ब्रहमाण्ड फैलदै छ भन्ने कुराको प्रमाण यस कारणले खण्डन गरियो

गोकुल कार्की । ‘सभ्यताको उषाकालदेखि नैं मानिसहरु घटनालाई असम्बन्धित र व्याख्यारहित रुपमा हेरेर सन्तुष्ट भएका छैनन र उनीहरुले जगतभित्र विद्यमान व्यवस्थालाई बुझ्ने चेष्टा गरेका छन् र आज पनि हामी यहा किन छौं र कहाँबाट आयौं भन्ने कुरा जान्न उत्सुक छौं ।’ –स्टेफन हकिंग 
Hyades-Pleiades
एकपटक एकजना सुपरिचित वैज्ञानिक (कसैले भन्छन उनि वर्टन्ड रस्सेल थिए) ले खगोल विज्ञानको बारेमा एउटा सार्वजनिक व्याख्यान दिएछन् । उनले कसरी पृथ्वीले सूर्यलाई परिक्रमा गर्दछ र कसरी फेरि सूर्यले हाम्रो तारपुन्ज भनिएको ताराहरुको विशाल समूहलाई परिक्रमा गर्दछ भन्ने कुराको वर्णन गरेछन् । त्यो व्याख्यानको अन्त्यमा, कोठाको पछाडिबाट एउटी स–सानी वृद्ध महिला उठिछन् र भन्न थालिछन्, ‘तिमीले हामीलाई भनेको कुरा बकवास हो, यो संसार बास्तवमा एउटा चेप्टो थाल हो, जुन एउटा बिशाल कछुवाको ढाडमाथि अडेको छ ।’ ती वैज्ञानिकले यो उत्तर दिनुभन्दा पहिले एउटा उच्च मुस्कान दिएछन्– ‘अनि कछुवा चै के मा अडिएको छ नि ?’ ‘तिमी धेरै चलाख छौ भाइ, धेरै चलाख ।’ ती वद्ध महिलाले भनिछन्, ‘तर त्यो त तलैसम्म कछुवै–कछुवा छ निं !’
अधिकांश मानिसहरुले कछुवाहरुको अनन्त स्तम्भको रुपमा हाम्रो ब्रह्माण्डको चित्रलाई बढी हाँस्यास्पद पाउलान्, तर हामी किन सोच्छौं कि हामीले राम्रोसंग जान्दछौं ? यो ब्रह्माण्डको बारेमा हामीले के जान्दछौं ? यसलाई कसरी जान्दछौं ? यो ब्रम्हाण्ड कहाबाट आयो अनि कहा जादैछ ? के यो ब्रम्हाण्ड आदि (सुरुआत) थियो ? र, यदि थियो भने त्यस भन्दा अगाडि के भयो ? के यो कहिल्यै अन्त्य होला ? कुनै दिन यी प्रश्नका उत्तरहरु हामीलाई त्यत्ति नै स्पष्ट हुन सक्दछन्, जत्ति कि आज हामी स्पष्ट छौं, पृथ्वीले सूर्यलाई परिक्रमा गर्दछ भन्ने कुरामा । के हुन सक्दछ भन्ने कुरा समयले नै निर्धारण गर्नेछ ।
ईशापूर्व ३४० अगाडि नै युनानी दार्शनिक एरिस्टोटलले आफ्नो पुस्तक ‘स्वर्गबारे’ मा, ‘यो पृथ्वी चेप्टो थाल जस्तो भन्दा पनि गोलो डल्लाजस्तो छ भन्ने कुरा बिश्वास गर्नका लागि दुइटा राम्रा तर्क अघि सारेका थिए । पहिलो, उनले महशुस गरे कि, चन्द्रमाका ग्रहणहरु सुर्य र चन्द्रमाको बिचमा पृथ्वी आउनाले हुन् जान्छन् । चन्द्रमामा पृथ्वीको छाया सदा गोलो हुन्छ ।
