सञ्चारमा सुधार
अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।
६ महिनाबारीको समाधान
अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ ।
७ रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।
८ दिकदारी कम गर्छ
अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ । एजेन्सी
के हो मधुमेह ?
मधुमेह रगतमा चिनीको मात्रा बढी हुने रोग हो । इन्सुलिन नामक हर्मोनको उत्पादनमा कमी आउँदा वा इन्सुलिनले काम गर्न नसक्दा मधुमेह हुन्छ । इन्सुलिनले रगतको ग्लुकोजलाई शक्तिका रूपमा प्रयोग गर्न सहयोग गर्दछ । साथै बढी भएको ग्लुकोजलाई ग्लाइकोजनमा परिणत गरी सञ्चय गर्छ । तर, इन्सुलिनको कमी भएपछि शरीरले ग्लुकोजलाई प्रयोग गर्न र ग्लाइकोजनको रूपमा सञ्चय गर्न सक्दैन र रगतमा ग्लुकोजको मात्रा अनावश्यक बढ्न जान्छ । बिहान खाली पेटमा रगत जाँच्दा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ ।
यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना भएकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दुई सय मिलिग्रामभन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ भने १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । रगतमा ग्लुकोजको मात्रा १८० मिलिग्रामभन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर मधुमेह पत्ता लगाउन सकिन्छ । एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । ८–१० घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०–१०० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएको २ घण्टामा जाँच्दा यो मात्रा करिब १४० मिलिग्रामसम्म पुग्न सक्छ ।
मानिसले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । शक्ति शरीरभित्र रहेका सेल्स (कोशिकाहरू) भित्र हुन्छ । ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिनले गर्छ । इन्सुलिन पेटको प्यान्क्रियाज ग्रन्थीले उत्पादन गर्छ । यो ग्रन्थी रोगग्रस्त भएको अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरूप ग्लुकोज कोशिकाभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ र पिसाबबाट बाहिर निस्कन थाल्छ । यसले गर्दा शक्ति उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान थाल्छ ।
यो अवस्थामा रगतमा ग्लुकोजको मात्रा अत्यधिक बढेको हुन्छ भने कोशिकामा शक्तिको उत्पादन हुन नसकेर शरीर कमजोर हुँदै जान्छ । यही अवस्थालाई डाइबिटिज वा मधुमेह भनिन्छ । मधुमेहलाई चार किमिसमका वर्गीकरण गर्न सकिन्छ – टाइप वान, टाइप टु, जेस्टेस्नल र सेकेन्डरी ।
टाइप वान
यसमा इन्सुलिनको उत्पादन शून्य हुन्छ । त्यसैले यसलाई इन्सुलिनमा निर्भर रहने मधुमेह भनिन्छ । कुल मधुमेह रोगीको करिब १० प्रतिशतमा पाइने टाइप वान मधुमेह प्रायः बालबालिका र दुब्ला मानिसमा देखिन्छ । मधुमेहको लक्षण पनि छिटो देखापर्छ । यसमा इन्सुलिन सुई लिनैपर्ने हुन्छ । छिनछिनमा पिसाब लाग्ने, भोक तथा तिर्खा बढी लाग्ने, तौल अचानक घट्ने, अधिक थकान महसुस हुने यसका लक्षण हुन् । यो मधुमेह प्यान्क्रियाजमा भाइरसको संक्रमण, अटो इम्युन (आर्फ) र ५ प्रतिशतजति वंशाणुगत कारणले हुन्छ । यो अधिकांश आफंै हुने मधुमेह भएकाले यसबाट बँच्ने कुनै उपाय हँुदैन ।
