साँच्चै पक्रिएकै हो त ? बबरमहलदेखि बानेश्वरसम्म जथाभावी बाटो काट्ने १८७ जना पक्राउ

बबरमहलदेखि बानेश्वरसम्म जथाभावी बाटो काट्ने १८७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिभिल ड्रेसमा खटिएका प्रहरीले आइतबार बिहानदेखि ५ बजेसम्म बबरमहलदेखि बानेश्वरसम्मको ग्रीनबेल्टबाट बाटो काट्नेलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसर हनुमान ढोकाले जनाएको छ।

‘खास गरी ग्रीनबेल्टबाट बाटो काट्नेजतिलाई हामीले पक्राउ गरेका हौँ’ प्रहरी परिसरका प्रवक्ता दिनेश आचार्यले सेतोपाटीसँग भने,‘जनचेतना जागोस भन्ने हिसाबले अबदेखि बाटो नकाट्ने कागज गराएर छोडि पनि सकियो।’





विशेष गरि बबरमहलदेखि बानेश्वर एरियासम्म ग्रीनबेल्ट बनाइएको छ। सार्क सम्मेलनलाई लाई मध्यनजर गरेर हरियाली बढाउन उपत्यकाका ठाँउठाँउमा विरुवा रोपिएको थियो।

सम्मेलन सकिएपछि सर्वसाधारणले रोपिएका विरुवा, फूल दुवो टेक्दै हिड्ने क्रम बढेको थियो। प्रहरीले भने यसरी जथाभावी वाटो काट्ने र फूलविरुवा मास्नेलाई कारबाही गर्ने भनेको थियो।

‘आजैदेखि हामीले यो अभियान थालेका हौँ’ प्रवक्ता आचार्यले भने,‘उनीहरुलाई दुई तीन घण्टा राखेर सम्झाएर पठाएका छौँ, अन्यत्र राखिएका फूल र विरुवा मास्नेलाई कारबाही हुन्छ।’

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.