यसरी मारिएका थिए बिन लादेनः लादेनलाई गोली हान्ने सैनिककै बयान

(एजेन्सी)  विश्वको सबैभन्दा शक्तिशाली आतंकवादी अलकायदाका प्रमुख ओसामा बिन लादेनलाई मार्ने अमेरिकी सैनिक सार्वजनिक भएका छन् । पाकिस्तानलाई प्रमुख आश्रय स्थल बनाएर आतंकवादी गतिविधि सञ्चाल गर्दै आएका लादेनलाई अमेरिकी सैनिक रोबर्ट ओ नीलले २ मई २०११ मा लादेनकै निवासमा हत्या गरेका थिए ।
उनी लादेन हत्याको तीन वर्षपछि सार्वजनिक भएका हुन् । अमेरिकाले लादेनको हत्यागर्ने सैनिकको परिचय हाल सम्मपनि सार्वजनिक गरेको थिएन । तर ती सैनिकले आर्थिक समस्या तथा सरकारको असहयोग गरेपछि आफै सार्वजनिक भएका हुन् । उनीपहिलो पटक एउटा टेलिभिजनमा अन्तर्वार्ता दिँदै गरेको अवस्थामा देखिएका छन् । नील सन् २०१२ मा अवकास प्राप्त अमेरिकी सिल टिमका पूर्व अधिकृत हुन् ।
1415298260437_wps_19_Robert_O_Neill_Navy_Seal
१६ वर्ष सम्म सैन्य करिअरमा रमाएका नीलले इराक र अफगानीस्तान लगायतका विभिन्नचार सय भन्दा बढी सैन्य मोर्चामा सहभागिता जनाएका छन् । उनले सन् २०११ मा ओसामा विन लादेनको पाकिस्तानको अबोटावाद स्थित घरमा गरिएको सैन्य हमलाको नेतृत्व गरेका थिए । नील आफैले लादेनको शिरमा तीन वटा गोलीप्रहार गरी हत्या गरेका थिए ।
निलकै शब्दमा यसरी मारिएका थिए बिन लादेन
म जब उनको कोठमा पुगे त्यहाँ बिन लादेन उभिरहेका थिए । उनको हात एक महिलाको काँधमा थियो । उनले ती महिलालाई, ठ्याक्कै मेरै तर्फ नभए पनि मेरो छेउतिर धकेले । ती महिला लादेनको कान्छी श्रीमती अमाल थिइन् ।
बिन लादेन रनभुल्ल देखिन्थे र मैले सोँचेभन्दा अग्लो पनि ।
मलाई ती महिलाले बम बेरिएको आत्मघाती ज्याकेट पो लगाएकी छिन् भनेर डर लागिररहेको थियो ।
उता, आतंकवादका नायिके हातमा एक ४७ हतियार थियो जुन उनले सँधै आफूसँगै राख्थे ।
मैले लादेनको टाउकोमै गोली हान्नु थियो नत्र उनले पनि मलाई गोली हान्न सक्थे ।
त्यतिकैमा मैले दुई पटक ड्याम ड्याम निधारमा गोली हाने । त्यसपछि उनी भुइँमा ढले र मैले फेरि त्यही ठाउँमा ड्याम एक पटक गोली हाने ।
तीन पटक गोली हानेपछि लादेन मरे । मैले उनको दिमागसम्म देख्न सक्थे ।
बिन लादेनका श्रीमती रुँदै चिच्याउँदै थिइन् । त्यसपछि मलाई त्यहाँ लादेनको कान्छो छोरो पनि रहेको थाहा भयो ।
त्यति बेला अर्को सिल सदस्य त्यहाँ आइपुगे र सबैलाई पक्रेर बाँधे ।
यो सारा घटना लगभग १५ सेकेण्डमा सकियो ।
निलको खुलासापछि विवादः
नीलको दाबी प्रति वासिंटनले भने केही बोलेको छैन । ती सैनिकजवानलाई गोपनीयता भंग गरेको आरोपमा कारबाही समेत हुनसक्ने विश्लेषकहरुको अनुमान छ ।
उता, सिलको उच्च स्रोतले डेली मेलसँग कुरा गर्दै निलको दाबी गलत भएको बताएको छ । कुनै पनि सिलले आफ्नो परिचय कहिले खुलाउँदैन । त्यही भएरको उनको दाबी गलत छ ।

सिलका कमाण्डरहरुले निलको यो कदबाट रुष्ट हुँदै स्पेसल फोर्सको समूहबाट निष्काशन गरेको चिठ्ठी पठाइसकेका छन् ।
यता, निलका परिवार भने देशको लागि ज्यानको बाजी लगाउने आफ्नो छोराको राज्यले अपमान गरको बताइरहेका छन् ।
1415305977625_wps_41_Naval_Special_Warfare_Lea
निलका अन्य सफल मिसन जसमा बन्यो हलिवुड चलचित्र
1414994304793_Image_galleryImage_When_we_introduced_you_to
ओस्कार विजेता चलचित्र क्याप्टेन फिलिप्स पनि निलकै बहादुरीमा आधारित रहेको चलचित्र छ । सोमालियाका लुटेराहरुले कब्जा गरेको जहाजमा शुरुमा हामफाल्ने उनीनै थिए । लुटेराहरुबाट क्याप्टेन फिलिप्सलाई सकुसल उद्दार गरिएको थियो ।
त्यस्तै उनले अफगानिस्तानमा हुँदा सिल सदस्य मार्कस लुट्रेललाई बचाएका थिए । तालिबानी नेतालाई पक्राउ गर्न पुगेको सिल टोलीको असफल मिसनका एक मात्र जीवत सैनिक थिए मार्कस । यही घटनामा आधारिक भएर लोन सर्भाइभर भन्ने चलचित्र बनेको थियो ।
त्यस्तै ओस्कारमा मनोनित भएाके चलचित्र जीरो डार्क थर्टी बिन लादेनलाई मारेको घटनामा आधारित थियो ।
- See more at: http://www.ratopati.com/2014/11/07/180469.html#sthash.soxIUYy2.ouAYgkdd.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.