अमेरिकी राष्ट्रपति बराक ओबामाले नेपाल आउने इच्छा व्यक्त गरेका छन् ।
डेमोक्रेटिक पार्टीका स्थानीय नेता हरि शर्मासँगको भेटमा ओबामाले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका हुन् । शर्माले ओबामालाई नेपाल भ्रमणका लागि आग्रह गरेका थिए ।
शर्मासँगै अमेरिकी राष्ट्रपति ओबामाले एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष लोक तिवारीसँग पनि अमरिकामा रहेका नेपालीहरुका सन्दर्भमा कुराकानी गरेका थिए ।
ओबामाले डेमोक्रेटिक नेशनल कमिटीका सदस्यहरुलाई भेट्ने क्रममा डेमोक्रेटिक नेशनल कमिटीका सदस्य समेत रहेका तिवारीले अमेरिकामा नेपालीहरुको अवस्थाबारे जानकारी दिएका हुन् । भेटमा तिवारीले अमेरिकामा झण्डै तीन लाखको हाराहारीमा नेपाली र नेपाली मुलका अमेरिकनहरु रहेको तथा अमेरिकामा नेपालीहरु ब्यापार व्यवसायतर्फ अगाडि बढिरहेको जानकारी दिए ।
तिवारीले अमेरिकामा रहेका अधिकांश नेपालीहरु डेमोक्रेटिक धारका रहेको बताउँदा ओबामाले खुशी व्यक्त गरेका थिए । तिवारीले आफूले अर्गानिक कृषि फर्म र रेष्टुरेण्ट समेत संचालन गरिरहेको बताउँदा ओबामाले ‘तपाई आफ्नो अर्गानिक फर्म र रेष्टुरेण्टमा आउनका लागि मलाई निम्ता दिन खोज्नुभएको हो ?’ भन्दै हाँसेका थिए ।
टोकियो । दशैंको समयमा स्वदेशमात्र होइन विदेशबाट समेत घर जानेहरुको लर्को निक्कै लामो हुनेगर्छ । स्वदेशमा बस्नेहरु दशैंको समयमा आफ्ना सबै काम थाती राखेर पनि घर फर्किने र इष्टमित्र साथीभाईसँग रमाइलोसँग दशैं मनाउँने गर्छन् । दशैंको समयमा सहर सुनसान हुन्छन् भने गाउँहरु भरिभराउ बन्छन् ।
तर विभिन्न कारणबश विदेशिन बाध्य भएकाहरुलाई भने के दशैं के चाडबाड सधैं नै कामको चटारो नै हुनेगर्छ । तर जापानमा बस्ने नेपालीहरुले भने परिवार र आफन्तसँग टाढा भएपनि सामूहिक रुपमा रमाइलो गरी दशैं मनाउँदै जो जहाँ जसरी भएपनि खुसीसाथ दशै मनाउन सन्देश समेत दिएका छन् ।
म निजी विद्यालयमा शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माविमा पढाउनुहुन्थ्यो । दुई छोरा छोरी । काठमाडौंमा एउटा पुस्तैनी घर । हाम्रो भागमा बस्नलाई तीन कोठा । हामीलाई पर्याप्त थियो । घरभाडा तिर्नु नपर्ने भएकाले दुई बूढाबूढीको कमाइ छेलोखेलो थियो ।
एकदिन श्रीमानले के के सुनेर आउनुभयो, अनायास नै राति इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त सधैजसो इजरायलका बारेमा केही न केही नयाँ कुरा ल्याएर मलाई सुनाउन थाल्नुभयो । एकदिन मैले झर्को मान्दै भनें, ‘हामीलाई के काम इजरायलको गफ । नजाने गाउँको बाटै नसोध्नु ।’
‘किन र तिमी पनि जाऊ न इजरायल । अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ थोरै छ, होइन बरू म यहाँ केटाकेटी स्याहारेर बस्छु, हाम्रो पनि आथिर्क हैसियत अलि उकालौं । सधै यही तीन कोठामा जिन्दगी बिताउने ? भोलिका दिनमा छोराछोरीको विवाह पनि त गर्नुपर्छ, सोच न ।’
श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाब बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुपर्यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर उहाँले मलाई इजरायल जाने व्यवस्था मिलाइदिनुभयो । सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी अर्थात् अभिभावकको बढी आवश्यकता हुने बेलामा नाबालकहरूलाई छाडेर म इजरायल गएँ ।
इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान र छोराछोरीबाट टाढा नभएकी म एक्कासि सात समुद्रपारि पुगेकी थिएँ । मनलाई सम्झाउन निकै कठिन भैरहेको थियो । इजरायलमा काम गर्न र एडजस्ट हुन निकै कठिन भयो । नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । केयर गिभर भनिएपनि म घरकी नोकर्नी नै थिएँ । सुरुसुरुमा त कति रोएँ कति । तर के गर्नु सबै भताभुङग बनाएर म त्यता पसेकी थिएँ । फकिर्एर फेरि के गर्ने ?

मेरो तलब आएकै दिन म सबै पैसा श्रीमानलाई पठाइदिन्थें । मलाई खान बस्न पैसा खर्च नहुने । एकदिन पाउने बिदामा पनि त्यही घरमा काम गरिदिए अतिरिक्त आम्दानी हुने हुँदा फोन गर्न र सानोतिनो खर्च त्यही पैसाले पुगिहाल्थ्यो । मेरो महिना सुरु हुन नपाउँदै श्रीमानको लिस्ट आइहाल्थ्यो । म कहिलेकाहीँ भन्थें ‘जुन उद्देश्य लिएर म त्यहाँ पुगेकी छु, त्यो पहिले पूरा गरौं । यसरी फाल्तु खर्च किन गर्ने ?’
