आज वि.सं. २०७१ साल पौष २५ गते शुक्रबारको राशिफल

वि.सं. २०७१ पौष २५ गते शुक्रबार
तदनुसार ई. सं. २०१५ जनवरी ०९
तारिख, माघ कृष्ण चतुर्थी,
मघा नक्षत्र, सिंह
राशिको चन्द्रमा, आयुष्मान्
योग, बालब करण


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्राज्ञिक, बौद्धिक र
लेखनकार्यमा गरेको मिहिनेत खेर जान सक्छ ।
सन्तति पक्षको क्रियाकलापले
नैराश्यता उत्पन्न हुनेछ । बन्धुबान्धवले
तपाईंका नकारात्मक धारणालाई
बढावा दिनेछन् । खानपान र
मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर पाचन
प्रणालीमा आएको खराबीले तपाईंलाई
निराश तुल्याउन सक्छ । आजका लागि शुभअङ्क
६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस
मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ ।
वैदेशिक रोजगारी गर्नेेहरूले आज
घरायसी कुरा सम्झेर दिन बिताउने छन् ।
आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ
। छोराछोरीको स्वास्थ्य एवं
पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
मातापितासँगको सम्बन्धमा समेत
निराशा भाव आउनसक्छ ।
आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ घृणि सूर्याय नमः यस
मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच
आउने सम्भावना देखिन्छ ।
विगतमा भएका नराम्रा घटनाको स्मरण हुनाले
मन खिन्न हुनेछ । आज दार्शनिक र आध्यात्मिक
विषयवस्तुप्रति मन आकर्षित बन्नेछ । हाँसखेल र
आनन्दमा कमी हुनेछ । सोचेजस्तो आम्दानी गर्न
समेत बाधा छ । आजका लागि शुभअङ्क ७ र
शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय
नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यमा थोरै नकारात्मकता देखिनसक्छ,
मौसमी रोगबाट जोगिनु होला । भौतिक
साधनको किनमेल गर्दा लाभ हुने देखिंदैन ।
मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च हुनेछ ।
कुटुम्बपक्ष र दिदीबहिनीलाई सन्तुष्ट पार्न
धौधौ हुन्छ । आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन
सकिने छैन । कार्यमा बिलम्ब हुनेछ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ
कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज नयाँ योजना कार्यान्वयन गर्ने र
दीर्घकालीन योजना बनाउने दिन हो ।
शरीरमा उत्साह, उमंग र स्फूर्ति प्राप्त हुनेछ ।
वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने
प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल
आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक
उपार्जन हुने योग छ । आजका लागि शुभअङ्क २ र
शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ सों सोमाय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अहिलेको समय तपाईंको पक्षमा छैन । सुखी र
विलासितापूर्ण जीवन व्यतीत गर्न मन
लालायित हुनेछ । भोगविलास र शृङ्गारिक
सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।
मातापिता र अभिभावक
वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ ।
घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु
पर्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग
बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमो भगवते
वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय
छ । कृषि तथा पशुपालनमा कम र
व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।
गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित
मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । समय
उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने
योग छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ अं
अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
श्रममूलक काम वा कृषिक्षेत्रका काममा मन
जानेछ । प्रयाससाध्य समय छ धैर्य गर्नुहोला ।
प्राविधिक कामबाट सोचेजस्तो सफलता हात
पर्ने छैन । असन्तुष्टि र चिडचिडेपना बढ्ने छ ।
अध्ययन र चिन्तनमा ध्यान केन्द्रित हुन सक्दैन ।
कुनै नतिजाको पर्खाइमा हुनुहुन्छ भने आज
निराश हुनुपर्छ । आजका लागि शुभअङ्क ६ र
शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिक्क र झर्कोलाग्दो यात्राको सम्भावना छ
। चिताएको काममा सफलता आर्जन हुने छैन ।
मन नपरेका साथीभाइसित भेटघाट हुनुका साथै
तिनले अपमानित गर्नसक्ने सम्भावना छ ।
दाजुभाइ र दिदीबहिनीले
कामधन्दामा सहयोग गर्ने छैनन् । धन, धर्म र
भाग्यबलमा ह्रास आएको अनुभूति हुनेछ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ गं गणपतये नमः यस
मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्यमा गडबडी भई दैनिक
कामकाजमा असर पर्ने योग छ । अनाहकमा अरुले
गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने
अवस्था आउला । अनावश्यक यात्रा तथा गुप्त
र मानसिक रोगले सताउन सक्छ । आफूले
भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ ।
नातेदारले अपमानित तुल्याउन सक्छन् ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग
पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै
नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न
व्यक्तिहरुले आज राम्रो आर्थिक लाभ गर्नेछन् ।
आज प्रायः सबैले प्रणयसम्बन्ध र
रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र
रमणीयताका लागि समय र धन खर्च हुन सक्छ ।
व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ,
चिताएभन्दा बढी कमाउने योग छ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग
हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय
नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन्
। अनपेक्षित वादविवाद पनि हुनसक्छ ।
भोगविलासमा आकर्षण बढ्न सक्छ,
विलासिता र मनोरञ्जनका लागि समय र धन
खर्च हुनसक्छ ।कुनै कुराले विचलित
गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त
नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के
बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ कें केतवे
नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.