टाइप टु
टाइप टु मधुमेह लाग्दा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा हुँदैन र इन्सुलिनले उचित मात्रामा काम पनि गर्न सक्दैन । यो मधुमेह नेपालमा सबैभन्दा बढी देखिएको छ । करिब ९० प्रतिशत मधुमेह रोगीमा टाइप टु मधुमेह पाइन्छ । यो प्रायः ४० वर्षभन्दा बढी उमेरका मानिसलाई देखिने भए पनि केहीलाई २० वर्षमा पनि देखिएको छ । मोटोपना र अस्वस्थकर जीवनशैलीबाट बढी हुने भएकाले यसलाई नियन्त्रण गर्न सकिन्छ । केहीलाई वंशाणुगत कारणले पनि हुन्छ । यदि वंशजमा छ भने जीवनशैली परिवर्तन गरे केही हदसम्म यसबाट बँच्न सकिन्छ । यो ३० देखि ५० प्रतिशतलाई कुनै पनि लक्षणबिनै देखिन सक्छ । शरीर कमजोर हुने, खुट्टा झमझम गर्ने, पिसाबमा कमिला लाग्ने, लामो समयसम्म घाउ निको नहुने यसका लक्षण हुन् । समयमै ध्यान दिए यो मधुमेहबाट बँच्न सकिन्छ ।
जेस्टेस्नल (गर्भावस्थामा हुने)
यो मधुमेह गर्भावस्थामा देखिन्छ र बच्चा जन्मिएपछि आफंै ठीक भएर जान्छ । यस्तो अवस्थामा बिरामीलाई औषधि दिन नमिल्ने भएकाले इन्सुलिन मात्र दिइन्छ । यो करिब ४ प्रतिशत गर्भवती महिलामा भेटिन्छ । यस्तो अवस्थामा मधुमेह देखिएका करिब ५० प्रतिशत महिलालाई बच्चा जन्मिएको ५ वर्षभित्र टाइप दुई मधुमेह हुने खतरा रहन्छ । गर्भको बच्चालाई तत्काल असर नपु¥याए पनि अनियन्त्रित जेस्टेस्नल मधुमेहले आमा र बच्चा दुवैलाई असर पु¥याउन सक्छ । यसले नर्मल डेलिभरीलाई खतरापूर्ण बनाइदिन सक्छ । शिशुको काँधमा चोट आउने तथा श्वासप्रश्वास समस्या हुन सक्छ । यस्तो अवस्थामा सिजरियन प्रसूतिको आवश्यकता पर्न सक्छ । जेस्टेसनल मधुमेह भएका आमाबाट जन्मिएका बच्चामा पछि गएर मोटोपनको सिकार हुने र टाइप टु मधुमेहबाट पीडित हुने सम्भावना हुन्छ । यस्ता समस्याबाट पीडित भएका महिलाले समय–समयमा ब्लड ग्लुकोजको मात्रा जाँच गरिरहनुपर्छ र नियन्त्रणको प्रयास गर्नुपर्छ ।
सेकेन्डरी
यो मधुमेह स्टेरोइड औषधिको प्रयोग, स्टेरोइड हर्मोनको गडबडी, प्यान्क्रियाज ग्रन्थीका रोग तथा वंशाणुगत रोग (डाउनसिन्ड्रम) का कारणले हुन्छ ।
जतिसक्दो चाँडो उपचार
डा. अंशुमाली जोशी, मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ, अल्का अस्पताल
मधुमेहबाट दीर्घकालीन प्राणघातक परिणाम नजन्मियोस्, भन्नका लागि जनचेतना जगाउन आवश्यक छ । सबैभन्दा पहिले खानपान र व्यायामबाट मधुमेह नियन्त्रणमा ल्याउने प्रयास गर्नुपर्छ, आएन भने औषधि खानैपर्ने हुन्छ । उच्च रक्तचाप र मधुमेह समान प्रकृतिका रोग हुन् । यी दुवै रोग लागेको खण्डमा शरीरका अंगलाई दुईदेखि चार गुणा बढी नकारात्मक प्रभाव पर्छ । हृदयाघात, मस्तिष्कघात, मिर्गौलाघात, दृष्टिघात र अंगघात हुने सम्भावना एकदमै बढेर जान्छ । यसकारण रोगको गम्भीरता बुझ्नु आवश्यक छ । मुख बारेर, व्यायाम गरेर, औषधि खाएर पनि मधुमेह नियन्त्रणमा आएन भने इन्सुलिन लगाउनुपर्छ । इन्सुलिन सुईले अंग बिग्रने क्रम रोक्छ र रगतमा चिनीको मात्रा राम्ररी नियन्त्रण गर्छ । त्यसैले इन्सुलिन लगाउन डराउनु पर्दैन । रगतमा ग्लुकोजको मात्रा बढ्ने तर लक्षण नदेखिएमा बिरामीले औषधि उपचारतर्फ ध्यान दिँदैनन् । त्यस्तो अवस्थामा उपचार नगराउँदा अलि–अलि बढेको ग्लुकोजले पनि आँखा, दिमाग, मुटु, मिर्गौलामा असर पार्न सक्छ । यसकारण मधुमेहको उपचार जति सक्यो, चाँडो सुरु गर्नुपर्छ । त्यसैले मुधमेहका बिरामीले प्रत्येक ६–६ महिनामा आँखा, दिमाग, मुटु, मिर्गौलालगायतको परीक्षण गराउनुपर्छ ।
मधुमेहीका तीन शत्रु
डा. ओममूर्ति अनिल, डिएम, कार्डियोलोजी
मधुमेह भएका बिरामीमा हृदयाघात हुने सम्भावना दुई–तीन गुणा अधिक हुन्छ । यदि मधुमेह रोगीलाई उच्च रक्तचाप छ भने हृदयाघातको सम्भावना झन् बढी हुन्छ । मधुमेह र उच्च रक्तचापसँगै धूमपान पनि गरेमा यस्तो सम्भावना निकै गुणा बढी हुन्छ । यससँगै उच्च कोलेस्टेरोल पनि छ भने हृदयाघात हुने निश्चित हुन्छ । त्यसैले मधुमेहका बिरामीका लागि उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र धूमपान तीन प्रमुख शत्रु हुन् । मधुमेहका बिरामीको कोलेस्टेरोल नै फरक खालको हुन्छ । यस्तो कोलेस्टेरोल मुटु वा अरु रक्तनलीमा टाँसिने किसिमको हुन्छ । यसलाई ‘अथ्रोजेनिक डिस्लिपिडेमिया’ भनिन्छ । यसैगरी धूमपान गर्नेको कोलेस्टेरोल पनि फरक किसिमको हुन्छ । धूमपानले नराम्रो कोलेस्टेरोललाई रक्तनलीको भित्तामा टाँसिने प्रक्रिया बढाइदिन्छ । त्यसैले यस्ता व्यक्तिले धूमपान गरेमा हरेकपटकको सेवनसँगै हृदयाघातको खतरा बढ्दै जान्छ । मधुमेह भएका बिरामीले खाली पेटमा वा खाना खाएर गरेको सुगरको ल्याब रिपोर्टमा मात्र ढुक्क भएर बस्नुहुँदैन । उनीहरूले ग्लाइकोसाइलेटेड हेमोग्लोविन (एचबिएवानसी) पनि परीक्षण गराउनुपर्छ । त्यसो गर्दा पनि सुगर नदेखिएमा मात्र ढुक्क हुनुपर्छ । मधुमेहका बिरामीमा रक्तचाप १३०/८० को वरिपरि हुनुपर्छ । खराब कोलेस्टेरोल १३० एमजी हुनु पनि खतरा मानिन्छ । मधुमेहका बिरामीले दैनिक कम्तीमा एक घण्टा हिँड्नु आवश्यक छ ।

अत्यन्त चिसोमा सबैले सावधानी अपनाउनुपर्छ । तर यस्तो मुटुको रोग र उच्च रक्तचाप भएकाहरूले झन् विषेश सतर्कता अवलम्बन गर्नु आवश्यक छ । यो मौसममा छातीमा पीडा, हृदयाघात, मुटु, उच्च रक्तचापको समस्या लिएर विशेषज्ञकहा पुग्ने बिरामीको संख्या बढ्ने गरेको पाइन्छ । तापक्रममा कमी र चिसोमा बढोत्तरीले मुटु रोगीको समस्यामा वृद्घि हुन्छ । जाडो याममा रगत जम्ने खतरा उत्पन्न गर्ने प्रोटिनको स्तरसँगै रक्तचाप समेत बढ्छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको शल्यक्रिया विभागका अध्यक्ष एवं त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. भगवान् कोइराला जाडो मौसममा मुटुको समस्या लिएर आउनेहरू धेरै हुने गरेको बताउँछन् । चिसोमा सामान्यतः रक्तचाप बढ्ने गरेको पाइन्छ । यस्तो बेला रक्तनली खुम्चिनाले रक्तचापमा वृद्घि देखिने गरेको हो । जाडो याममा मुटु रोगीका लागि समस्या अलि बढी हुने उल्लेख गर्दै सहिद गंगालाग राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. मनबहादुर केसी भन्छन्, 'गर्मी याममा मुटु रोग नियन्त्रित भएकाहरूमा पनि जाडोमा अनियन्त्रित देखिने गरिन्छ ।' जाडो मुटु स्वास्थ्यका लागि प्रतिकूल मौसम रहेको जनाउँदै डा. केसी जाडो यामले मुटुका गम्भीर रोगीहरूलाई दुर्घटना निम्त्याउन सक्ने समेत बताउँछन् । जाडो याममा मुटुले रगत पम्प गर्न गर्मीको दाँजोमा बढी शक्ति खर्च गर्नुपर्ने हुन्छ । जाडोयाममा रक्तचाप बढ्ने, छाती दुख्ने (एन्जाइना) लगायत मुटुको समस्यामा वृद्घि पाउने गरिएको उल्लेख गर्दै गंगालालको कार्डियोलजी विगाग प्रमुख डा. यादव भट्ट भन्छन्, 'यो समस्या मध्य वयका, चुरोट खानेहरू र मुटुको समस्या भएकाहरूमा बढी देखिन्छ ।'मुटु रोग भएका र बूढापाकाहरूले जाडो याममा बढी ध्यान दिनुपर्ने डा. केसीको सुझाव छ । 'मुटुको गम्भीर रोग भएकाहरूले जाडोमा बढी ध्यान दिनुपर्छ, अझ एक पटक हृदयाघात भएकाहरूले यो मौसममा बचाउका बढी उपाय गर्नुपर्छ ।'त्यस्तो उपाय स्वरूप मुटु सम्बन्धी समस्या भएकाहरूका लागि यो मौसममा देखिने नकारात्मक प्रभावलाई कम गर्न सकिन्छ । शरीरलाई न्यानो राख्नु, हावाको आवतजावत कायम राख्दै कोठालाई न्यानो पार्नु, बढी चिसोमा एक्कासि ननिस्किनु त्यस्ता केही उपाय हुन् । यस्तै उच्च रक्तचाप र मुटुका रोगीले मर्निङवाकमा निक्लनु हुन्न । त्यस्ता व्यक्तिहरूले घाम लागेपछि पैदल हिँड्नु मात्रै राम्रो हुन्छ । जाडो मौसममा चिसोले गर्दा रक्तनलीहरू खुम्चिएका हुन्छन् । अनि रगतको प्रवाह कम हुन्छ । पहिलेदेखि नै 'प्लाक' ले अवरुद्घ रहेको रक्त नली भएकाहरूमा रगतका नली बन्द हुने खतरा बढी हुने प्रा.डा. कोइराला औंल्याउँछन् । उनका अनुसार, जाडो मौसममा धमनी कडा भएर रक्त प्रवाहमा अवरोध आउनाले मुटुलाई कम मात्रामा अक्सिजन प्राप्त हुन्छ । यसले गर्दा हृदयाघात हुन सक्छ । यो स्थिति मुख्यतः मुटुका रोगी र पाकाहरूमा बढी देखिने गरेको छ । जाडोमा मुटु रोगीहरू न्यानो गरी बस्नु्पर्ने आवश्यकता समेत विज्ञहरू औंल्याउँछन् । चिसो याममा खानपान सन्तुलित नहुँदा मुटुको समस्या बढ्छ । त्यसैले जाडो याममा हल्का खाना खानुपर्छ, साँझ छिट्टै खाइसक्नुपर्छ । मद्यपान गर्ने भए थोरै गर्ने तर धूमपान भने गर्दै गर्नुहुन्न । अमेरिकास्थित म्यासाचुसेट्स जनरल हस्पिटलको हृदय केन्द्रका अनुसार, जाडो याम हुने स्वास्थ्य सम्बन्धी जोखिमहरूमध्ये हृदयाघात मुख्य समस्या हो । 'कोरोनरी आर्टरी डिजिज' भएकाहरू र कोलेस्ट्रोलले मुटुको रक्तनली जमेकाहरू जाडो मौसममा हृदयाघातको उच्च जोखिममा रहने केन्द्रले जनाएको छ । त्यस्ता पीडितहरूले जाडो याममा छाती दुख्ने समस्या एन्जाइनाको अनुभूति गर्न सक्छन् ।
जाडोमा मुटु रोगीले
न्याना लुगा लगाएर मात्र घर बाहिर निस्कनुपर्छ
सिरेटोमा बस्नबाट जोगिनुपर्छ
शिरदेखि पाउसम्म ढाकेर बस्नुपर्छ
गरिष्ठ भोजन सेवन गर्नु हुन्न
पानी मज्जाले पिउने गर्नुपर्छ
व्यायाम गर्ने गर्नुपर्छ
शरीर तताउन एकै चोटि बढी श्रम गर्नु हुन्न
मद्यपान गर्नैपरे थोरै मात्र गर्नुपर्छ
धूमपान गर्दै गर्नु हुन्न