ह्याप्पी न्यु इयरको नयाँ रेकर्ड : तीन दिनमा १ सय नौ करोड , फिल्मी दुनियाकै सर्वाधिक कमाउने फिल्म ?



मुम्बई । शाहरुख खान र दिपिका पादुकोण अभिनित फिल्म ‘ह्याप्पी न्यु इयर’ले यस वर्षको रेकर्ड तोडेको छ ।

थोरै दिनमा धेरै कमाइ गर्ने फिल्मको सूचीमा दर्ता भएको ह्याप्पी न्यु इयरले प्रदर्शनको तीन दिनमा १ सय नौ करोड कमाइ गरेको छ । फिल्म प्रदर्शन अघि यस फिल्मले तीन दिनमा एकसय करोड कमाइ गर्ने अनुमान गरिएको थियो । टे्रड विश्लेषक तरण आदर्शले फिल्मको कमाइको पुष्टि गर्दै यो वर्ष ह्याप्पी न्यु इयरले सर्वाधिक कमाइ गर्ने अनुमान गरेका छन् ।

शाहरुख खान, दिपिका पादुकोण, अभिषेक बच्चन, सोनु सुद, बोमन इरानी, विवान शाह अभिनित यस फिल्मले पहिलो दिन ४४ करोड बढीको ब्यापार गरेको थियो । भारत र भारत बाहेकका मुलुकका फिल्मको ब्यापार निकै राम्रो भएकाले पनि ह्याप्पी न्यु इयरले यो वर्षका धेरै रेकर्ड तोड्ने अनुमान गरिएको छ ।

www.onlinekhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.