जुन यदि पृथ्वी गोलाकार भएमा मात्रै सत्य हुन्छ । त्यसको अलवा पृथ्वी यदिचेप्टो चक्का भएको भए चक्काको केन्द्रको सिधै मुनी सुर्य हुदा सधैं ग्रहण देखिने अवस्था बाहेक त्यो छाया लामो र दीर्घ वृत्ताकार हुन्थ्यो होला । र देश्रो, युनानीहरुले आफ्ना यात्राहरुबाट थाह पाए कि, आकाशमा उत्तरी ध्रुव तारालाई उत्तरी ध्रुव क्षेत्रबाट हेर्दा भन्दा दक्षिणतिरबाट हेर्दा तल देखिन्छ ।
उत्तरी धु्रबतारा उत्तरी धु्रबमाथि रहने भएकाले, उत्तरी ध्रुबमा रहेको अवलोकनकर्ताको लागि सिधै माथि देखिन्छ । तर भूमध्य रेखाबाट अवलोकन गर्नेहरुका लागि भने त्यो ठीक क्षितिजमा रहेको देखिन्छ । इजिप्ट र युनानमा उत्तरी ध्रुब ताराको उक्त प्रत्यक्ष अवस्थितिको भिन्नताबाट एरिस्टोटलले पृथ्वीको वरिपरी दुरी ४,००,००० स्टेडिया (१ स्टेडिया.२०० यार्ड अनुमानित) छ भन्ने अनुमान पेश गरे । जुन अनुमान वर्तमानको स्वीकृत आँकडा भन्दा दुगुणा हुन् आउछ । एरिस्टोटलले सोच्थे कि, पृथ्वी स्थिर छ । र, सुर्य–चन्द्रमा र ताराहरु पृथ्वीको वरिपरी वृत्ताकार कक्षहरुमा चल्दछन् । उनले विश्वास गरे, किनभने उनले रहश्यमय कारणहरुबाट महशुस गरे कि पृथ्वी यो ब्रम्हाण्डको केन्द्र हो ।
उनको यो बिचारलाई ई.सं. को दोश्रो शताब्दीमा टोलेमीद्वारा एउटा पूर्ण ब्रम्हाण्ड विज्ञानको ढाचामा बिशदीकरण गरियो । पृथ्वी आठ ओटा मण्डलहरुद्वारा घेरिएर केन्द्रमा रह्यो, जसले चन्द्रमा, सुर्य, ताराहरु र त्यस बेलाका ज्ञात पाच ग्रहहरु बुध, शुक्र, मंगल, बृहस्पति र शनिलाई बहन गर्दथे । यी आठ मण्डलभन्दा बाहिरको सत्ता इश्वरको लागि छोडिदिएको कारणले तत्कालीन पादरीहरु सन्तुष्ट नै थिए ।
तर पनि सन् १५१४ मा पोल्याण्डका एकजना पादरी निकोलस कोपनिर्कसद्वारा एउटा ढाचा प्रस्तावित गरियो । जुन यसभन्दा अगाडिका मान्यता भन्दा बिपरित थिए । सुर्य केन्द्रमा स्थिर छ, पृथ्वी र अन्य ग्रहहरु सुर्यको वरिपरी वृत्ताकार कक्षहरुमा चल्दछन् । धर्मभीरुबाट बिरोध आउन सक्ने सम्भावनाको कारण उनले आफ्ना बिचारहरुलाई छद्मनामबाट संप्रेषण गरे ।
यो बिचारलाई गम्भीरतापूर्वक लिनलाई करिब एक शताब्दी अवधि लाग्यो र त्यसपछि दुई खगोल शास्त्रीहरु जर्मनीका जोहानस् केप्लर र इटालीका ग्यालिलियो ग्यालिलीले कोपनिर्कस सिद्धान्तलाई सार्वजनिक रुपमा समर्थन गर्न थाले । ग्यालिलियोले रातको समयमा भर्खरै आविष्कार भएको आफ्नो दूरदर्शन यन्त्रद्वारा आकाशीय पिण्डहरुको अवलोकन गर्न थाले । जसमार्फत पनि कोपनिर्कसको सिद्धान्तलाई पुष्टि गर्‍यो । परिणामस्वरुप सन् १६०९ मा एरिस्टोटलीय–टोलेमिक सिद्धान्त पूर्ण रुपमा गलत सिद्द भयो ।
