सोनाक्षीले मोदीलाई दिइन् उपहार

एजेन्सी ।


बलिउड सुन्दरी अभिनेत्री सोनाक्षी सिन्हाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छिन् । पिता शत्रुघ्न सिन्हा र आमा पूनम सिन्हासँगै सोनाक्षीले पनि मोदीलाई भेटेकी हुन् ।



सोनाक्षीले प्रधानमन्त्रीसँग कुराकानी गरेको तस्विर समेत ट्वीटरमा सार्वजनिक गरेकी छिन् ।

सिन्हा परिवारले मोदीलाई एक उपहार पनि दिएको छ तर के उपहार हो सार्वजनिक गरिएको छैन । मोदीप्रति बलिउडको क्रेज बढिरहेको छ ।



केही दिन अघि मात्र बलिउड अभिनेताद्वय आमिर खान र सलमान खानले मोदीलाई भेटेका थिए ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.