भारतमा सम्बन्ध बिच्छेद बढदो , कारण श्रीमानको नपुंसकता

पूर्वीय संस्कृतिमा आधारित समाज यतिबेला तिब्रताका साथ परिवर्तन भइरहेको छ । यौनका मामिलामा यतिबला खुलेर चर्चा हुने गरेको छ। बदलिदो समाजमा खुलापन र यौनको विषयमा उत्सुकता र डरजस्ता मिश्रित सेन्टिमेन्ट देखिने गरेको छ । भारतमा पनि यही स्थिति छ । भारतमा महिलाहरुको तर्फबाट आफन श्रीमानसँग सम्बन्धविच्छेद गर्ने घटना बढेपछि एउटा अध्ययन गरिएको थियो ।
अध्ययनमा भारतीय महिलाहरुले सम्बन्ध बिच्छेद गर्नुको मुख्य कारण श्रीमानको नपुंसकता रहेको पाइएको छ । अध्ययनका अनुसार भारतमा २० देखि ३० प्रतिशत सम्बन्ध विच्छेदाको कारण सन्तोषजनक यौन जीवनको चाहनामा हुने गरेको छ ।अधिकांश भारतीय महिलाले यौन सन्तुष्टि प्राप्त नभएकै कारण श्रीमानसँग सम्बन्ध विच्छेद गर्ने गरेका छन् ।
भारतमा अल्फा वन एन्ड्रोलजी तथा पुरुषको सेक्स समस्या समाधान गर्ने चिकित्सक सम्मिलित समूहले यो अध्ययन गरेको हो । अध्ययनमा स्तन्भन दोष या नपुंसकताबाट पीडित करिब २ हजार ५ सय भारतीय पुरुष सहभागी थिए ।
अध्ययनमा ४० उमेर पार गरेका ५० प्रतिशत पुरुष स्तन्भन दोषको समस्या पाइएको थियो । ४० वर्ष उमेरअघि यो समस्याबाट १० प्रतिशत पुरुष प्रभावित थिए । स्तंभन दोषबाट पीडित २ हजार ५ सय पुरुषमा गरिएको अध्ययनमा शारीरिक स्वास्थ्यका कारण प्रत्येक पाँचमध्ये एक पुरुषको सम्बन्ध विच्छेद भएको थियो । हरेक दशमध्ये एक पुरुषको वैवाहिक जीवन टुट्ने अवस्थामा थियो । अध्ययनका अनुसार अन्य रोगको तुलनामा नपुंशकताकाबारेमा मानिसको सोच निकै खराव थियो । यसलाई गलत तरिकाबाट समाधान खोज्ने प्रयास  भएको थियो । यसको परिणाम सम्बन्ध विच्छेदमा गएर टुंगिने गरेको छ ।
अध्ययनका अनुसार विवाहित जोडी वर्षमा औषतः ५८ पटक या सातााम एक वा केही बढी सेक्स गर्छन् । मधुमेहका कारण स्तंभन दोष हुने खतरा बढी रहन्छ । धुमपान, मदिरापान, मोटोपन शारीरिक श्रमको कमीजस्ता कारणले यौन समस्या सिर्जना हुने गरेको छ ।
स्वस्थ वैवाहिक जीवनका लागि समय, प्रयास एवं दुवैको सामान्जस्य आवश्यक पर्दछ । भारतीय पुरुषमा अहिले पनि शिघ्रपतनका लागि चिकित्सकीय सल्लाह लिन मन पराउँदैनन् । उनीहरुका यसको महशुस वैवाहिक सम्बन्ध टुटे

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.