‘तिमी तीन–चार वर्ष बसिहाल्छयौ, त्यहाँ पैसा भैहाल्छ, हाम्रा योजनाहरू पूरा गर्नुपर्छ ।’ उहाँले भन्नुहुन्थ्यो ।
मैले पैसा बचत गर्न सम्झाइरहन्थें । एकदिन श्रीमानले फोन गरेर भन्नुभयो ‘साथीहरूले मिलेर एउटा + २ सम्म पढाइ हुने स्कुल चलाउन हामीलाई पनि पैसा हाल्न भनेका छन् । तिमीले त्यहाँ ऋण गरेर भए पनि १० लाख पठाइदेऊ न । स्कुलमा लगानी गरेपछि त आम्दानीको राम्रो स्रोत भैहाल्छ ।’
कुरा राम्रै लाग्यो । साथीहरूसित ऋण लिएर मैले आठ लाख पठाइदिएँ । ओभरटाइम पनि गरेर साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमानको भनाइअनुसार स्कुल राम्रैसित चलिरहेको थियो । मलाई साथीहरूको ऋण तिर्न १० महिना लाग्यो ।
११ महिनाको तलब थापेकी पनि थिइन, श्रीमानको फर्माइस आयो ‘स्कुलमा क्यान्टिनमा पनि आफैंले लगानी गरियो भने त अझ बढी आम्दानी हुन्छ, फेरि मलाई एकमुुष्ट पैसा पठाइदेऊ ।’ सबैभन्दा नजिकको सम्बन्ध श्रीमान श्रीमति कसरी शंका गर्ने ? फेरि ऋण गरेर ६ लाख पठाइ दिएँ ।
फोनबाट कुरा गर्दा छोराछोरी र सासू ससुरा सबै खुसी थिए । स्कुल खोलेर राम्रो भएको सबैबाट सुन्दै आएकीले म पनि खुसी नै थिएँ । जे होस अब नेपाल फकिर्एपछि त आफ्नै स्कुल हुन्छ भन्ने लागेको थियो ।

फागु पूणिर्माका दिन छोराले फोनमा रुँदै भन्यो, ‘मामु, बुबाले बर्बाद गर्नुभयो ।’
‘के भयो, किन रोएको, के गर्नुभयो बुबाले ?’छोराले बोल्न सकेन । फोनमा छोरीको फेरि आवाज आयो । ‘मामु बुबाले त अर्की विवाह गर्नुभएको रहेछ । आज रक्सी खाएर एउटा सानो बच्चालाई लिएर आउनुभएको थियो । हजुरबुबा–हजुरआमालाई हजुरहरूको नाति भनेर चिनाउनुभयो । हामीलाई तिमीहरूको भाइ हो भन्नुभयो । हजुरआमाले रिसाउँदै हकारेपछि बुबाले विवाह गरेको नै दुई वर्ष भै सकेको भन्नुभयो । तपाईलाई थाहा नहोस् भनेर नै बुबाले इजरायल पठाउनुभएको रे ।’
म छाँगाबाट खसेझैं भएँ । विगतका दिनहरू सबै नाच्न थाले आँखाअगाडि । ओहो, आज आएर सम्झदैछु । त्यो समयमा एकाएक आएको परिवर्तन झल्भली भयो । कसरी मलाई इजरायल पठायो ? कसरी मसितबाट सबै पैसा लियो ? सबै एकै पटक मथिगंलमा घुमे ।
मैले सासूसित कुरा गरें । सासूले पनि हो भन्नुभयो । श्रीमानलाई फोन गरें । फोन अफ छ । छोराछोरी रोएका रोयै छन् । चार दिनपछि राति श्रीमानको फोन उठ्यो । तर महिलाले फोन उठाइन् ।
मैले ‘तपाईं को ?’ भनेर सोधें ।
उनले भनिन् ‘म दिनेशकी श्रीमति’
‘दिनेशकी श्रीमति त म पो हुँ, तिमी को हौ ? दिनेश खोइ ?’
यति भन्नासाथ फोन काटिदिइन् । घरमा छोराछोरी मात्र थिए । सासू–ससुरासित पहिल्यै छुट्टिसकेकाले केटाकेटी आफै पकाएर खान्थे ।
म इजरायलबाट तुरुन्त आउन सक्ने अवस्थामा पनि थिइनँ । ऋण भएकाले नेपाल आएर पनि के गर्ने ? माइतीमा फोन गरेर भाइसँग रोएँ । भाइलाई स्कुलमा लगानी के कति छ बुझ भनें । मैले पठाएको पैसा स्कुलमा लगानी भएको त रहेछ तर सेयर होल्डरमा त कान्छी श्रीमतिको नाम रहेछ । क्यान्टिन पनि उसैले चलाएकी थिई ।
एउटा डान्स रेस्टुराँमा नाच्ने केटी ल्याएको रहेछ । मेरो पैसाले कान्छीको नाममा सेयर किनिदिएछ । अनपढलाई फेरि नाच्न त पठाउनु भएन भनेर होला क्यान्टिन खोलिदिएको । जे होस्, म र छोराछोरी बर्बाद भएका थियौं । छोराछोरीलाई सम्झाएँ । पढाइमा मन लगाऊ भनें । तर उनीहरूको पढाइ के भयो होला ? मैले जतिसक्दो चाँडो ऋण तिरेर नेपाल र्फकने कुरा भाइलाई सुनाएँ । भाइले भन्यो, ‘दिदी, हामी भान्जा भान्जीलाई ल्याएर राख्छौं, तिमी भोलिको दिनलाई पनि केही आफ्नो व्यवस्था गरेर मात्र फर्क ।’
दिन बित्दै गए । ऋण पनि तिरियो । म घर र्फकन्छु भन्दै थिएँ । छोराले फोनमा भन्यो ‘तिमीहरू मामा घरमा गएर बस म र सानीआमा यहाँ बस्छौ भनेर बुवाले भन्नुभयो, हामीले मानेनौं ।’
अब त्यो घर पनि गयो भने त बस्ने बास पनि हुँदैन । मैले छोराछोरीलाई मामाघर पनि नजाओ कोठा पनि नछोड भनें । यसबीच छोरीले एसएलसी उत्तीर्ण गरिन् । छोरो कुलतमा लाग्छ कि भन्ने चिन्ता थियो । मेरो त सब बर्बाद भैसकेको थियो । विवाहको रातदेखि अहिलेसम्म श्रीमानले मसित गरेको माया, सरसल्लाह, भावी योजना सबै सिनेमाका रिलझैं मेरा सामु नाचिरहेका थिए ।
म इजरायल आएको चार वर्ष भयो । छोराछोरी दुवै कलेज पढ्दैछन् । घरमा बाबु र सानी आमालाई आउन दिएनन् ।
छोरीको फोन आयो, उनले विवाह गर्ने रे । आफूसँगै पढ्ने पोखरा घर भएको केटासित । भनि ‘मामु आएर मेरो विवाह गरिदिनू ।’
म दसंैमा घर आएँ, नवमीको दिन छोरीको विवाह गरिदिएँ । बाबु आए । कान्छीलाई भने ल्याएका थिएनन् । तर छोरो साथै थियो । हाम्रो बोलचाल पनि भएन । छोरी घर गई ।
छोरो पनि इन्डिया पढ्न जान्छु भन्दैछ । भोलि उसको पनि विवाह होला । त्यसपछि मेरो साथमा को त ? छोराछोरी श्रीमान सब पर ।
एक मन भन्छ, समय अनुसार चल्नैपर्ने मान्छेको नियति हो । जब मान्छेले सत्यबोध गर्छ उसलाई कुनै कुराले दुखाउँदैन । मलाई पनि त्यस्तै भैरहेको छ ।
जिन्दगी एकपल्ट मिल्छ, एउटा असल व्यक्तिसित विवाह गरूँ कि ? जब श्रीमानको जरुरत बढी पर्छ ,त्यतिबेला मलाई धोका भएको थियो भने मैले उसको नाम लिएर किन बस्ने ?