कोपनिर्कसको ढाचा टोलेमीको खगोलीय मण्डलहरुबाट मुक्त भयो, र तिनीहरुसंगै, यो व्रम्हाण्डको एउटा प्राकृतिक सिमना छ भन्ने विचारबाट पनि मुक्त भयो । ‘स्थिर ताराहरु’ हाम्रो सूर्य जस्तै, तर अत्यन्तै टाढा अवस्थित वस्तुहरु हुन् । न्युटनले महशुस गरे कि, उनको गुरुत्वाकर्षणको सिद्धान्त, जुन १६८७ मा प्रतिपादित भएको थियो, अनुसार हरेक ताराहरुले एक अर्कोलाई आकर्षण गर्नु पर्दछ ।
गुरुत्वाकर्षण सिद्धान्त अनुसार यो ब्रम्हाण्डमा प्रत्येक वस्तु एउटा बलद्वारा प्रत्येक अर्को वस्तुतिर आकर्षित हुन्छ, जुन ती वस्तुहरु जति बढी पिण्डवान हुन्छन् र एक अर्काप्रति जति बढी नजिक हुन्छन्, त्यत्ति प्रवल हुन्छ । यस सिद्धान्त अनुसार संसारका कुनै पनि वस्तुहरु स्थिर छैनन भन्ने तर्कलाई बल प्रदान गर्दछ । हरेक वस्तुहरु आफ्नो औकातले भ्याएसम्म तानातानको यो खेलमा मग्न छन् भन्ने पुष्टि गर्दछ ।
कछुवाको कथाबाट सुरु भएको ब्रम्हाण्डको कुरा समयको गतिसंगै निक्कै अगाडी फड्को मारिसकेको छ । नवीनतम खोज एबम् अनुसन्धानहरुबाट हामीले खगोल सम्बन्धि थुप्रै जानकारीहरु प्राप्त गरिसकेका छौं । सन् १९२९ मा एडविन हब्बलले युगान्तकारी अवलोकन गरे कि, तपाईं जहासुकैबाट हेर्नुस्, दूरवर्ती तारापुञ्जहरु तीव्रतापूर्वक हामीबाट टाढा गइरहेका छन् । अर्को शब्दमा भन्नु पर्दा, यो ब्रम्हाण्ड विस्तार भइरहेको छ ।
यसको अर्थ के हो भने प्रारम्भिक समयमा वस्तुहरु परस्पर नजिक थिए होलान् । वास्तवमा यो देखियो कि, करिव दश वा बीस मिलियन वर्ष अगाडि एक समय थियो, जुन बेला तिनीहरु सबै ठीक एउटै स्थानमा थिए । त्यसै कारण जुन बेला यो ब्रम्हाण्डको घनत्व असीमित थियो । यो खोजले अन्तत ब्रम्हाण्डको प्रश्नलाई विज्ञानको क्षेत्रभित्र ल्याइदियो । विभिन्न पेजबाट लिईएका उल्लेखित जानकारीहरु A BRIEF HISTORY OF TIME  नामक पुस्तकमा लेखक तथा वैज्ञानिक स्टेफन हकिंगले उल्लेख गरेका छन् । जसलाई सबै नेपालीले पढ्न सक्ने भाषामा अनुदित गरिदिएका छन् अनुवादक रमेश सुनुवारले । सर्वप्रथम उलाई कृतज्ञता जाहेर गर्दछु ।
