यौन सम्बन्ध राखे मात्र टिममा पार्ने गरेको आरोप

श्रीलंकाका महिला क्रिकेटरहरुले अधिकारीहरुमाथि लाजलाग्दो आरोप लगाएका छन् । खेलाडी चयन कर्ताहरुले आफूहरुलाई सेक्स गरेमा मात्र टिममा पार्ने भन्दै बार्गेनिङ गरेको आरो उनीहरुले लगाए । श्रीलंका क्रिकेट कार्यकारी समितिले शुक्रबार आपतकालीन बैठक बोलाएको छ । त्यसैगरी महिला क्रिकेटर छनौटका विषयमा छानविनको आदेश समेत दिएको छ ।   एक स्थानीय सञ्चार माध्यमकाS Lanka Woman Cricket अनुसार महिला क्रिकेटरले यस्तो आरोप लगाएपछि क्रिकेटर छनौट समितिका उपाध्यक्ष मोहन डी सिल्वा, सचिव निशान्ता रणतुंगा, सहायक सचिव हेरान्ता परेरा र मुख्य पुरुष राष्ट्रीय चयनकर्ता सनत जयसूर्यामाथि छानविन भएको छ ।   यसका लागि एउटा प्यानल नै गठन गरिएको छ । यो प्यानलले आरोप लगाउने महिला क्रिकेटर र छान्ने अधिकारीहरुसँग कुराकानी गर्नेछ ।   महिला क्रिकेटरले आफूहरुलाई शारीरिक सम्बन्ध राखेमात्र टिममा पारिदिने भन्दै ब्ल्याकमेल गरिएको आरोप लगाएका छन् । यस अघि सन् २०१२ मा पनि श्रीलंक क्रिकेट बोर्डकी एक महिला कर्मचारीले अधिकारीहरुमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । - See more at: http://nepaliheadlines.com/2014-10-30-11-51-57.html#sthash.IzlKFtSC.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.