तर समस्या केटालाई केटी फकाउन सजिलो हुन्छ होला र त दोश्रो विवाह सजिलै गर्छन् ।
तर म कसलाई भनूँ मसित विवाह गर्छौ भनेर ? के भन्ने सासुलाई ? नयाँ श्रीमान् चाहियो भन्ने ? मलाई धोका दिने श्रीमानलाई देखाउन भए पनि म अर्को विवाह गर्न चाहन्छु । तर कोसित …?

काठमाडौँ, १० असोज । अमेरिकाले सन् २०१६ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १५ असोज (१ अक्टोबर) बिहान ९ः३० बजेदेखि खुला हुने भएको छ। डिभी भर्ने मिति एक महिना हुनेछ। कातिक १७ डिभी भर्ने अन्तिम मिति हुनेछ।
काठमाडौंस्थित अमेरिकी दूताबासले भनेको छ, ‘हामी डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ ।’
डिभी चिट्ठामा प्रवेश गर्न शुल्क तिर्नु नपर्ने अमेरिकी दूताबासले जनाएको छ। दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ। ‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोलाु, दूतावासले भनेको छ, ‘सयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ आफै जिम्मेवार रहनुहुनेछ।’
२०१६ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन विद्युतीय रूपमा दर्ता अवधिभित्र पेश गर्नुपर्नेछ। आवेदकहरूले दर्ता अवधिको बेलामा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई.डिभी) आवेदन फारम भर्न सक्नेछन्। दर्ता गर्दा आफ्ना पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य हुनेछ।
दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्नेछ। यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो। आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि सेयर नगर्न अमेरिकी दूताबासले आग्रह गरेको छ।
आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ। तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेलमार्फत् सूचित गरिने छैन। तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन २०१५ मे ५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हुनेछ।
'तपाईँ डिभी विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैनु, दूताबासले भनेको छ, ‘तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग पुग्ने योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्यौेल गर्नेछन्।’
अन्य कुरामध्ये आवेदकले निश्चित शैक्षिक र कार्य अनुभवसम्बन्धी आवश्यकताहरू पूरा गर्दछन् भन्ने कुरा देखाउनु पर्दछ। शैक्षिक आवश्यकतामा कम्तीमा १२ वर्षको औपचारिक शिक्षा कक्षा १२ सम्मको पढाइ पूरा गरेको हुनुपर्दछ।

फोब्र्सको सूचीमा भारतका १ सय धनीहरुको सूचीमा रहेका रिलाइन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी लगातार आठौं वर्षमा भारतका सर्वाधिक धनी व्यक्ति भएका छन् ।
भारतका सर्वाधिक १० धनी
१ मुकेश आम्बानी २३ अर्ब डलर
२ दिलीप शांघवी १८ अर्ब डलर
३ अजिम प्रेमजी १६.४ अर्ब डलर
४ पालोन्जी मिस्त्री १५.८ अर्ब डलर
५ लक्ष्मी मित्तल १५.८ अर्ब डलर
६ हिन्दुजा ब्रदर्स १३.३ अर्ब डलर
७ शिव नदार १२.५ अर्ब डलर
८ गोदरेज फ्यामिली ११.६ अर्ब डलर
९ कुमार बिरला ९.२ डलर
१० सुनिल मित्तल ७.८ अर्ब डलर
गत वर्षभन्दा यस वर्ष २.६ अमेरिकी डलर थप भई अम्बानीको खुद सम्पत्ति २३.६ अर्ब डलर पुगेको छ ।
सय जना भारतीय धनीहरुसम्बन्धी फोब्र्सको नयाँ सूचीअनुसार पहिलो पटक भारतका सय धनीहरुमा सबै अर्बपति रहेका छन् ।
उनीहरुको संयुक्त सम्पत्ति ३ सय ४६ अर्ब अमेरिकी डलर छ । यो सन् २०१३ को २ सय ५९ अर्ब अमेरिकी डलरभन्दा एकतिहाइले बढी हो ।
फोब्र्सको सूचीमा परेका भारतका सर्वाधिक दश धनीमा मुकेश अम्बानीपछि दिलीप शांधवी पर्न सफल भएका छन् । उनको सम्पत्ति १८ अर्ब डलर छ । शांधवीलाई पछ्याउँदै तेस्रो धनीको रुपमा दरिन अजिम प्रेमजी सफल भएका छन् । उनको सम्पत्ति १६.४ अर्ब रहेको छ ।
त्यस्तै अन्य धनीहरुमा पालोन्जी मिस्त्रि रहेका छन् । उनको सम्पत्ति १५.९ अर्ब डलर रहेको छ । लक्ष्मी मित्तल भने पाँचौ स्थानमा छन् ।
उनको सम्पत्ति ५.८ अर्ब डलर छ । हिन्दुजा ब्रदर्सको सम्पत्ति १३.३ अर्ब डलर छ भने शिव नार १२.४ अर्ब डलर सम्पत्तिका साथ भारतको सातौं धनीमा पर्न सफल भएका छन् । गोदरेज फ्यामिली ११.६ अर्ब डलर का सात ८ औं स्थानमा छन् भने कुमार विरला र सुनिल मित्तल क्रमशः नवौं र दशौं स्थानमा छन् । आजको कारोबार दैनिकमा खबर छ ।