कुनै पनि भौतिक सिद्धान्त सदा काम चलाउ नैं हुन्छ, यस अर्थमा कि त्यो केवल एउटा परिकल्पना मात्रै हो । तपाइले त्यसलाई कहिल्यै सिद्द गर्न सक्नु हुन्न । प्रयोगहरुका नतिजाहरु कुनै सिद्धान्तसँग जतिसुकै पटक मेल खाऊन्, तपाईं कहिल्यै पनि निश्चित हुन सक्नुहुन्न कि अर्को पटक ती नतिजाहरु उक्त सिद्धाान्तसँग बाझिने छैनन् । अर्कोतिर तपाईंले कुनै पनि सिद्धान्तलाई एउटै मात्र तथ्य पत्ता लगाएर पनि गलत साबित गर्न सक्नुहुन्छ, जुन त्यो सिद्धान्तको भविष्यवणीसँग मेल खादैन ।
त्यसैले विज्ञानको अन्तिम लक्ष एउटा सिङगो सिद्धान्त प्रदान गर्नु हो जुन हरेक प्रश्नको उत्तर अकाट्य रुपमा सङ्गत होस् । यसका लागि हामीलाई दुइ वटा कुराको जानकारी दिने सिद्धान्त जरुरी हुन्छ । पहिलो, ती नियमहरु हुन् जसले हामीलाई यो ब्रम्हाण्ड समयको साथ कसरी बदलिन्छ भन्ने बारेमा जानकारी प्रदान गराओस् । अनि दोश्रो, यो ब्रह्माण्डको आरम्भिक अवस्थाको प्रश्नको तथ्यसङगत उत्तर देओस् ।
हकिंगको यी भनाइहरुले के संकेत गर्दछन् भने, उनले आजसम्म विस्तारवान ब्रम्हाण्डको लागि सङगत देखाउने जुन तर्कहरु पेश गर्दै आएका छन्, स्वयंमा पनि विस्वस्त हुन सकिरहेका छैनन । उनको किताबमा थुप्रै विषयहरु छन् । आज यो आलेखमा चै ब्रह्माण्डको फैलावट सम्बन्धि, विज्ञानको वर्तमान धारणामा केन्द्रित रहदै चर्चा गर्न गइरहेको छु ।
ब्रम्हाण्ड फैलदै छ भन्ने कुराको प्रमाण :–
१९२४ मा अमेरिकी खगोलविद अड्विन हब्बलले पत्ता लगाए कि, हाम्रो तारापुन्ज जस्ता अरु धेरै तारापुन्जहरु छन् । जसको बिचमा विशाल खाली ठाउहरु छन् । यो कुरालाई सिद्द गर्नका लागि उनले यी अन्य तारापुन्जहरुसम्मको दुरीहरु निर्धारण गर्नु पर्दथ्यो, जुन यति टाढा छन् कि, नजिकका ताराहरुका विपरित तिनीहरु साच्चै नै स्थिर देखिन्छन् । त्यस कारण उनलाई यी दुरीहरु नाप्नको लागि अप्रत्यक्ष विधि प्रयोग गर्न बाध्य भए । ताराहरुको चम्किलोपन दुई कुरामा निर्भर रहन्छ । पहिलो, त्यसले कति प्रकाश छोड्छ । दोश्रो, त्यो हामीबाट कति टाढा छ ।
नजिकको ताराहरुको सम्बन्धमा, हामी तिनको प्रत्यक्ष  चम्किलोपन र दुरी नाप्न सक्छौं, त्यसकारण हामी तिनीहरुको उज्यालोपन पत्ता लगाउन सक्छौं । त्यसैगरी यदि हामीले अन्य ताराहरुको उज्यालोपन जान्यौं भने, तिनको प्रत्यक्ष  चम्किलोपन नापेर तिनको दुरी पत्ता लगाउन सक्छौं । हब्बलले पत्ता लगाए कि, निश्चित प्रकारका