रुँदा र पसिनामा समेत रगत बग्ने युवती (तस्विर सहित)

सामान्य मानिसको रुँखा आँसु र जिउमा गर्मी हुँदा पसिना बग्छ । जुन् दुवै पानीकै रुप हो । तर भारतको राजधानी नयाँ दिल्लीमा एक यस्ती युवती छिन् जस्को आँशु र पसिना दुवै रगत हो ।
bleeding from eye
नयाँ दिल्लीकी प्रिती गुप्ता सन् २००९ देखि यस्तो समस्या शुरु भएको हो । उनको आँखाबाट आँशुको साटो रगत बग्छ भने पसिनाकोरुपमा समेत रगत आउँछ ।
bleeding from eye 1
उनका माता पिताले सामान्य रोग ठानेर अस्पताल लगे तर बरिष्ठ बरिष्ठ चिकित्सकले समेत उनको उपचार गर्न सकेनन् । प्रितीका बाबु मनोजलाई आफ्नी छोरीलाई अरुले बहुलाइ भन्दा चित्त दुख्छ । तर छोरीलाई के भएको भन्ने उनलाई पनि थाहा छैन ।
bleeding from eye 2
आफू शुरुमा रगत बग्न थालेपछि निक्कै आत्तिएको बताउने प्रितीलाई अव भने सामान्य लाग्न थालेको छ । प्रितीलाई भएको जस्तो समस्या लाखौंमा एक जनालाई मात्र हुने चिकित्सकहरु बताउँछन् । मनोजले छोरीको उपचारका लागि लाखौं खर्च गरिसकेका छन् ।

bleeding from eye 3
उनलाई मानसिक समस्या भएको भनेर चिकित्सकहरुले पन्छिने गरेपनि हालै एक चिकित्सकले उनलाई उपचार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
एजेन्सी ।
\

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.