कुवेतमा गत आईतबार सवारी दुर्घटना हुदा एकै कम्पनीका ११ नेपाली घाइते भएका छन १ जनालाई गम्भीरलाई चोट लागेको छ भने एक जना महिला र एक पुरुषको चिन्ताजनक अवस्था आईसियुमा राखी कुवेतको फर्वानिया हस्पिटलमा उपचार भईरहेको छ |
कुवेतमा सवारी दुर्घटना हुंदा ११ नेपाली घाइते, दुई जना आईसियुमा एकको गम्भीर अवस्थामा उपचार हुँदै
ट्रस्ट अन्तर्गत क्लिनर कम्पनीमा कार्यरत नेपालीहरुको बिहान ड्यूटी जाने क्रममा बिहानको लगभग ४.४५ बजे अर्दिया स्थित युनिभर सिटिको अगाड़ीको सडकमा भएको दुर्घटनामा कुवेतीको पजेरोसंग जुधेको थियो उक्त गाडीले ठक्कर दिएपछि ११ नेपाली रहेका गाडीमा भएका सबै जना घाइते भएका हुन भने ८ जनालाई सामान्य चोट लागेको थियो गाडी चालक पनी नेपाली हुन |
घटनामा झापा जिल्लाकी शान्ति तामांग र सर्लाहीका लालबाबु चौधरीको अहिले अत्यन्तै गम्भीर छ बोल्न पनी नसक्ने र अहिले उनिहरूलाई आईसियुमा राखी उपचार भईरहेको छ शान्तिको ढाड भाचिएको र लालबाबुको कम्मर मुनिको भाग पुरै च्यातिएको भने चितवन जिल्लाकी पम्फा दर्जीलाई गहिरो चोट लागेको पम्फा उनी अहिले बेड नं २० मा उपचार गराईरहेकी पम्फाकी श्रीमान् सोम बहादुर परियारले जानकारी दिनुभएको छ |
कुवेतको फर्वानिया हस्पिटलमा उपाचार गराईरहेको उनिहरुलाई अहिले सम्म कम्पनिले कुनै किसिमको सहयोग गरेको छैन दुर्घटनामा संगै रहेका पदम थापाका अनुसार बिहान काममा जादै गर्दा बिपरीत दिशाबाट आएको कुवेतीको गाड़ीले ठक्कर दिदा नेपाली सवार गाडी लगभग ३० मिटर पर पुगी पल्टिएको थियो |

कोरियाली भाषा उत्तीर्ण गर्नेको सम्पूर्ण प्रक्रिया पुरा भएर जनवरीबाट रोजगारमा जाने क्रम सुरु हुन्छ । यस वर्ष भाषा परीक्षामा सफल भएकाको स्वास्थ्य परीक्षण भाषा परीक्षाको नतिजा आएको डेढ महिनाभित्र गरिसक्ने इपिएस कार्यालयको तयारी छ । इपिएस प्रमुखका डिल्ली बास्तोलाका अनुसार डिसेम्बर महिनाको तेस्रो साताभित्र भाषा परीक्षा उत्तीर्ण हुनेको सम्पुर्ण प्रक्रिया पुरा हुनेछ । ‘सम्पुर्ण प्रक्रिया पुरा भएको १० दिनपछि कोरियाको रोजगारको बाटो खुला हुनेछ,’ उनले भने,‘पहिलो चरणमा उत्तीर्ण भएकामध्ये उच्च अंक ल्याउने ५० प्रतिशत प्राथमिकतामा पर्छन् ।’ मासिक १ लाख रुपैयाँ न्यूनतम आम्दानी हुने भएकाले नेपाली युवामाझ कोरिया रोजगारमा आकर्षण छ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
दोहा । मोबाइल चार्ज गर्ने क्रममा भएको आगलागीमा परी बैदेशिक रोजगारीका लागि कतार गएका दुई नेपालीको जलेर मृत्यु भएको छ ।
घर फिर्ती केन्द्र (डिपोर्टेसन सेन्टर) को एउटा भवनमा भएको आगालागीमा परी मृत्यु भएका पाँच जनामध्ये २ जना नेपाली रहेको थाहा भएको हो । उक्त केन्द्रमा गैरकानुनी रुपमा बसोबास गरिरहेका कामदारहरुलाई पक्राउ गरेर घर पठाउनका लागि राख्ने गरिन्छ ।
मृत्यु हुनेमा म्याग्दी सिन्गाढा ७ का ३२ वर्षीय पूर्णबहादुर सार्की र धनुषाका २६ वर्षीय सिरान कपार रहेका छन् ।
गैरकानुनी हैसियतमा काम गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी नेपाल पठाउने तयारी भइरहेको थियो । मृतक नेपालीको शब स्थानीय हमाद अस्पतालमा राखिएको छ ।
नेपाली दुतावासले मृतक नेपालीको परिवारलाई क्षतिपूर्तिको ग्यारेन्टी नभएसम्म शब नेपाल नपठाउने अडान लिएको छ । उक्त केन्द्रमा अहिले पनि २५० भन्दा बढि नेपालीहरु रहेका छन् ।

काठमााडैं,भदौ २७ –मलेसियामा बस दुर्घटनामा परी घाइते पर्वत बाजुङका प्रेमबहादुर रेग्मीले १ करोड १२ लाख क्षतिपूर्ति पाएका छन्। सन् २०१० जुलाईमा मलेसिया पुगेका रेग्मी जेसिवाई एचडीडी कम्पनीमा आउटसोर्स कामदारको रूपमा कार्यरत थिए। सन् २०१२ जुलाईई १२ मा काम सकेर होस्टल फर्कने बेला दुर्घटना भएको थियो। रेग्मीको दाहिने खुट्टा काटिएको छ। दुर्घटनाको दुई वर्षपछि बस कम्पनीसँगको कानुनी लडाइँ जितेपछि रेग्मीले क्षतिपूर्ति पाएका हुन्। उनले मलेसियाको बिमा कम्पनीबाट ५ लाख १० हजार १ सय ५० र बस कम्पनीसँग १ करोड ६ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति पाएका हुन्। बिमा कम्पनीबाट विदेशी कामदार क्षतिपूर्ति योजना अन्तर्गत रकम पाएका हुन्। बस कम्पनीले क्षतिपूर्ति रकम समयमा नदिएपछि थप पाँज हजार रिंगेट हर्जना तिरेको छ।आजको नागरिक दैनिकमा खबर छ ।
२५ भदौ, काठमाण्डौ । गैरकानुनीरुपमा अमेरिका छिर्न खोज्ने ३४ नेपाली युवा दक्षिण अमेरिकी मुलुक कोष्टारिकामा पक्राउ परेका छन् ।
गत शुक्रबार र सोमबार कोष्टारिका प्रहरीले भिन्नाभिन्नै स्थानबाट उनीहरुलाई पक्राउ गरेको त्यहााको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