ताराहरुको प्रायः उही स्तरको उज्यालोपन हुन्छ । साथै उनले यो पनि तर्क राखे कि, यदि हामीले यस्ता ताराहरु अरु तारापूंजहरुमा भेट्टायौं भने, हामीले मान्न सक्छौं कि, तिनीहरुको पनि उही उज्यालोपन छ । यसरी त्यो तारापुञ्जसम्मको दुरी मापन गर्न सक्छौं । यदि हामीले एउटै तरपुञ्ज भित्रका अरु धेरै ताराहरुको सम्बन्धमा यसो गर्न सक्यौं भने र हाम्रा गणनाहरुले सधै उही दुरी देखाए भनें, मान्नु पर्ने हुन्छ कि, हामी हाम्रो हिसाबमा सहि छौ ।
यसरी उनले नौं विभिन्न तारापुन्जहरुको दुरीहरु पत्ता लगाए । ताराहरु यति धेरै टाढा हुन्छन् कि हाम्रा लागि तिनीहरु प्रकाशका विन्दुहरु जस्ता मात्र लाग्दछन । हामीले तिनका आकार या स्वरुप यस्तै छ भनेर जान्न सक्दैनौं । तर पनि हामीले त्यहाबाट उत्सर्जन भएको प्रकाशको रङग (वर्णपट) हेरेर तिनको दुरी अनुमान गर्न सक्छौं । डप्पलर प्रभाव (doppler effect) अनुसार कुनै पनि प्रकाशको श्रोत हामीबाट टाढा हुदै गइरहेको छ भने हामीले प्राप्त गर्ने तरंगहरुको अवृति निम्न हुनेछ । र त्यसैगरी प्रकाशको श्रोत हामीतर्फ आउदै गरेको छ भने तरंगको आवृत्ति उच्च हुनेछ । तरंग आवृत्ति निम्न हुदा त्यो वर्णपटको रातो किनारातिर (red shifted) सरेका हुन्छन् । र हामीतिर आइरहेका ताराहरुको तरंग आवृत्ति उच्च हुने हुदा वर्णपट नीलो किनारातिर (blue shifted) सरेका हुन्छन् । आवृत्ति र गतिबीचको यो सम्बन्धलाई डप्पलर प्रभाव भनिन्छ ।
अन्य तारापुन्जहरुको अस्तित्वको प्रमाण थाह भए पछिका दिनहरु हब्बलले तिनका दुरीहरु सूचीकरण गर्दै बिताए । र साथसाथै तिनका वर्णपटहरु पनि अवलोकन गरे । आश्चर्य, अधिकांश तारापञ्जहरु रातोतिर सरेका (red shifted) थिए । त्यो सराइमा पनि स्वेच्छाचारिता थिएन, बरु हामीबाट त्यो तारापुञ्जको दुरीसँग समानुपाति छ । अर्को शब्दमा, तारापुञ्ज जत्ति बढी टाढा हुन्छ, त्यत्ति नै बढी त्यो छिट्टो गइरहेको हुन्छ । र, यसको अर्थ भयो, ब्रम्हाण्ड स्थिर हुन सक्दैन, जस्तो कि मान्छेहरुले पहिले सोच्ने गर्दथे । भिन्न तारापुञ्जहरुबीचको दूरी सधै बढिरहेको छ, यानकी, ब्रम्हाण्ड विस्तार भइरहेको छ ।
यस कारणले खण्डन गरियो :–