शुक्रबार सेन्ट्रल प्यासिफिक कोष्टबाट ९ जना अबैध आप्रवासीलाई पक्राउ गरेको थियो जसमध्ये ७ जना नेपाली थिए भने दुई जना बंगलादेशी । उनीहरुलाई निकारागुवातर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।गत शुक्रबार र सोमबार कोष्टारिका प्रहरीले भिन्नाभिन्नै स्थानबाट उनीहरुलाई पक्राउ गरेको त्यहााको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सोमबार पनामा सीमा क्षेत्रबाट थप २७ जना पक्राउ परेका छन जसमध्ये सवै नेपाली हुन् । इक्वेडरबाट कोष्टारिका हुादै निकारागुवातर्फ लैजाने क्रममा उनीहरु बसेको स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
सार्वजनिक सुरक्षामन्त्री सेलो गाम्बाले स्थानीय टिको टाइम्स पत्रिकालाई भने-‘उनीहरुको अन्तिम गन्तब्य संयुक्त राज्य अमेरिका रहेको पाइएको छ, मानव बेचबिखनमा संलग्न गिरोहको पहिचान गर्ने कोसिस गरिरहेका छौं ।’
नेपाली मूलका मानव अधिकारकर्मी कृष्ण उपाध्याय र गुणदेव घिमिरे आफ्नो नियन्त्रणमा रहेको कतारको विदेशी मन्त्रालयले जनाएको छ।
कतारमा नेपाली कामदारको अवस्था अध्ययन गर्नको लागि उनीहरु आफ्नो कार्यस्थल नर्वेबाट गत हप्ता कतारको राजधानी दोहा गएका थिए। सोही समयमा उनीहरू बेपत्ता भएका थिए।
कतारको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ती जारी गर्दै कतारको कानुन उल्लंघन गरेको आरोपमा दुई विरुद्ध अनुसन्धान भइरहेको जनाएको छ। अन्तर्राष्ट्रिय कानुन उल्लंघन नगरी उनीहरूलाई हिरासतमा राखिएको विदेशमन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।
ग्लोबल नेटवर्क फर राईट्स एण्ड डेभलपमेन्ट (जीएनआरडी) मा कार्यरत उनीहरूलाई एकसाताअघि कतारको सादा पोशाकका प्रहरीले होटलबाट नियन्त्रणमा लिएका थिए। उनीहरूलाई भदौं १५ गते पक्राउ गरेर नियन्त्रणमा राखिएको विज्ञप्तिमा जनाइएको छ। यसैबीच उनीहरुको अवस्थाबारे वेलायती परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको विज्ञप्तिमा भनिएको छ।
उनीहरु दुवै जना बेलायती पासपोर्टधारी रहेकाले बेलायती विदेश मन्त्रालयले बेपत्ताको उनीहरूको खोजिका लागि पहल गरेको थियो। उनीहरु कार्यरत संस्था जी एन आर डीले सम्भावित यातनाप्रति गम्भीर चासो ब्यक्त गर्दै सकुशल रिहाइको मागसमेत गरेको थियो।
कतारमा हुने २०२२ को विश्वकप फुटवलको निर्माणाधीन तयारीका लागी ल्याईएका नपाली कामदारहरुको दयनीय अवस्था अन्तर्राष्ट्रिय जगतमा उजागर पहिले नै भईसक्दा कतारले विश्वव्यापी आलोचना खेपीरहेको छ। एम्नेस्टी इन्टरनेश्नल लगायतले कतारमा हुने गिरफ्तारी पछिका यातनाबारे चासो उठाउँदै आएका छन।
काठमाडौं,१९ भदौ । अमेरिकाले नेपालका लागि तीन नयाँ कार्यक्रम घोषणा गर्दै त्यसका लागि ७ करोड अमेरिकी डलर छुट्ट्याएको छ ।
काठमाडौंमा आयोजित ‘रिजिलियन्स सम्बन्धी बैठकले हिजो यस्तो कार्यक्रम घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग युएसएआइडीमार्फत दिइने उक्त सहयोगले प्राकृतिक विपत तथा अन्य तनावबाट समुदायलाई सामान्य स्थितिमा छिटो फर्कन मद्दत गर्ने जनाइएको छ ।
‘ज्यान बचाउने र जीवनस्तर सुधार गर्ने,समावेशी आर्थिक वृद्धि गर्ने तथा मानवीय सहायताको आवश्यकतालाई न्यून गर्ने कार्यक्रमको लक्ष्य भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अमेरिकी सहयोगमा सञ्चालन हुने तीन नयाँ कार्यक्रममा सामुदायिक उठनशीलता, बाढीसम्बन्धी पूर्वसूचना र विज्ञान तथा प्रविधि प्रतियोगिता रहेका छन् । सामुदायिक उठनशीलता कार्यक्रमले खाद्य तथा पोषण सुरक्षासम्बन्धी प्रयासलाई स्वीकृत गर्नेछ । ५० लाख मानिसले उक्त कार्यक्रमबाट लाभ लिन सक्ने विश्वास लिइएको छ ।

नेपालगन्ज, भाद्र १७ - मानबहादुर पुनले बैंकबाट ऋण लिएर ट्याक्टर किनेका थिए । उनी ट्याक्टर चलाउथे र बैंकको किस्ता तिर्थे । दलालले धेरै तलब आउने गरी डोजर चालकको काम लगाइदिने भनेपछि गत वर्ष उनी साउदी अरब गए । तर उनलाई सामान्य मजदुरीको काममा लगाइयो । डेढ महिना अघि सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको उनको परिवार अहिले उनको शव नेपाल झिकाउन हारगुहार गर्दैछन् ।
बर्दिया सोरहवा-२ स्थित जगतपुरका २८ वर्षीय पुन गत साउन ३ गते विवान कोठामा मृत भेटिएका थिए । अघिल्लो दिन कामबाट फर्किएर सुतेका उनी संसारबाट बिदा भए । मर्माहत पत्नी विष्णुमाया शव स्वदेश झिकाउन मेनपावर कम्पनी र दलालकहाँ धाइरहेकी छन् । कहाँ जाने, कोसँग सम्र्पक गर्ने साधारण लेखपढकी उनलाई थाहा छैन । डेढ महिनादेखि रुँदै हिडेकी २८ वर्षीया विष्णुमायाले भन्छिन, 'जिवितै ल्याउन त सकिएन । शव ल्याउन समेत आफ्नो मान्छे हुनुपर्दो रहेछ ।'
मृत्यु हुनु अघिल्लो साँझ साढे ४ बजेतिर मानबहादुरले घरमा फोन गरेर बिरामी परेकी छोरीको स्वास्थ्य अवस्था सोधेका थिए । भोलि फेरि कुरा गर्ने भन्दै फोन राखेका पुनले अब कहिल्यै फोन गर्ने छैनन् ।
घटनाको दुई दिनपछि नै पतिको शव झिकाउन विभिन्न निकाय धाएकी विष्णुमायालाईसाउदी अरब पठाउने रेपिड इन्टरनेशनल प्रालिका कर्ण वलीले एकदेखि डेढ महिनाभित्र शव घर पुर्याइदिने बचन दिएका थिए । तर, डेढ महिना पुग्दा पनि शव ल्याउने कुनै सुरसार नभएपछि विष्णुमाया थप चिन्तित भएकी छन् ।
पतिलाई साउदी जान दिएकोमा विष्णुमायालाई अहिले पछुतो लाग्छ । उनीहरुले ऋण लिएर ट्याक्टर किनेका थिए । उनी आफै ट्याक्टर चलाउथे, बैकको किस्ता तिर्थे । दलालले डोजर चालकको काम दिलाउने भनेर साउदी लगेर सामान्य लेबरको काम लगाएको बिष्णुमाया बताउँछिन् ।
गत बर्ष पुसमा साउदी गएका मानबहादुरको घरमा ७० वर्षीय बुवा खिमबहादुर र ६५ वर्षीया आमा विष्णुकुमारी छन् । ससाना तीन छोरीहरु छन् । जेठी सुस्मा १० बर्षकी छन् भने माइली ममता ६ बर्ष र कान्छी सुजाता भर्खर एक बर्ष पुगिन् । पति गुमाएकी विष्णुमायाको परिवार बेसहाराझै भएको छ । सासुससुरा र तीन छोरीको जिम्मेवारी विष्णुमायाको काँधमा छ ।
'मलाई अरु केही चाहिएको छैन', विष्णुमाया भन्छिन्,' शव छिटोभन्दा छिटो घर ल्याउन सरकारले पहल गरिदेओस् ।'

भदौ-१५, काठमाडौं । सरकारले नेपाली महिलाहरुलाई कामदारको रुपमा विदेश जान दिने निर्णय तत्कालका लागि स्थगित गरेको छ । नेपाली महिलाहरुमाथि बैदेशिक रोजगारीमा बढ्दो दुव्र्यवहार हुन थालेपछि सरकारले महिलाहरुलाई तत्कालका लागि विदेश पठाउने काममा रोक लगाउने निर्णय गरेको हो ।
सरकारले पुर्वाधार तयार नभएसम्मको लागि स्थगित गरेको जनाएको छ । सरकारले सबै मुलुकमा श्रम सहचारी नियुक्ती गरेपछिमात्र महिला कामदार विदेश पठाउने जनाएको छ । नेपालबाट अहिले जम्मा ६ मुलुकमा मात्र श्रम सहचारी नियुक्त भएका छन् । वैदेशिक रोजगार ऐन अनुसार पाँच हजार नेपाली भएको मुलुकमा अनिवार्य श्रम सहचारी नियुक्त गर्ने प्रावधान रहेको छ । जसमा १ हजार महिला कामदार भएका मुलुकमा महिला श्रमसहचारी नियुक्त गर्नुपर्ने प्रावधान छ ।
परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले गरेको निर्णय बमोजिम परराष्ट्र मन्त्रालयले तत्काल महिला कामदार विदेश नपठाउन पत्र पठाएको हो । तर सरकारको यो निर्णय वैदेशिक रोजगार ऐन २०६४ को दफा ८ विपरित छ । सो दफामा लिंगका आधारमा वैदेशिक रोजगारीमा विदेश नगर्ने उल्लेख छ । हाल नेपाली महिलाहरु इजरायल, लेवनान, कुवेत, कतार, युएइ, बहराइन, मलेसिया, साउदी अरेबिया आदि नेपाली महिलाका वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुक हुन् । बिशेष गरी नेपाली महिला कामदारहरुले खाडी मुलुकमा घरेलु हिंसा, यौन दुव्र्यवहार लगायतका समस्या भोग्दै आएका छन् ।
टोरोन्टो । क्यानडा सरकारले आगामी २०१५ देखि Express Entry प्रणाली मार्फत बिदेशीहरुलाई क्यानडाको स्थायी भिसा दिने प्रक्रिया प्रारम्भ गर्दै रहेको सन्दर्भमा सोही प्रणालीलाई समेत सहयोग हुने गरी यहाँका कम्पनीहरुलेसरकारी Job Bank मा एक लाख पन्ध्र हजार कामदारहरुको आवश्यकता रहेको जनाएका छन् ।
क्यानडा सरकारबाट सँचालित उक्त जबव्याँकमा कुनैपनि क्यानेडिएन कम्पनीले आफूलाई आवश्यक परेको कामदारको लागि निःशुल्करुपले विज्ञापन प्रकाशित गर्न पाउने छन् । सोही जवब्याँक मार्फत बिदेशीहरुले क्यानडाका कम्पनी तथा काम दिलाउने एजेन्सीहरु (recruiting agencies) सँग सिँधा सम्पर्क राखी रोजगारीका लागि आवेदन गर्न सक्नेछन् ।
www.jobbank.gc.ca वेभ साइट रहेको उक्त जवब्याँकमा खोजी गर्दा अधिकाँश दक्ष जनशक्तिको माग बढि रहेको देखिएको छ । उदाहरणका लागि त्यसमा Electrician को लागि खोजी गर्दा नौ सय भन्दा बढी व्यक्तिहरुको माग भएको देखाउँछ भने Driver भनी खोजी गर्दा करिब चार हजार व्यक्तिहरु माग भएको देखाउँदछ ।
बिदेशी कामदारहरुले आफ्नो एकाउण्टसमेत खोली आफ्नो विवरण राख्न सकिने र क्यानेडिएन कम्पनीहरुसँग सिँधा सम्पर्क समेत गर्न सकिने सो जवब्याँकमा जनाइएको छ ।