अवलोकनबाट अधिकांश तारापुंजहरुको वर्णपट रातो (red shifted) देखिएपछि खगोलविद्हरु यो निष्कर्समा पुगे कि, सबै तारापुञ्जहरु क्रमशः हामीबाट टाढा हुदै गइरहेका छन् । यो नैं ब्रम्हाण्ड विस्तार हुनुको प्रमाण हो । माथिको अध्ययनबाट हामीले विस्तारवान ब्रम्हाण्ड सम्बन्धि वैज्ञानिक अवधारणालाई जान्न सक्यौं । स्रोत साधनको अभाव बिचमा जन्मिएका हामी (नेपाली) जस्ता मान्छेहरुले यस्ता खोज तथा अवलोकनहरुलाई विनम्रताकाम साथ स्वीकार्नुको विकल्प छैन र तर पनि हामी आफ्नो बिचारमा स्वतन्त्र छौं र सम्प्रेषण गर्न सक्छौं र आफ्नो दृष्टिकोण पस्कन सक्छौं र अवधारणाहरुको निर्माण गर्न सक्छौ ।
Sunsetअवलोकन गर्ने साधनहरु साथमा नभएता पनि मैले जिएको यो धर्तीमा धेरै पटक सूर्य उदाएका छन् । झुल्कंदाखेरीको शिशु किरण देखि अस्ताउनु पूर्वको अन्तिम वृद्ध किरणसम्मलाई मैले हमेशा साथ दिंदै आएको छु । यो आधारमा मैले उसका धेरै रुप–रंग–वर्ण–स्वरुपहरुलाई नियालेको छु । खगोलविद्हरुले देख्ने गरेको red shifted-blu shifted  वर्णपटहरु मात्र हैन, yello shifted वर्णपटहरु पनि देख्दै आएको छु ।
खुल्ला आकाश भएको दिनमा यी सबै खाले स्वरुपहरु १२ घण्टा कै अवधिमा देख्न सकिन्छ । बिहानको पहिलो किरण हल्का पहेंलो हुन्छ । दिउसो मध्यान्नतिर त्यो झर्झराउँदो नीलो–बैजनी हुन्छ । साझपख क्रमश पहेलिंदै रातो हुन्छ र त्यो अस्ताउछ ।
कुरा रातो वर्णपट–नीलो वर्णपटको हैन । टाढा–नजिकको पनि हैन । बरु आज अस्ताउने बेलामा रातो वर्णपटमा देखिएको सूर्य भोलि फकिर्एर आउँछ या आउँदैन भन्नेको हो । तर मैले आज सम्म बाचेको यो धर्तीमा हिजो साझमा रातो भएर हराएको सूर्य हरेक मिर्मिरेसँगै आफ्नो पूर्व पंहेलो स्वरुपलाई कायम राख्दै हाजिर भएकै छ । दिनको मध्यान्नमा देखिने प्रचण्ड तेज सहितको नीलो वर्णपटमा कत्ति पनि सुस्तता भेटिदैन । यी चित्रहरुले पनि हामीलाई बताईरहेको छ ।
मान्छे यदि बिहान जन्मिएर बेलुकी मथ्र्यो भने उसले अवस्य पनि सोच्थ्यो, सुर्य अब कहिले पनि नफर्किने बाटोमा गइसक्यो † सूर्य रातो हुनु भनेको, यो हामीबाट फुत्किएर बिरानो बन्नु हो । धन्य छ यो प्रकृतिलाई, जसले हामीलाई केही थप अरु दिनहरु बाच्ने अबसर प्रदान गरेको छ । त्यसैले त हामीले यी भ्रमहरुलाई चिर्ने अबसर पाएका छौं । हरेक दिनहरुमा सुर्य हामीलाई साथ दिन आइरहेको छ ।
sun_and_sky
कुरा फेरि पनि तारापुञ्ज कै छ । कुरा red shifted वर्णपट कै छ र खगोलविद्हरुले आज भन्दा ८०–९० वर्ष अगाडि पत्ता लगाएको रातो वर्णपटधारी तारापुञ्ज कै छ । ताराहरु कहिले पनि नफर्किने गरी हामीबाट टाढा–टाढा हुदै गएको वियोगको कुरा छ ।