आगामी जनवरी २०१५ देखि क्यानडा सकारले सबै प्रकारका व्यवशायमा काम गरेका व्यक्तिहरुले आवेदन गर्न पाउने गरी Experss Entry प्रणाली लागू गर्दै छ । उक्त प्रणालीमा आवेदन गरेका व्यक्तिहरुले यही Job Bank एवं आफ्नै तवरले क्यानेडिएन कम्पनीहरुसँग सम्पर्क राखी रोजगारीका लागि आवेदन गर्नुपर्ने हुन्छ । यसरी रोजगारीको अवसर पाइएमा क्यानडा सरकारले ६ महिना भित्रमा क्यानडाको स्थायी भिसा प्रदान गर्न सक्ने छ ।
क्यानडामा हाल करिब ७ प्रतिसत व्यक्तिहरु बेरोजगार रहेका छन् भने करिब एक करोड ८० लाख भन्दा बढी व्यक्तिहरु विभिन्न पेशामा संलग्न रहेका छन् । त्यसैगरी यहाँका कामदारहरुले महिनामा करिब चार हजार डलर कमाउने तथ्याँक रहेको छ ।
संसार कै दोश्रो ठूलो देश क्यानडामा जम्मा तीन करोड चालिस लाख जनसंख्या रहेको छ भने करिब बीस हजारको संख्यामा नेपालीहरु रहेको अनुमान छ ।
क्यानडा नेपालीहरुका लागि विगत एक दशकदेखि सपनाको देश रहेको क्यानडा जान इच्छुक व्यक्तिहरु बताउँदछन् ।

काठमाडौं, भदौ १२– मलेसियास्थित जेसीवाई टेक्नोलोजी कम्पनीले नेपालीहरुलाई चरम यातना दिने गरेको त्यहाँ कार्यरत नेपालीहरुले बताएका छन् । एक नेपालीको मृत्यु भएपछि आन्दोलनमा रहका नेपालीहरुलाई कम्पनीले प्रहरी लगाएर चरम यातना दिँदै आएको पीडितहरुले बताएका छन् । गत सोमवार एक नेपालीलाई कम्पनीले उपचारमा वेवास्ता गरी उनको मृत्यु भएपछि सो कम्पनीका सबै कामदार आन्दोलनमा उत्रेका छ । गुल्मीको ईस्मारजस्थल–९ घर भई जोहरबारु स्थित सोहि कम्पनीमा कार्यरत केशव कुँवरले कम्पनीका विभिन्न ब्राञ्च गरी १५ सय भन्दा बढि नेपालीहरु आन्दोलनमा उत्रिएर काम ठप्प पारेका छन् । सोमवार त्यस कम्पनीको तेब्राउ शाखामा ताप्लेजुङ्गका हर्कबहादुर निरौला काम गर्दा गर्दै विरामी परेका थिए । विरामी उनलाई कम्पनीले अस्पताल लैजान नदिएर जवरजस्ती काममा लगाएको र पछि उनि सकिस्त भए पछि नेपालीहरुले अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो । त्यस विरुद्ध आन्दोलनमा उत्रेका नेपालीहरुलाई उक्त कम्पनीले प्रहरी लगाएर चरम दमन गर्दै आएको नाम उल्लेख नगर्ने सर्तमा सोहि कम्पनीका कार्यरत धादिङका एक युवाले बताए । आन्दोलनको सुरुवात मैं आन्दोलनका मुख्य नाईकेहरु भन्दै प्रहरीले २५ जना नेपालीहरु पक्राउ गरी बेपत्ता पारे पछि शान्तिपुर्ण आन्दोलन हिंसक बन्दै गएको गुल्मीका कुँवर बताउँ छन् । कुँवरले अनुसार कम्पनीमा आगाजनी, तोडफोले स्थिती तनावग्रस्त बन्दै गएको छ । आन्दोलनकारी नेपालीहरुलाई प्रहरीले १० किलो तौलको सिमेन्टको भलिवल बनाएर खेल्न लगाउने र भुँईमा खसाले निर्घात कुट्ने, मुखमा तातो पानी खन्याई दिने, अश्रुग्यास हान्ने जस्ता चरम दुव्यवहार हुँदा समेत मलेसियास्थित नेपाली दुतावास रमिते बनेको कुवँरले आक्रोस पोखे । कम्पनीको ज्यादती दिन प्रति दिन हिंसक बन्दै गए पछि कुँवर त्यस कम्पनीको लिडर भएको नाताले सम्पुर्ण नेपालीहरुलाई आन्दोलनमा उत्रारेको बताउँ छन् । पछिल्लो जानकारी अनुसार २ जना बंगाली सहित ४२ जना नेपालीहरुलाई प्रहरीबाट पक्राउ गराएर बेपत्ता पारिएको छ । सो कम्पनीको मलेशियाका विभिन्न राज्य र अन्य मुलकमा समेत ब्राञ्च भएको बताईएको छ । आन्दोलनरत नेपालीहरुका अनुसार विभिन्न मुलुकका कामदार माथी त्यस कम्पनीले चरम श्रम शोषण र दमन गर्दै आई रहेको छ । प्रहरी र नेपाली दुतावास संग मिल्ने र नेपाली कामदारको शोषण गर्न पल्केको उक्त कम्नीले ओभर टाईम काममा लगाएको पैसा नदिने , होस्टलमा पानी , विद्युत लगायत दिनु पर्ने सुविधा नदिने र विरामी पर्दा उपचार गर्न जाने अनुमति पत्र नदिने गरेको नेपालीहरु बताउँ छन् । कुँवरलगायतका विभिन्न जिल्लाका नेपालीहरुले नेपाल सरकारबाट सहयोग नपाएको भन्दै सञ्चारमाध्यमबाट उद्दारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन आग्रह गरेका छन् । प्रहरीको कुटाईबाट कैयौं नेपाली थला परेको बताईएको छ । कुटाई र चरम यातानाले आफुहरुको मृत्यु नै हुने हो कि भन्ने डरमा रहेको उनिहरुले बताए । यस प्रति मलेशियाको नेपाली राजदुतावास गम्भीर नभएको आन्दोलनरत नेपालीहरुको गुनासो । राजदुतावासका अधिकारीसंग पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
गुल्मीबाट प्रेम सुनारको सहयोगमा
गुल्मीबाट प्रेम सुनारको सहयोगमा
११ भदौ, एजेन्सी ।