तर मेरो दावी छ, यो हुन् सक्दैन । कुनै पनि तारापुञ्जहरु भलै आज (टाढा पुगेर रातो देखिएका यदि हुन् भनें) रातो वर्णपटमा देखिउन, समयको चक्रमा त्यो एक दिन नीलो वर्णपट धारण गरेर फर्कने छ । जसरी हामीले हिजो साझमा रातो देखेको सूर्य आज नीलो बन्न सक्ने गरी झुल्कन सक्दछ । हामीले सिर्फ समयलाई पर्खन सक्नुपर्छ । ३६५ दिनमा हामी (पृथ्वी) ले सूर्यलाई एक चक्कर मार्न सक्छौ ।
यति नजिकको हामी र सूर्य बिचको सम्बन्धमा त हामीले यो रातो–नीलो–पँहेलो स्वरुपको प्रक्रियालाई हेर्न १२–१२ घण्टाको अवधिलाई प्रतिक्षा गर्नु पर्दछ भने यहा त प्रकाश वर्षका कुराहरु छन् । एउटा तारापुञ्जबाट अर्को तारापुञ्जमा जान लाग्ने अवधि अरबौ–खरबौ प्रकाश वर्षका कुराहरु छन् । त्यसैले हामीले हिजो ८०–९० वर्ष अगाडि देखेका रातो वर्णपटधारी ताराहरु हाम्रै यही जुनीमा नीलो वर्णपटधारी बनेर आउँछन भनेर अपेक्षा साध्नु हुदैन ।
रातो–नीलो वर्णपटधारी सूर्यको कुरा पछाडि सायद हामीलाई यो निष्कर्षमा पुगिहाल्न जरुरी छैन कि, ताराहरु रातो भएकै कारणले, क्रमश टाढा–टाढा हुदै गएकै कारणले यो ब्रम्हाण्ड विस्तारवान छ । हरेक तारापुञ्जहरु आपसको आकर्षणमा टिक्ने हुनाले हाम्रो तरापुञ्जसँग त्यसको सम्बन्ध बिच्छेद हुन्छ र, गुरुत्वाकर्षणको नियमसँग समेत असंगत हुने गरी त्यो धागो चुडिएको चंगा झै यत्रतत्र दौडन्छ भन्नु संगतयोग्य कुरा हुदैन ।
ताराहरुको सिस्टम त एउटा चर्खे पिङ झै गरी संचालन भएको हुनुपर्छ । यो चर्खे पिङमा देखाए झै जमिनछेउमा आइपुगेको मानिस घुम्दै–फन्को मार्दै माथि अनि टाढा पुग्छ, अनि त्यसैगरी जमिनको बिपरित माथि रहेको मानिस घुम्दै–फन्को मार्दै जमीन नजिक आइपुग्छ । यहि प्रक्रिया अनुसार करोडौ प्रकाश वर्षपछि आजका रेड सिफ्टेड (red shifted) ताराहरु उच्च तरंग आवृत्तिका साथ् ब्लु सिफ्टेड बनेर झुल्कने छन् । आज पनि हाम्रो सौर्यमण्डल एउटा बिशाल आकाशगंगाको परिक्रमाको क्रममा छ । हाम्रो यो यात्रा क्रममा कुनै एउटा बिन्दुमा एउटा आशालाग्दो Blue shifted तारासंग अवश्य नै भेट हुने नैं छ । तारा हामीबाट फुत्कियो भनेर शोक मनाउन जरुरी छैन । तर त्यसलाई हेर्ने नै हो भने हामीले आजैदेखि अजमरी बुटी खानु अपरिहार्य हुन आउछ !
pani ko phokaमहाबिस्फोटको धक्काको प्रभाव अझै बाकी छ र ?