आफुले काम गर्ने कम्पनीमा आगजनी गरेपछि बैदेशिक रोजगारीको शिलशिलामा मलेसियाको जोहोरबारुस्थित एक कम्पनीमा कार्यरत ३९ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । कम्पनीको लापरवाहीका कारण एक नेपालीको मृत्यु भएपछि हडतालमा उत्रिएका उनीहरुले कम्पनीमा आगजनी गरेका थिए ।
हिँजो राति भएको उक्त घटनालाई लिएर मलेसियाली प्रहरीले नेपालीहरुलाई पक्राउ गरेको हो ।
जोहोरबारु कुलाइजायामा रहेको कम्पनीमा काम गर्ने अधिकाँश नेपाली रहेको बताइएको छ । उनीहरुले त्यहाँ रहेको JCY HDD Technology Sdn Bhd electronics नामक कम्पनीमा गएराति आगजनी गरेको मलेसियाली प्रहरीलाई उदृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् ।
तस्विर सौजन्य कोकोनट क्वालाम्पुर
गत बिहीबार मात्र सोही कम्पनीमा कार्यरत बिरामी अवस्थामा झापाका हर्कबहादुर निरौलाको मृत्यु भएको थियो।
सोही विषयलाई लिएर नेपालीसहितका कामदार र कम्पनीबीच विवाद चर्किएपछि मलेसियाका लागि नेपाली दूताबासका नियोग उपप्रमुख हेमलाल भट्टराई गत साता कम्पनीको भ्रमणमा गएका थिए ।
आगजनीको समयमा १ हजार भन्दा बढी कामदार उपस्थित रहेको र त्यसमा ६० प्रतिशत भन्दा बढी नेपाली रहेको प्रहरीले जनाएको छ । यस अघि मंगलबार मात्र नेपाली कामदारले कम्पनीमा ढुंगा मुढा गरेको समेत त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
निरौलाको मृत्यु भएपछि गत विहीबार पनि १ हजार भन्दा बढी विदेशी कामदारले कम्पनीमा धर्ना दिएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

नयाँदिल्ली: भारतको नयाँ दिल्लीमा एक नेपाली किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन्। काठमाडौं घर भएकी १९ वर्षीया नेपाली किशोरीलाई ६ जनाको समूहले बलात्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएको छन्।
नेपाली युवतीलाई भारतको दिल्लीस्थित मेहरौली होटलमा जागिरको सिलसिलामा अन्तर्वार्ता लिने बहानामा बोलाएर बलात्कार गरका थिए।भारतीय समाचार संस्था जी न्युजका अनुसार नेपाली किशोरीलाई जागिर दिने बहानामा होटेलमा अन्तरवार्ताका लागि बोलाइएको थियो। होटेलमा अन्तर्वार्ताका लागि पुगेकी नेपाली युवतीलाई ६ जनाको समूहले बलात्कार गरेको थियो।
होटेलमा पुग्दा अन्तरवार्तामा बोलाएकाहरु मदिरा पिइरहेको र आफूलाई समेत जबरजस्ती पिउन लगाएर यौन दुर्व्यवहार गरेको पीडित युवतीले बताएकी छन्। उनले ग्याङ रेप गर्ने ६ जनाको समूह विरुद्ध प्रहरीमा यौन दुर्व्यवहारको उजुरी दर्ता गरेकी छन्।
मेडिकल परीक्षणमा युवतीमाथि सामूहिक बलात्कार भएको पुष्टि भएको छ।जिन्युजका अनुसार सन २०१३मा दिल्लीमा करीब १६ सय बलात्कारका घटना घटिसकेको रिपोर्टमा उल्लेख गरिएको छ।
Nagariksamachar.com.
बैदेशिक रोजगारीकालागि आकर्षक गन्तव्य मुलुक दक्षिण कोरीया पछि अहिले सरकारको ध्यान इजरायलतिर पनि तानिएको छ ।
विगत लामो सकयदेखि युद्धमा होमिएको इजरायलमा अझै पनि नेपाली कामदार उल्लेख्य मात्रामा रहेका कारण त्यहाँ कार्यरत नेपाली कामदारको सुरक्षा एवं थप व्यवस्थापनका लागि अहिले सरकारको ध्यान पनि उतैतिर तानिएको छ ।
विगत केहि समय अघि घरेलु कामदार पठाउने कार्यमा प्रतिबन्ध लगाइएको इजरायलमा अहिले केयर गिभर (वृद्धवृद्धालाई हेरचाह गर्ने) काममा यहाँबाट महिलाहरु घरेलु कामदारका रुपमा जाने गरेका छन् ।
त्यसैगरी पुरुष कामदार पनि अत्याधुनीक र व्यवस्थित कृषि फर्ममा काम गर्नकालागि इजरायल जाने गरेका छन् । अब नेपाल सरकारले कोरियामा जस्तै सरकारी स्तरबाटै कामदार पठाउने योजना बनाएको बैदशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक जगन्नाथ देबकोटाले इजरायलमा काम गर्न जानेहरुले माटो रकम बुझाउनुपर्ने बाध्यताको अन्त्य गर्नकालागि सरकारले यस्तो प्रयास थालेको हो । आजको राजधानीमा समाचार छ ।

। महामारीको रुप लिइरहेको इबोला भाइरल नियन्त्रण गर्न तयार पारिएको औषधी सेवन गर्दा लाइबेरियामा चिकित्सक अब्राहम बारबोलको मृत्यु भएको छ ।
इबोलाबाट बिरामी परेपछि त्यहाँको अस्पतालमा उपचाररत चिकित्सकको औषधि सेवनसँगै स्वास्थ्यमा केही बेर सुधार आएको थियो । तर, केही घण्टामै अब्राहमको ज्यान गएको हो ।
style="text-align: justify;">इबोलाकै कारण पश्मिकी अफ्रिकी मुलुक गिनी, लाइबेरिया, नाइजेरिया र सिएरालियोगनमा मात्रै १४ सय जनाको ज्यान गइसकेको छ । लाइबेरियामा मात्रै ५ सय ७० को मृत्यु भएको छ । उता, बेलायतमा इबोलाको संक्रमणबाट एक नर्स बिरामी परेकी छिन् । उनी सियरा लियोनबाट बेलायत फर्केकी थिइन ।
imagekhabar.com