एउटा माटोको गाग्रोलाई भूइमा पछार्नुस, टुक्रा टुक्रा भएर फुट्छ । ती टुक्राहरु यत्रतत्र छरिन पुग्छन् । त्यसरी छरिंदा त्यहा कुनै नियम पालना हुदैन । नियम पालना हुदैन भन्नुको मतलब फेरि पनि अर्को पटक त्यस्तै तरिकाले निर्माण भएको, त्यस्तै माटोको गाग्रो, त्यत्ति नै बल प्रयोग गरेर, त्यही दिशा, त्यही दुरीमा, त्यसरी नै भूइमा पछार्नुस, टुक्रा–टुक्रा भएर त फुट्छ, तर, फुटेका टुक्राहरु त्यहीं पुग्दैनन, जुन पहिलो गाग्रो फुटाउदाका बखत पुगेका थिए ।
यसको मतलब यो भयो कि जबर्जस्ती ढङगले हुत्याइएका वस्तुहरुको कुनै निश्चित गन्तव्य हुदैन । कुनै नियमितता हुदैन । तर वैज्ञानिकहरुले हाम्रा सारा ज्ञात पिण्डहरुको एउटा निश्चित नियम–पद्धति, गति–सङगति हुन्छ भनेर घोषणा गरिसकेका छन् । यसबाट के प्रमाणित हुन्छ भने बिग ब्यांङको (महाबिस्फोट) समयमा त्यस्ता पिण्डहरु जति हुत्तिनु थियो, हुत्तिसकेका छन् ।
अब तिनले आफ्नो स्थान खडा गरिसकेका छन् । नियम पद्धति बसालीसकेका छन् । त्यसैले ताराहरु महाबिष्फोटको धक्का खाएर आजसम्म पनि परपर जादैछन् भन्ने तर्क र यो चित्रमा देखिएको पानीको फोका, जो हावामा विनियमका साथ उडिरहेका छन्, मा के नै अन्तर छ र ? उतिसारो सङगतपूर्ण देखिंदैन । यसबाट त कुनै पनि ताराजन्य पिण्डहरु अनकन्टार बिरानो ठाउमा पुगेर अनियन्त्रित हुदै पानीका यिनै फोकाहरु जस्तै उड्दा–उड्दै प्याट्ट फुटी जाने सङकेत पो देखियो त ! के यस्तो सम्भव होला ?
चित्त नबुझ्दो ब्रम्हाण्ड खोज विधि :–
महासागरको बिचमा बसेर माछा पौडिएको हेर्दैमा सागरको गहिराई थाह पाइंदैन । न त सागरको किनारा नै ठम्याउन सकिन्छ । हामीलाई जिज्ञासा सिङगो ब्रम्हाण्ड स्वरुपको हो । ब्रम्हाण्ड जान्नलाई त हामीले आकाश तत्वको बारेमा जान्नु पर्दछ । आकाशको स्वरुप खोज्नु पर्दछ । यसको क्षितिज कता हो, किनारा कहा गएर टुंगिएको छ, त्यता तर्फ ध्यान दिनु पर्ने हो ।
तर लाग्दछ, वैज्ञानिकहरु सागरको गहिराई खोज्ने नाममा माछाको पुच्छर हेर्न मैं भुलिरहेका छन् । जो पनि आउछन्, पिण्डतिरै टासिन्छन् ! समस्त पिण्डहरुसंगै पौडने अनि तिनैसग दौडने वर्तमानको विधिलाई त्यागेर जुन दिन यो आकाश तत्व बारेमा खोज सुरु हुनेछ, ब्रम्हाण्डको सक्कली खोजको दिन आरम्भ हुनेछ । किनकी पिण्डहरु आकाशमा उम्रिएका छन्, आकाशमैं पलाएका छन्, अनि आकाशमै हुर्कदै छन् भने देखि खोजी गर्नुछ यो सजीव वृक्ष उमार्ने भूमि, जो स्वयं कहा समाहित छ ?
भौतिक संसारको व्याख्या भौतिक विधिसम्मत हिसाबले नै दिनु पर्दछ र यसमा कुनै अलौकिक शक्तिको (इश्वरीय शक्ति) करामतलाई जोडेर तथ्यसंग भागेर कोही पनि मानिस ज्ञानी बन्न सक्दैन । तर पनि वैज्ञानिक खोजहरुको आलोचना–असहमति यसकारणले गर्नुपर्छ, ताकी त्यसले हाम्रो यात्रालाई अझै सहि मार्गतर्फ इंगित गराउन सकियोस् ।
/www.nepalsandesh.com/2014/11/10/109343#sthash.oCKzIGAm.ZBGxodVQ.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.